Free songs
Home / फोटो ग्यालरी / धान दिवसको केन्द्र बाँके र बर्दिया

धान दिवसको केन्द्र बाँके र बर्दिया

कुमार श्रेष्ठ

बाके। राष्ट्रिय व्यक्तित्वहरुको उपस्थितिमा बा“के र बर्दियामा धान दिवस मनाइएको छ।

केन्द्रीय सरकारले यसपालि धान दिवस बर्दियामा मनाएको छ भने पाच नम्बर प्रदेशका कृषिमन्त्रीको उपस्थितिमा बा“केमा धान दिवस मनाइएको छ।  कृषिमन्त्री चक्रपाणि खनालको उपस्थितिमा बर्दियाको राजापुर नगरपालिका–८ धोविनपुरमा १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव आयोजना गरिएको हो। धोविनपुरस्थित भेरी माविमा उद्घाटन कार्यक्रम आयोजना गरेपछि मन्त्री खनालसहितको टोली धानखेतमा पुगेको थियो। सो अवसरमा मन्त्री खनालले बर्दियामा चैते धानको उत्पादन बढाउन पहल गर्ने आश्वासन दिए। बर्खे धान उत्पादनमा राजापुरले उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरण गराउदै मन्त्री खनालले चैते धानका लागि मिल, गोदाम, सुकाउने मेसिन उपलब्ध गराउने बताउनुभयो।

उहाले सरकारले समयमा मल, बिउ उपलब्ध गराउने आश्वासन दिनुभयो।

संघका सांसदहरु गौतम गौतम, सन्तकुमार थारु, पाच नम्बर प्रदेशका उपसभामुख कृष्णी थारु र प्रदेश सांसद दिपेश थारुस“गै कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलको राष्ट्रिय धान दिवस कार्यक्रममा उपस्थिति थियो।बर्दियाको राजापुर धान उत्पादनको हिसावले महत्वपूर्ण मानिन्छ। सरकारले त्यहा धान कुटाइका लागि मिलको व्यवस्था गरेको छ। सरकारले धान खरिद गर्दा राजापुरबाटै धेरै उपलब्ध हुने गरेको छ।यता बा“केमा पनि धान दिवस भब्यताका साथ मनाइएको छ। ५ नम्बर प्रदेशकी कृषि, भूमि तथा सहकारी मन्त्री आरती पौडेलको उपस्थितिमा कोहलपुर–१३ खड्गवारमा धान दिवस मनाइएको हो।

खड्गवारलाई स्मार्ट कृषि गाउ“ भन्ने गरिन्छ।कृषि मन्त्री पौडेलले आधुनिक ट्याक्टरबाट धान रोपेर धान दिवसको शुरुवात गर्नुभयो। किसानलाई आधुनिक प्रविधिबाट धान खेती गर्नुपर्छ भन्ने सन्देश दिन मन्त्री पौडेलले ट्याक्टरबाट धान रोप्नुभएको थियो।बा“केमा पछिल्लो समय कृषिमा आधुनिक प्रविधिबाट धान रोपार्इं गर्ने गरिएको छ।

यद्यपि, राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट पानी नछोडिएकाले किसान आकाशे पानीकै भरमा रहेका छन्। असारमा यस क्षेत्रमा दोस्रो पटक पानी परेको छ। असार ८ गते परेको पानीले बल्ल किसानले बिउ राख्न पाएका छन्। खोला, नाला या डिपबोरिङको सुविधा भएको ठाउ“मा मात्रै रोपाइ“ शुरु गरिएको छ। असार १५ लाई राष्ट्रिय दिवस मनाउने र यो बेलामा किसानले अधिकांश रोपाइ“ सक्नुपर्नेमा बा“केमा बल्ल–बल्ल बिउसम्म राखिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top