Free songs
Home / समाचार / संक्षिप्त समाचार / कृषकलाई अनुदानमा सुपरग्रेन ब्याग

कृषकलाई अनुदानमा सुपरग्रेन ब्याग

युगबोध समाचारदाता

देउखुरी। लमही नगरपालिका कृषि विकास शाखाले लमही नगरपालिकाअन्तर्गत रहेका खाद्यबाली खेती गर्ने र बिउ उत्पादन गर्ने कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा सुपरग्रेन व्याग वितरण गरेको छ।

आर्थिक वर्ष ०७५÷०७६ को बाली विकास कार्यक्रमअन्तर्गत लमही नगरपालिका कृषि विकास शाखा कार्यालयले नगरअन्तर्गत व्यावसायिकरुपमा खाद्याबाली खेती गर्ने र बिउ उत्पादन गर्ने कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा सुपरग्रेन व्याग ७५ प्रतिशत अनुदानमा वितरण गरेको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयका प्रमुख अमर चौधरीले जानकारी दिनुभयो।

किसानहरुले खाद्यान्न बालीहरुको बिउ भण्डारण गर्न सुपरग्रेन व्याग वितरण गरेको प्रमुख चौधरीले बताउनुभयो। कृषकहरुलाई ७५ प्रतिशतमा अनुदानमा दुई सय ४८ थान सुपरग्रेन व्याग वितरण गरिएको हो। सोमवार लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासेले किसानहरुलाई सुपरग्रेन व्याग हस्तान्तरण गर्नुभएको हो। कृषकहरुको हकहितका लागि धेरै राम्रो हुने, सुपरग्रेन व्यागमा राखेको बिउ खेतमा छर्दा किसानहरुलाई उत्पादनमा बृद्धि हुने भएकोले किसानहरुको माग अनुसार लमही नगरपालिकाले सुपरग्रेन व्याग वितरण गरेको नगर उपप्रमुख बेलवासेले बताउनुभयो।

लमही नगरपालिकाले बजार मूल्य भन्दा कम मूल्यमा सुपरग्रेन व्याग उपलब्ध गराएकोमा कृषकहरुले खुशी व्यक्त गरे। बजारमा तीन सय ४० रुपैया“ प्रतिपिस पर्ने सुपरग्रेन व्याग लमही नगरपालिकाले ७५ प्रतिशत अनुदानमा प्रतिपिस ८१ रुपैया“मा उपलब्ध गराएको हु“दा लमही नगरपालिका वडा नं. ४ भैसकोर्मा निवासी उमाकान्त चौधरीले खुशी व्यक्त गर्नुभयो।

यस्तै लमही नगरपालिका वडा नं.  ७ को कार्यालयले वडा अन्तर्गतका बनगै र अर्जुनखोलाका करीब एक सय ३० जना कृषकलाई आ“पको बिरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको ७५ हजार लगानीमा दसेरी जातको नौसय नौ र आम्रापाली जातको एक सय ३६ गरी एक हजार ४५ वटा बिरुवा वितरण गरिएको वडा नम्बर ७ का वडासचिव अच्युत ज्ञवालीले जानकारी दिनुभयो। गाउ“लाई नै फलफूलको हब बनाउने र फलपूmलबाटै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आ“पका बिरुवा वितरण गरिएको लमही नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन गिरीले बताउनुभयो। कृषकलाई अनुदानमा उपलब्ध गराएको आ“पको बिरुवा वडा सदस्य केदार चौधरीले वितरण गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top