Free songs
Home / विचार / विकास प्रक्रियामा बेथितिका प्रबृत्तिहरु

विकास प्रक्रियामा बेथितिका प्रबृत्तिहरु

रमेशकुमार अधिकारी

नेपालको विकास प्रक्रियामा विभिन्न प्रबृत्तिहरु विकास भएका छन्। यी प्रबृत्तिहरु थिति बसाउने भन्दा बेथिति फैलाउने खालका छन्। यस लेखमा केही प्रबृत्तिहरुको चर्चा गर्दै विकल्प प्रस्तुत गर्ने प्रयास गरिएको छ। यस क्रममा पहिलो हो समस्याबाट समाधान खोज्ने प्रबृत्ति। अर्थात विकासका हरेक विषय वा विधालाई समस्या के छ भनेर खोज्ने, खोतल्ने र त्यसैको समाधान पहिल्याउने परिपाटीको अवलम्बन। यस प्रबृत्ति अन्तर्गत विकासका ज्ञाता, अनुसन्धाता, परामर्शदाता वा योजनाकारले प्रत्येक आयोजना तर्जुमा (डिजाइन) गर्दा समस्या के छ भनेर त्यसैको सेरोफेरोमा केन्द्रित रहेर समाधान पहिल्याउने गरेको पाइन्छ। मूलतः वैदेशिक सहयोगमा सञ्चालन हुने आयोजनाहरुको आयोजना दस्तावेजमा अभिव्यक्त हुने यो प्रबृत्तिले नेपालका सरकारी तथा गैरसरकारी लगायत समग्र विकास प्रक्रियामा गहिरो प्रभाव पारेको देखिन्छ।

समस्या पहिचान गर्नु र समाधानको उपाय पहिल्याउनु राम्रो हो। तर स“गस“गै सम्भावनाबाट समृद्धिको पक्षलाई उजागर नगर्दा विकास सम्बन्धी चिन्तन सीमित र संकुचित बन्न गएको छ। सधैं समस्याको मात्र रटान लगाएर आयोजनाको तर्जुमा गर्दा नेपालीहरुको मस्तिष्कलाई समस्याको पहाडले थिचिराख्ने मनोविज्ञानको विकास भएको छ। आयोजनाले जुन भूभाग र समुदायलाई समेट्ने हो त्यो भूगोल, समुदाय र त्यहा“ विद्यमान प्राकृतिक स्रोत आफैमा विकासका लागि सम्भावनाको हिस्सा हो। तर यो पक्षलाई तर्जुमाकारले कहिल्यै सार्वजनिकरुपमा बाहिर ल्याउन चाह“दैनन््। यसरी समस्याबाट समाधान पहिल्याउने विधिबाट निर्देशित योजना प्रक्रियाले विकास सधैं समस्याको सेरोफेरोमा रुमल्लिरहने स्थिति पैदा गरेको छ।

समस्याबाट समाधान खोज्ने प्रबृत्तिको विकल्पको रुपमा सम्भावनाबाट समृद्धि पछ्याउने विधिलाई चलन गर्न सकिन्छ। यसले हरेक विषयलाई सम्भावनाको आ“खाबाट नियाल्न सकिन्छ। सम्भावनाको फराकिलो चिन्तनबाट योजना तर्जुमा र कार्यान्वयन गर्दा समस्याहरु स्वतः सम्बोधन हुने स्थिति पैदा हुन्छ।

दोस्रो प्रबत्ति हो सम्झनामा आधारित आयोजना छनोट प्रक्रिया। यस प्रबृत्ति अन्तरगत वार्षिक बजेट तर्जुमा गर्दा पदाधिकारीहरु आफ्नो ठाउ“ र नाता सम्बन्धलाई सम्झेर आयोजना छान्ने र वार्षिक कार्यक्रममा समावेश गराउने काम हुन्छ। नेता कार्यकर्तालाई यो विधि अत्यन्त मन परेको छ। कर्मचारीका लागि पनि यो विधि सजिलो छ। किनकि नेताहरुस“ग सम्बन्ध सुमधुर बनाउन यो सबै भन्दा उत्तम सावित भएको छ। अहिले संघीय शासनमा समेत सशर्त अनुदानतर्फका आयोजना छनोटमा यो प्रबृत्ति हावी भएको देखिन्छ।

विकास प्रक्रियालाई सिद्धान्त र विधिबाट विमुख बनाएर पद वा शक्तिकोे प्रभाव, दबाब र सक्रियतालाई स्थान दिदा विकासलाई पेशा बनाउने परिपाटी स्थापित भएको छ। विकासका पछि लागेर राजधानी वा सदरमुकाम धाउनेको ता“ती जहिले पनि देख्न सकिन्छ। यो प्रबृत्ति पह“ुचवालाका लागि बरदान हो भने अशक्तहरुका लागि अभिशाप हो।

सम्झनामा आधारित आयोजना छनोटको विकल्प सूचनामा आधारित आयोजना छनोट प्रक्रिया हो। यस विकल्पबाट अघि बढ्दा सूचना र तथ्यांकको आधारमा विकासको मौजुदा अवस्थाको तस्विर तयार पारेर वितरणका दृष्टिले कति सन्तुलित, समावेशी र न्यायोचित छ भनेर एकिन ह“ुदै विकासका आधारभूत संरचना र सुविधा सबै ठाउ“मा पु¥याउन जिम्मेवारीबोधका साथ आयोजना छनोट गर्ने काम गरिन्छ।
तेस्रो प्रबत्ति हो विकास आयोजनाहरु अफरमा केन्द्रित हुनु, तर कभरमा ध्यान नदिनु। यस प्रबृत्तिले विकासका अत्यन्त उपयोगी विषयमा आयोजना वा कार्यक्रम तर्जुमा गर्न उत्पे्ररित गर्दछ र कार्यान्वयनमा लैजान जोड गर्दछ। तर जुन ठाउ“मा लगेर केही भइरहेको छ भनेर प्रचार गर्न सजिलो हुन्छ त्यस्ता ठाउ“मा मात्र यस्ता आयोजना कार्यान्वयन गरिन्छ। सबैलाई समेट्ने पाटोलाई चर्चा गरिदैन। अन्तर्राष्ट्रिय विकास साझेदारबाट बढी अवलम्बन गरिने यो तरिका नेपालमा आन्तरिकीकरण भइसकेको छ।

विकासलाई अफरमा मात्र जोड दिने प्रबृत्तिले समुदायमा विकासको तृष्णा जगाउने तर तृप्त नपार्ने अवस्था सिर्जना गरेको छ। उदाहरणका लागि आयोजना लागु गर्दा यति जिल्लामा लागु हुने भनेर नक्सा देखाइन्छ र प्रचार गरिन्छ। तर जिल्लामा कार्यान्वयन हु“दा जिल्लाको केही भागलाई मात्र योजनाले समेट्ने गर्दछ। यसरी जिल्लाभित्रको सानो क्षेत्रलाई कभर गरेर सम्पूर्ण जिल्लाको दाबी गर्ने प्रबृत्तिले विकासमा विभेद, असमानता र बञ्चितीकरणलाई जीवित राख्ने काम गरिरहेको छ।

अफर केन्द्रित योजना तर्जुमाको विकल्प अफर र कभरमा सन्तुलित योजना तर्जुमा विधि अपनाउन सकिन्छ। यो विधिले आयोजनाको आकार वडा क्षेत्र भन्दा सानो हुने, तर नक्सामा जिल्ला पूरै देखाएर भ्रमको खेती गर्ने परिपाटीको अन्त्य गर्दछ। अर्थात जिल्लाको कुरा गर्नेले जिल्लालाई नै आयोजना क्षेत्र बनाउनुपर्नेमा यसले जोड दिन्छ।

चौथो प्रबृत्ति हो विकासका एक्टरहरु एक्लाएक्लै काम गर्न रुचाउने बानी। आर्थिक वर्ष २०४६÷२०४७ को राजनीतिक परिवर्तनपश्चात नेपालमा गैरसरकारी संस्थाहरुको संख्या ह्वात्तै बढ्यो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको उपस्थिति पनि बढ्यो। द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विकास सहयोगको मात्रा पनि बढ्यो। यसले विकासमा काम गर्ने एक्टरहरुको संख्या पनि बढ्यो। कस्तो दृष्य देखा प¥यो भने सेक्टर एक–एक्टर अनेक र एक्टर एक– सेक्टर अनेकको स्थिति बन्यो। तर एक्लाएक्लै काम गर्ने स्थिति कायम रह“दै आयो।

एक्लाएक्लै विकासका काम गर्ने बानीले एक्टरहरुस“ग मिलेर खेल्न जानेका टाठाबाठाहरुका लागि एकै प्रकृतिको काम गर्ने अलग–अलग निकायहरुमा गएर एकै आयोजनामा पनि धेरै निकायबाट बजेट विनियोजन गराउने परिपाटी बस्यो। यसप्रकारको प्रबृत्ति अहिले पनि जारी छ र यसले विकासमा न्याय स्थापित गर्न अवरोध पु¥याउने काम गरिरहेको छ।

एक्लाएक्लै काम गर्न रुचाउने प्रबृत्तिलाई बदलेर सगोलमा काम गर्ने तरिका अपनाउन सकिन्छ। यस निमित्त प्रभावकारी समन्वयका माध्यमबाट सबै एक्टरहरुले कार्यान्वयन गर्ने आयोजनाको सूचना परस्परमा आदानप्रदान गरेर दोहोरो नपर्ने गरी एक आपसमा परिपूरक हुने गरी काम गर्न सकिन्छ। यसो गर्दा विकासको वितरणलाई न्यायोचित बनाउन सहज हुन्छ।

पा“चांै प्रबृत्तिको रुपमा रहेको छ मागमा आधारित योजना प्रक्रियाको गलत प्रकारले अवलम्वन । सैद्धान्तिक रुपमा मागमा आधारित योजना प्रक्रियाको अवलम्बन राम्रो हो। तर व्यवहारमा के भयो भने विकासका काम गर्ने एजेन्सीहरुले निवेदनमार्फत माग भएका आयोजनाहरुलाई जनताका मागको रुपमा बुझेर तिनैलाई आयोजनाको रुप दिने र बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने अभ्यास बस्न गयो। सरकारले भूगोल घुमेर, जनतालाई सुनेर र जनताको भावनामा आधारित भएर आयोजना डिजाइन गर्ने काम स्थापित हुन सकेन। यो प्रबृत्ति अहिले पनि कायमै छ।

मागमा आधारित योजना प्रक्रियाको नाममा जो निवेदन लिएर आयोजना माग गर्न आउ“छ त्यसैको मागलाई सम्बोधन गर्दै जाने परिपाटीले पह“ुच नभएकाहरु पाखा लाग्ने काम कायम रह“दै आएको छ। यसले सरकारी संयन्त्रलाई विकास व्यवस्थापनमा अझ बढी गभर्मेन्ट सेन्ट्रिक बन्न सिकाएको छ।

निवेदन वा पदको प्रभावको आधारमा आयोजना छनोट गर्ने परिपाटी बलियो बन्दै जा“दा बजेटमा खेल्ने ठाउ“ मुक्तो हु“दै गएको छ। जसमा मध्यस्थकर्ताहरु समेत सक्रिय भएर बजेट विनियोजन गर्न थालेको पाइन्छ। यसले गर्दा ‘हु डिमाण्ड दे कमाण्ड’ को अवस्था हाबी हु“दै आएको छ। फलस्वरुप प्रक्रिया नजानेका जनता विकासमा सधै पछि पर्ने स्थिति छ।

मागमा आधारित योजना तर्जुमा अर्थात डिमाण्ड बेस्ड प्लानिङको विकल्प डिजाइन बेस्ड प्लानिङलाई अबलम्बन गर्न सकिन्छ। यसबाट निवेदनलाई जनताको माग ठान्ने संकुचित परिभाषा फेरिएर विकासको लाभ सबै जनता र ठाउ“मा पु¥याउने जिम्मेवारी बोध हुन्छ। खासगरी विकास आयोजनाहरु तर्जुमा गर्दा उक्त आयोजनाको लाभ चरणबद्धरुपमा सबै ठाउ“मा पुग्ने सोचका साथ समयतालिकासहितको आयोजना डिजाइन गर्न सहज हुन्छ।

छैठौं प्रबृत्तिको रुपमा विकासको नतिजा चखाउने स्तरको हुनु। सरकारले आमजनताका सरोकारका विषयहरुलाई सम्बोधन गर्ने नीति ल्याउने, आयोजनाका माध्यमबाट उक्त नीति कार्यान्वयन गर्ने भन्ने व्यापक प्रचार प्रसार पनि गर्ने र जनतामा आकांक्षा बढाउने तर वार्षिक बजेट तर्जुमा गर्दा सानो आकारको एक वर्षीय आयोजना डिजाइन गर्ने र कार्यान्वयन गर्ने चलनचल्तीमा छ। यसरी विकास आयोजनाको सानो आकार र आंशिक क्रियाकलापको कार्यान्वयनले विकासका प्रतिफल चखाउने खालकोमात्र भएको छ। अघाउने विकास भइरहेको छैन।

सडक बनाएर बाह्रै महिना चल्ने बनाउन ध्यान नदिनु, विद्यालयमा पा“चवटा कम्प्युटर दिएर पा“चसयलाई सेवा पु¥याएको दाबी गर्नु, एउटै धाराबाट धेरै परिवारले पानीको सुविधा उपभोग गर्ने व्यवस्थालाई चखाउने विकासका उदाहरणको रुपमा लिन सकिन्छ। बहुवर्षीय प्रकृतिका आयोजनामा एक वर्षीय बजेट विनियोजनले चखाउने विकासको अवस्था सिर्जना गर्दछ। यो परिपाटी अहिले पनि कायमै छ। यस प्रकारको प्रबृत्तिले समय र स्रोत खर्च हुन्छ । तर त्यसबाट प्राप्त नतिजाले जनता सन्तुष्ट हुने अवस्था रह“दैन।

चखाउने विकासको सट्टा अघाउने विकासको अवधारणामा जान सकिन्छ। विकासको जुन विषयमा हात हाल्ने हो त्यसलाई मात्रात्मक र गुणात्मक रुपले जनतालाई सन्तुष्ट बनाउने अर्थात अघाउने गराउन यस अवधारणाले जोड दिन्छ।

मुलुक संघीय ढॉ“चामा प्रवेश गरेको छ। संघ सरकार, प्रदेश सरकार र पालिका सरकार गरी तिनै तहका सरकारबाट विकासको जिम्मेवारी बहन भइरहेको छ। सरकारी संयन्त्रले देशको छेउ कुनासम्म आर्थिक, सामाजिक, भौतिक पूर्वाधार र बातावरण सन्तुलनका कार्यक्रमहरु न्यायोचितरुपमा पु¥याउन आवश्यक छ। यस सन्दर्भमा विकास प्रक्रियामा देखिएका बेथितिका प्रबृत्तिहरुलाई परिमार्जन गरेर विकास प्रक्रियालाई सशक्त, प्रभावकारी, समावेशी, सन्तुलित र गुणस्तरीय बनाउन सरकारले अगुवाई गर्न जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top