Free songs
Home / समाचार / प्रमुख समाचार / बिषादी परीक्षणबारे मन्त्रीहरु नै अन्योलमा

बिषादी परीक्षणबारे मन्त्रीहरु नै अन्योलमा

उद्योगमन्त्री यादव भन्छन्– तीनजना सचिवले मलाई डुबाए

युगबोध समाचारदाता

काठमाडौं । भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको विषयमा मन्त्रीहरुले नै फरक–फरक सूचना दिएका छन्। कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणी खनालले आइतवार विषादी परीक्षण केन्द्रको अभाव नभएको बताउनुभएको थियो भने सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भने विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण स्थगित गर्नुपरेको बताउनुभयो।

कृषिमन्त्रीले कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताउनुभएको थियो। कर्णालीबाहेक सबै छवटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र रहेको जानकारी दिंदै उहा“ले एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३ कालीमाटी, गण्डकीको पोखरा, पा“च नम्बरको बुटवल र सात नम्बरको दुई ठाउ“मा रहेकाले भारतबाट आउने तरकारी र फलफूल ती सबै प्रयोगशालामा परीक्षण शुरु गरिएको बताउनुभएको थियो। उहा“ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किन रोक्यो आफूले जानकारी नपाएको बताउनुभएको थियो।

सोमवार पत्रकार सम्मेलन गर्दै उद्योगमन्त्री यादवले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको दाबी गर्नुभयो। त्यसो त उहा“ले सचिवहरुको गलत ब्रिफिङका कारण आफू फसेको पनि बताउनुभयो। ‘सचिवहरूको भरपर्दा मबाट गलत निर्णय भयो, सचिवहरूले गुमराहमा राखी मलाई डुबाए। सम्पूर्ण फाइल अध्ययन गर्ने समय मस“ग हुन्न। सचिवहरूले यस्ता विषयमा अध्ययन गरी आवश्यक जानकारी नगराएकाले डुबियो।’ उहा“ले प्रधानमन्त्री कार्यालय, आप्mनो र कृषि तथा पशुपंछी विकास मन्त्रालयको सचिवको भरमा पर्दा आफू डुबेको दाबी गर्नुभयो। मन्त्री यादवले पूर्वाधार नभएको अवस्थामा विषादी परीक्षणका लागि निर्णय गर्नु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको भन्दै माफीसमेत माग्नुभयो।

विषादीरहित उपभोग्य वस्तु सुनिश्चित गर्न आयोगको आग्रह

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले विषादीरहित उपभोग्य वस्तुमा आम उपभोक्ताको पहु“च सुनिश्चित गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै अन्य देशहरुबाट आयात गरिने तरकारी, फलफूल, खाद्यान्नलगायत उपभोग्य वस्तु सीमा नाकामा विषादी जा“च नगरी निर्वाधरुपमा आयात गर्न दिने गरी गरिएको निर्णय सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै विषादीरहित खाद्यपदार्थ आम उपभोक्तालाई पु¥याउनुपर्ने बताउनुभयो।

नेपालभित्र उत्पादन हुने वा आयात गरिने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको गुणस्तरीयता, स्वच्छता, विषादीरहित अवस्थाको सुनिश्चितता र सुरक्षाको मुख्य जिम्मेवारी सरकारको भएकाले विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

उपभोक्ताको मानवअधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने एवं गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरेअनुसार उपभोक्तालाई गुणस्तरीय विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने भनिएको छ।

आयोगले विषादीको कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षति रोक्नुपर्ने, मुलुकभित्रै उत्पादन हुने तरकारी, फलफूललगायतका खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको व्यापक र जथाभावी विषादीको प्रयोगलाई निरुत्साहित गरी आम–उपभोक्ताको सम्मानपूर्वक बा“च्न पाउने तथा गुणस्तरीय वस्तु प्राप्त गर्न पाउने हकको सम्मान र संरक्षण गर्न सरकारसग आग्रह गरेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top