Free songs
Home / फोटो ग्यालरी / मरन्ठानाका महिलाले होमस्टेको अभ्यास गर्दै

मरन्ठानाका महिलाले होमस्टेको अभ्यास गर्दै

सागर रिजाल

प्युठान। प्युठान नगरपालिका–१० मरन्ठानाका महिलाहरुले होमेस्टे सञ्चालनको शुरुवात गरेका छन्। पर्यटन विकासबाटै हरेक क्षेत्रको विकास हुने भन्दै यस क्षेत्रका महिलाहरु एकजुट भई होमस्टेको शुरुवात गरेको बताउछन्। पाच दिनसम्म तालिम लिएर ३० जना महिलाहरुले सामूहिक होमस्टे सञ्चालनको प्रक्रियामा जुटेका हुन्।

बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाहरुले सहकारीबाटै विभिन्न ठाउ“को भ्रमण तथा अवलोकन गरी होमस्टे सञ्चालन गरेको संस्थाकी सचिव मनोहरी श्रेष्ठले जानकारी दिनुभयो। महिला तथा बालबालिका विभाग राष्ट्रपति महिला जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत आफूहरुले होमस्टे सञ्चालन गरेको उहाले बताउनुभयो।

तालिमको माध्यमबाट व्यक्तिगत सरसफाइ, घरको सरसफाइ, कोठाहरुको व्यवस्थापन, सबै सामग्रीहरु स्थानीयस्तरमै उत्पादन गरी खानाको परिकार बनाउनेलगायतका कुरा सिकेको होमस्टे सञ्चालक हिमा जिसीले बताउनुभयो। ‘स्वर्गद्वारी धनबाङको होमस्टे अवलोकन गरेर आएका छौं’– जिसीले भन्नुभयो– ‘दिदीबहिनीलाई सबै कुरा व्यवस्थित गर्न केही समय त लाग्छ तर हाम्रो ठाउ अलि सुगम भएकोले धेरै कुराहरुमा सहज हुनेछ।’

पाहुनाहरुलाई उनीहरुको चाहना अनुसार खाना पकाएर खुवाएर पनि आयआर्जन गर्न सकिने हुदा आफैले मेहनत गर्नुपर्ने उहाले बताउनुभयो। लोकल कुखुरा, तरकारी, फलफूललगायत आवश्यक उत्पादन गरी होमस्टेलाई आयआर्जन तर्फ जोडिनुपर्ने उहाले बताउनुभयो।

बुलबुलमा पर्यटक भिœयाउन पिकनिक पार्क

मरन्ठानामा रहेको बुलबुल मूल अर्थात बाइसधारामा पर्यटक भिœयाउन होमस्टेस“गै पिकनिक पार्क समेत निर्माण गरिएको छ। पर्यटकीय हिसाबले मनोरम मानिने बुलबुल मूलको लोभलाग्दो दृष्यको प्रचारप्रसार कम हु“दा ओझेलमा परेको स्थानीयले बताए। केही समय अगाडि बाइसधारा संरक्षणका लागि थोरै पहल भएको थियो। बुलबुल मूलको संरक्षण र प्रचारमा अलि ध्यान पुग्ने हो भने एकै ठाउ“बाट कलकल २२ वटा धारा झरना जसरी बग्ने दृष्य कैद गर्न जो कोही पुग्न सक्ने स्थानीय दिनबहादुर भण्डारीले बताउनुभयो।

पर्यटनबाटै विकास सम्भव छ भन्ने उद्देश्यका साथ ‘पर्यटन विकासका लागि होेमस्टे कार्यक्रम’ सञ्चालन गर्दै बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मरन्ठानाले आफ्ना पर्यटकीय ठाउहरुलाई संरक्षण गर्नेतर्फ ध्यान दिन थालेको छ।

३० घरधुरी लाभाम्वित हुने गरी चालु आर्थिक वर्षमा राष्ट्रपति महिला जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत महिला तथा बालबालिका विभागबाट छ लाख ५० हजार बजेट विनियोजन गरी बुलबुल मूलको नजिकै पिकनिक पार्क निर्माण कार्य सम्पन्न गरेको नगर उपप्रमुख शान्ता आचार्यले बताउनुभयो। यसमा एक लाख ३० हजारको जनश्रमदान गरी जस्तापाताको छाना भएको कटेज र महिला पुरुषको लागि एक एक वटा शौचालय निर्माण गरिएकोे उहाले बताउनुभयो।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top