Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाँकेमा अठार हजार व्यावसायिक प्रतिष्ठान

बाँकेमा अठार हजार व्यावसायिक प्रतिष्ठान

नेपालगञ्ज,  (रासस) ः सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना–२०७५ का अनुसार बा“केमा अठार हजार छ सय ६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन्। ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार तीन सय ३३ पुरुष र २० हजार पा“च सय ४९ महिला गरी कुल ६४ हजार आठ सय ८२ जनाले रोजगारी पाएको तथ्यांकमा उल्लेख छ।

तथ्यांक कार्यालय बा“केका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बा“केमा प्रतिष्ठानहरुको संख्या बढ्दै गएको बताउनुभयो।
बा“केमा २०७२ देखि २०७५ सम्म नौ हजार २६ वटा नया“ प्रतिष्ठान सञ्चालनमा आएको तथ्यांकले देखाएको छ। नेपालगञ्जमा आइतवार सार्वजनिक गरिएको तथ्यांकमा देशैभरी नौ लाख २३ हजार तीन सय ५६ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ। कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक अनिल शर्माले राष्ट्रिय आर्थिक गणनाले राष्ट्रिय लेखाको गुणस्तरमा सुुधार आउने विश्वास व्यक्त गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top