Free songs
Home / समाचार / प्रमुख समाचार / देउखुरीको दोस्रो ‘लाइफलाइन’ हुलाकी राजमार्ग

देउखुरीको दोस्रो ‘लाइफलाइन’ हुलाकी राजमार्ग

 

कालाकाटे सिक्टा सडक खण्ड थेपुवा खाेलामा अाएकाे बाढीले छेकेपछि 

 दशरथ घिमिरे

देउखुरी। तत्कालीन जिल्ला विकास समिति ह“ुदा ओटासिल गरेर कालाकाटेदेखि राजपुरको गंगदीसम्म पिच सडक पु¥याइयो। तर दर्जनबढी खोला र पक्की नाली नह“ुदा सडकको अवस्था बिग्रदो छ। अब यो सडकको स्तरोन्नति हुने भएको छ। राप्ती नदीको दक्षिणतर्फको कालाकाटेदेखि बा“केको नेपालगञ्ज जोड्ने हुलाकी सडकको निर्माण कार्य आउदो आर्थिक वर्षदेखि शुरु हुने भएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाले कालाकाटेदेखि बा“केको नेपालगञ्ज जोड्ने सडक निर्माणको लागि टेण्डर आह्वान गरिसकेको छ। आउदो आर्थिक वर्षमा दुईवटा प्याकेजमा सडक निर्माण गर्न टेण्डर आह्वान गरिसकेको हो। एक अर्ब बढीको लागतमा सडक निर्माण गरिने हुलाकी सडक निर्देशनालयका इञ्जिनियर प्रदीप श्रेष्ठले जानकारी दिनुभयो। ‘दुईवटा प्याकेजको लागि टेण्डर निस्केको हो। अब आउदो आर्थिक वर्षदेखि सडक निर्माण शुरु गर्ने योजना छ’– उहा“ले भन्नुभयो– ‘आउ“दो वर्ष ४० किलोमिटर दूरीसम्म काम गर्ने गरी हामी अघि बढेका छौं।’

यही हुलाकी सडकस“ग जोडिने गरी दुई ठूला नाकास्तरीय सडक निर्माण कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। हुलाकी सडक बनेमा नाका क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको पहु“च बढ्ने प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो। ‘नाकामा बसोवास गर्ने नागरिकहरुलाई हुलाकी राजमार्गस“ग जोड्न सफल भएमा नाका क्षेत्रमा विकासका पूर्वाधार पु¥याउन सहज हुनेछ’– प्रदेश सांसद शर्माले भन्नुभयो– ‘आउ“दो वर्ष दुई ठूला नाकास्तरीय सडकका लागि तीन करोड बजेट प्रदेश सरकारबाट बिनियोजन भएको छ। अब नाकास्तरीय सडक र

हुलाकी सडक एक आपसमा जोडिएमा नाकाको विकास सोचेजस्तै छिट्टै हुनेछ।’

जंग्रहवादेखि खांग्रा नाका जोड्न आउदो वर्ष एक करोड ५० लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ। यस्तै गोठुवा सुनपथ्री सुनछहारी नाका स्तरीय सडकका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। यसअघि यी दुबै सडकको लागि प्रदेश सरकारले ५०÷५० लाख बजेट विनियोजन गरेको थियो।

कालाकाटे–बा“केको नेपालगञ्ज हुलाकी सडक दक्षिणी भेगको लाइफलाइन भएको प्रदेश सांसद इन्द्रजित थारुले बताउनुभयो। उहा“ले हुलाकी सडक बन्न अनिवार्य रहेको बताउनुभयो। ‘सीमास“ग जोड्न र बजारस“ग पहु“च बढाउन यो सडक अनिवार्य छ’– उहा“ले भन्नुभयो– ‘दक्षिणी भेगको लागि लाइफलाइननै हो।’

तीन किलोमिटरमा कामै भएन

लमही–कोइलावास हुलाकी सडक निर्माणको काम तीन किलोमिटर क्षेत्रमा पस्न सकेको छैन। लमही र गढवा बजार क्षेत्रमा सडक निर्माणको काम हुन सकेको छैन। मुआब्जाको रकम बुझे पनि कतिपयले पूर्वाधार नहटाउ“दा काम हुन नसकेको हो। यस्तै केही गाउ“मा मुआब्जाको रकम कम भएको भन्दै काम गर्न दिएका छैनन्। यो समस्या अझै समाधान हुन सकेको छैन। अहिलेसम्म १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। बाकी चार किलोमिटर सडक पिचको तयारी गरिएको छ। अझै आधा सडक पिच गर्न बा“की छ। सडक निर्माणका लागि प्राप्त भएको समय सकिन छ महिना मात्रै बाकी छ। यो छ महिनामा काम सक्न मुस्किल छ।

हुलाकी राजमार्गको इतिहास

पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो। राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्म शमशेरले अगाडि बढाएकाले पद्मरोड पनि भनिन्छ। यो तराई मधेशका जिल्लाहरू जोड्ने पहु“च मार्ग पनि हो। पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top