Free songs
Home / विचार / आफ्नै भकारोमा मल छैन अर्काको गोदाममा मल हुन्छ ?

आफ्नै भकारोमा मल छैन अर्काको गोदाममा मल हुन्छ ?

मधुसूदन सुवेदी

हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौं। हकामी हाम्रो जनसमुदायलाई कर्मयोगी किसान भन्छौं। नेपालमा कृषिको कुरा गर्दा र कृषकको कुरा गर्दा कृषिमा आत्मनिर्भर बन्नुपर्छ र बनाउनुपर्छ भनिन्छ। कृषिमा रासायनिक मल तथा विषादीको बारेमा कृषकलाई सचेतना जगाउनुपर्दछ भनिन्छ। कृषिमा अग्र्यानिकमय वातावरण तयार पार्नुपर्छ भनिन्छ। जैविक मल, हरियो मल, प्रांगारिक मल, कम्पोष्ट मल तथा गाईवस्तुलगायत पशु चौपायाको मलमूत्रबाट तयार पारेको भकारे मल अति उत्तम भन्ने गरिन्छ। जब कृषि कर्मको मौसम र बेला शुरु हुन्छ तब मलकै अभाव देखाइन्छ। खेतीपातीका बेला कृषि गोदाममा रासायनिक मल छैन भनिन्छ। गोदाममा युरिया मलको अभाव भनिन्छ। गोदाममा डिएपी मलको अभाव भनिन्छ। हामी एउटा सामान्य कृषि प्रणालीमा प्रयोग हुने मलमा आत्मनिर्भर हुन नसकेर छिमेकी मुलुकबाट समयमा मल नआउ“दा र कृषि सामग्री संस्थानको गोदाममा मल नपाउ“दा यस्तो किसिमको बिचल्ली र हल्लीखल्ली उत्पन्न हुन्छ भने अन्य कुरामा आत्मनिर्भर हुनु र बन्नु हाम्रा लागि आदर्शका खोक्रा कुरा र आशको फल हो कि होइन ? खै हाम्रा गोठका छानो कसले उधा¥यो, भित्ता कसले च्यात्यो, किला कसले उखेल्यो, दाम्ला कसले चु“डाल्यो, पशु चौपाया किन बन्धनमुक्त भए, किन घृणित र अपहेलित भए ? हामीलाई समयमा मल चाहियो।

आफ्नै भकारोमा एक मुठी मल छैन भने अर्काको गोदाममा कसरी मल हुन्छ ? हामी किन अझै पनि सचेत छैनौं ? हामी किन अझै पनि सजग छैनौं ? आत्मनिर्भर हुने मन पनि लाग्ने आफूले सिन्को समेत पनि नभा“च्ने । कसरी बनिन्छ आत्मनिर्भर ? कसरी भइन्छ आत्मनिर्भर ? आज पछिल्लो समयमा किला र दाम्लोमा बा“धिएका पशु चौपाया सडक, शहर, खेत र बारीमा भोज भतेर मनाइरहेका छन्। खेतीपाती नष्ट र भ्रष्ट पारेका छन्। शहरका सडक जाम बनाएका छन्। गाउ“का खाद्यान्न बाली खाम बनाएका छन्। पशु चौपाया पाल्नेले दाम्लोमा बा“ध्न छाडी सके। दूध दिने जनावर गाई तथा भंैसीलाई दूधको मायाले बा“धे जस्तो गरे पनि अरु सबै छाडा छन्। यसरी पशु चौपाया छाडा बनाउ“दै जाने र मल गोदाममा खोज्दै जाने हो भने हामी कृषिप्रधान देशका मूर्ख कृषक बन्ने छौं। हामीले हिजोको आज किन मन र तनलाई परनिर्भरतातर्फ धकेल्दैछौं ? हिजो कैयौं असुविधाका बाबजुद हामी कैयौं विगाह जग्गाको मालिक हु“दासम्म हाम्रै भकारोमा मलले खेतीपाती चल्थ्यो र उत्रिन्थ्यो।

आज हामी धेरै सुविधा र सेवा सम्पन्नतामा छौं। हामीस“ग हिजोको तुलनामा कम जग्गा र जमिन छ। तथापि हामीलाई यत्ति खेती गर्न पनि किन मल हामीलाई आवश्यक प¥यो ? हिजोको जस्तो भकारोको मल लेकको टुप्पाबाट बेसीको फेदीसम्म डोकाबाट बोक्नु ओसार्नु र लैजानुपर्ने बाध्यता पनि छैन। आज एक डोका, एका रागे, एक बोरादेखि एक टन ओसार्नु परे पनि डोको र नाम्लोको प्रयोग गर्नुपर्दैन। हाम्रो घरदेखि खेतबारीसम्म बाटो घाटो तथा सडक सञ्जालले जोडिएका छन्। यस्तो अवस्थामा पनि हामी हाम्रै भकारोमा मल बनाउन किन सकेनौै ? कुनै ज्ञान प्रविधि यन्त्र र संयन्त्र नजोडिएर बन्न र बनाउन सकिने घरेलु बहुउपयोगी मल बनाउन नसकेर हामी गोदाम घरको अगाडि लाइन लाग्न बाध्य छौं। आफ्नै घर अगाडि आफूले चाहेको समयमा आफूले चाहेको मात्रामा खनेर खोस्रेर उठाएर र ओकरेर हाल्ने मल त्यागेर बाहिर–बाहिर धाउनु हामी सक्कली किसान कि नक्कली ? हामीले खासै भन्ने हो भन्ने केही समय केही महिना र केही वर्ष बा“झो खेत हुनबाट जोगाउनको लागि मात्र अल्पकालीन समयका लागि खेती गर्दैछौं भनेर हामीलाई आफ्नै खेतबारीको उत्पादित अन्नबाली खानु छैन भने हामीले गोदामको मलमा चिन्ता र चासो जगाएको स्वाभाविकै हो। यदि हामी सा“च्चिकै असल कृषक हौं। हामी सदाका लागि खेतीपाती गर्दैछौं र हामीले उत्पादन गरेको अन्न हाम्रै परिवारको पेट पाल्न र धान्नको लागि हो भने कृषि गोदाममा मल होइन कृषि गोदाममा जलको माग गर्नोस्। सरकारले पनि आफ्ना देशका कृषकलाई असली कृषक भएको हेर्न र देख्न चाहन्छ भने मलको अभाव सिर्जना गरेर आत्मनिर्भर बन्न आह्वान गरांै। जुन कुरा आफ्नो देशमा बन्दैन त्यो कुरा चाहेको समयमा पाइन्छ ? सरकारले पनि समयमा पु¥याउ“छ कसरी ? आफ्नै अधिन र आफ्नै वशमा नभएको कुरा ग्यारेन्टी गर्छ कसरी ? यद्यपि समयमा कृषकलाई मल बिउको सहज आपूर्ति गर्ने सरकारको दायित्व र भूमिका भए पनि पु¥याउने कसरी ? कृषककै भकारो रित्तो हु“दा सरकारको गोदाम भरिपूर्ण हुन्छ भन्ने कुरा केही छ ? हामीले वर्षैपिच्छे यस्तो किसिमको अभाव र असुविधा झेल्दै र भोग्दै गर्दा समेत हामीमा कुनै पाठ र शिक्षाको ज्ञान हासिल नहुनु भनेको कस्तो मोह यो ? रासायनिक मलप्रतिको बढ्दो मोह हो या हामी कृषकको बढ्दो अल्छीपन हो ? हामीले मलका लागि दश जीऊ बीस जीऊ गाईभैसी पाल्नुपर्छ भन्ने केही छैन। एउटा गाई पालेर पनि त्यसको मल मूत्रको प्रयोग गरी आफूलाई चाहिने मल आफ्नै भकारोमा थुपार्न सकिन्छ। एउटा भंैसी पालेर पनि त्यसको मल मूत्रले आफ्नो खेतीवारीमा पुग्ने असली मल आफ्नै भकारोमा सञ्चित गर्न सकिन्छ। ५–१० वटा बाख्रा मात्र पालेर पनि आफूलाई चाहिने मलको आवश्यकता टार्न सकिन्छ हामी यसप्रति किन विकर्षित भयौं।

गाईभैंसी त पाल्नै मन नलाग्ने। पाले पनि दूधको मायाले थुनमा आएको तान्ने र दाम्लोमा आएको बा“ध्नको लागि मात्र पाल्ने अन्यथा मलमुत्रको लागि पाल्दै नपाल्ने। खसी बोका र बाख्रा त केही मात्रामा पालेको र बा“धेको पाइन्छ। त्यो पनि के का लागि भने चाडपर्व मान्नका लागि। भोजभतेर धान्नका लागि र छाला मासु तान्नको लागि। खसी बाख्रा पाल्नुको उद्देश्य मल बनाउनु कदापि होइन । वास्तवमा भन्ने हो भने दुधालु पशुको दूध र मासुजन्य प्राणीको मासुभन्दा ती पशुबाट बन्ने र संकलन हुने मल कम उपयोगी र कम फाइदाजनक छ“दै छैन। तथापि हामीमा यसको आकर्षण घट्यो किन ? कृषकको भ्रम भने पनि विश्वास भने पनि रासायनिक मलको प्रयोगले उत्पादनमा अत्यधिक बृद्धि हुन्छ भन्ने त हो। ठीक छ एक दुई वर्ष कम उत्पादन होला। तर हामीले बनाएको घरेलु मलले हाम्रो खेतबारीको माटो मलिलो भयो भने त्यसपछिको उत्पादन के कमी होला त ? पक्कै पनि हुन्न। फरक यत्ति हो कैयौं वर्षदेखि रासायनिक मलमा बानी परेको माटोले हाम्रो भकारोको मल के सुन्ला र के मान्ला ? भन्ने हो। हिजोआजको समय भनेको धान खेतमा मानो छरेर मुरी उत्पादन गर्ने अभियानअन्तर्गत कृषि क्षेत्र र कर्ममा लाग्ने समय हो । धान खेतीका लागि चाहिने भनेको नै मल र जल हो। जल मौसमले दिने हो भने मल हिजोसम्म कृषक आफैले तयार गर्ने हो। आजको दिनमा सरकारले दिने हो। मौसमले दिने कुरामा वातावरणमा पनि मानिसको ठूलै हात र ठूलै भूमिका छ। सरकारले दिने कुरामा के भन्नुप¥यो भने हे नेपाली कृषक हो। हामी जसरी भए पनि मलमा आत्मनिर्भर बन्नैपर्छ र हुनपर्छ।

आज गोदामबाट पाए पनि भोलि गोदामबाट पाए पनि पर्सिबाट मल खोज्ने र खोस्रने आफ्नै भकारोमा हो। त्यसैले आफ्नो भकारोलाई कसरी हुन्छ मलयुक्त बनाउ“दै जानुस् र मल जस्तै सामान्य कुरामा अर्काको मुख ताकेर नबस्नोस् । ठीक छ कृषिमा लाग्ने र कृषिमा प्रयोग हुने प्रविधि यन्त्र, तन्त्र, जन्त्र र संयन्त्र त छिमेकी देशबाट ल्याउ“ला तर मल त तयार पार्नोस्। यत्ति पनि गर्न सकेनौं भने हामी के मा आत्मनिर्भर हुने ? अरु चिज त बन्दैन बन्दैन । गाईभैंसी पालेपछि खेतीपातीका लागि चाहिने असली मल त अवश्य बन्छ नि ? कृषिका लागि चाहिने मल र जल हो। जलका लागि हामी त्यसै पनि दोस्रो धनी हौं र छौं। मलका लागि हामीले गरिरहेको र जानिरहेको कुरा हो। हाम्रो मल र हाम्रो जलको प्रयोग गरी सिंगो देशको उर्वर भूमि हरियालीमा परिणत भयो भने त्यसैको ऊर्जा र बलले क्रमशः अन्य कुरामा पनि आत्मनिर्भर बन्दै जानेछांै। यसका लागि सर्वप्रथम कृषिमा नौलो क्रान्ति ल्याऔं। कृषिमा क्रान्ति भनेको नै अग्र्यानिक खेती प्रणाली हो। यसका लागि खेतीपाती गर्ने बेलामा गोदामको ढोका घचघच्याउन जाने होइन। आफू नै भकारोको मल खन्न र खोस्रन जाने हो। गोदाममा मल छैन भने रुने होइन। आफूनै गोठ भकारोको कालो मल प्रयोग गरी हातखुट्टा राम्रोस“ग धुने हो। आज युरिया छैन, भोलि डिएपी छैन, पर्सि पोटास छैन, भन्ने अभावको अन्त्य गरौं। आफ्नै गोठ भकारोको असली मल प्रयोग गरी असली र आत्मनिर्भर किसानको पहिचान बा“डांै।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top