Free songs
Home / समाचार / प्रमुख समाचार / समृद्धिको आधार तयार : मन्त्री ज्ञवाली

समृद्धिको आधार तयार : मन्त्री ज्ञवाली

युगबोध समाचारदाता

बुटवल। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताउनुभएको छ। उहा“ले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताउनुभयो।
उहा“ले भन्नुभयो– ‘संविधानअनुसार जनताका मौलिक हक स्थापित गर्ने गरी एक वर्षमा कानुन निर्माण ग¥यांै र मुलुकमा सबै तहका सरकार सक्रिय ढंगले चलेका छन्, संघीयताले खुट्टा टेकेर अघि बढने भएको छ।’

नेकपा बुटवल उपमहानगर कमिटीले शनिवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउ“दै अहिलेसम्म भएका सबैखाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दावी गर्नुभयो। उहाले भन्नुभयो– ‘लोकतान्त्रिक आन्दोलनको मुख्य कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउ“छौं।’

उहाले सरकारलाई अवसर र जिम्मेवारी रहेको र जनताका अपेक्षा अपार रहेको बताउ“दै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वर्तमान सरकारले देशको विकास र समृद्धिको बहसलाई अघि बढाएको बताउदै उहाले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो। उहाले भन्नुभयो– ‘वर्तमान नेतृत्वलाई असफल हुने कुनै छुट छैन, यो सिंगो नेकपाका कार्यकर्ता र आम मतदातासग जोडिएको छ।’

मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउ“दै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धी प्राप्त हुन नसकेको बताउनुभयो। उहा“ले सरकार सही बाटोबाट अघि बढिरहेको बताउ“दै वर्तमान सरकार र नेकपाको नेतृत्वले ऐतिहासिक अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीभित्र चलेको वैचारिक विषयमा उहा“ले विचारका विषयमा अहिले बहस जतिनै भए पनि बहुदलीय प्रतिस्पर्धा भित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुंगो लगाउने बताउनुभयो। कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो।

विषादी जाचबाट पछि हट्ने निर्णयको सत्तारुढ सांसदकै बिरोध

सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन्। उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले लागु गर्न नसक्ने निर्णय किन गरेको भनेर सरकारलाई प्रश्नसमेत गरे। प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताउनुभयो। भीम रावललगायतका सांसदहरुले नेपालले विषादी जा“च्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताउनुभयो।

बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिनुभयो। सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उहा“ले भन्नुभयो– ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन। हामी विश्वस्त हुनुप¥यो कि नेपाली जनताले विषादी मिसिएका शरीरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन्।’

सरकारविरुद्ध नबोल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध सार्वजनिक रूपमा नबोल्न सांसदहरूलाई निर्देशन दिनुभयो। पार्टी र सरकारका कुनै गुनासा भए पार्टीभित्र र संसदीय दलमा राख्नसमेत उहाले सांसदहरूलाई सचेत गराउनुभयो।

‘संसदीय समिति र सांसदहरूले आफ्ना धारणा राख्दा पार्टीभित्र र दलमा राख्न पाइन्छ’– प्रधानमन्त्रीको भनाइ उद्यृत गर्दै एक सांसदले भने– ‘प्रष्टरूपमा नबुझी पार्टी र सरकारका कामकारबाहीबारे बाहिर प्रस्तुत गर्नु कानुन र अनुशासनको दृष्टिले गलत हो।’ प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरूले पार्टी र सरकारका निर्णय सिपाहीले झै रक्षा गर्नुपर्ने बताउनुभयो।

उहाले आइफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनप्रति आपत्ति जनाउनुभयो। संसदीय समितिले अदालती शैलीमा सरकारलाई निर्देशन दिन नमिल्ने उहाको दाबी थियो। ‘संसदीय समितिले यस्ता आदेश दिनुभन्दा पहिला अलि सोच्नुपर्छ, घाटा हुने भयो भने सरकारले गर्दैन’– प्रधानमन्त्रीको भनाइ उद्यृत गर्दै एक सांसदले भने– ‘पा“चसय भन्दा बढी टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रमका कारण देशको पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार हुन्छ।’ संसदको विकास तथा प्रविधि समितिले आइफा अवार्ड रोक्न गत मंगलबार सरकारलाई निर्देशन दिएको थियो। समितिकी सभापति कल्याणी खड्का नेकपा सांसद हुनुहुन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top