Free songs
Home / समाचार / संक्षिप्त समाचार / कटाइसिलाइ तालिम समापन

कटाइसिलाइ तालिम समापन

हापुरे, (युस)– बबई गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले सीपबिनाको मान्छे अपुरो हुने भएकाले सीप सिक्ने कुरामा कन्जुस्याइ“ नगर्न अनुरोध गर्नुभएको छ। उहा“ले सीप सिक्नुअघि सिकेर व्यावसायिक बन्ने सोच बनाएर अगाडि बढे मात्र सफल भइनेमा जोड दिनुभयो। उहा“ले बबई गाउ“पालिका वडा नं. ४ को आयोजनामा सञ्चालित एक महिने कटाइसिलाइ तालिम समापन गर्दै यस्तो बताउनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अधिकृत मल्लले कुनै पनि काममा निरन्तरता भए मात्र सफल व्यवसायी हुन सक्नेमा जोड दिदै निरन्तररुपमा लागिरहन आग्रह गर्नुभयो। आधारभूत तालिम तीन महिनाको हुने तर बजेट अभावका कारण एक महिनामै तालिम सम्पन्न गरेकोतर्फ इङ्गित गर्दै मल्लले स्थानीय सरकारले तालिम आयोजना गर्दा दक्ष जनशक्ति उत्पादन गर्न सक्ने गरी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागीका तर्फबाट गीता खड्का, प्रशिक्षक गौरी ओली, वडा सदस्य रणबहादुर खत्रीलगायतले बोल्नुभएको थियो।
समापन कार्यक्रममा बृजलाल बिक, रेडियो हापुरेका स्टेशन म्यानेजर अर्जुन परियार, बबई गाउ“पालिका प्रेस संयोजक बालकृष्ण पाण्डेलगायतको सहभागिता थियो। १५ जना महिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा गौरी ओली र हेमा पुन रहनुभएको थियो। वडा नं. ४ का अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता तथा गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण वडा नं. ४ का सचिव चित्रबहादुर डा“गीले गर्नुभएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top