Free songs
Home / फोटो ग्यालरी / दुई पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दुई पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

जयमान बुढा मगर

खावाङबगर। रुकुमपूर्वका तीन स्थानीय तहमध्ये भूमे र सिस्ने गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ। पुथा उत्तरगंगा गाउ“पालिकामा भने प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुन सकेको छैन।

पुथा उत्तरगंगा गाउ“पालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरका अनुसार फाराम भरिसकेकोमा अबको दुई तीन दिनमा नै रोजगार कार्यक्रमको आरम्भ गर्ने जानकारी दिनुभयो। भरिएको फारामलाई रोजगारी प्रदान गरिने मापदण्डका आधारमा छनोट कार्य भइराखेको अध्यक्षले बताउनुभयो। रोजगारी पाएका कार्यक्रम अन्तर्गत पहिलो चरणमा भूमेमा महिला ६० र पुरुष एक सय ८० गरी दुई सय ४० जना र सिस्नेमा दुई सय २९ जनामध्येमा महिलाको संख्या बढी रहेको बताइएको छ।

दुई गाउपालिकामा गरी चार सय ६९ जना रोजगारीमा जोडिएका छन्। कार्यक्रमको मापदण्डअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका परिवारमा एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएको तथा तोकिए बमोजिमको आयआर्जन नभएका आधारमा बेरोजगारलाई रोजगारीमा छनोट गरिएको हो।

बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालनमा आएको कार्यक्रममार्फत तीन गाउ“पालिकाले नै कार्यविधि बनाएका  छन्। चालु आवभित्रै काम गर्नेगरी जिल्लाका तीनवटै स्थानीय तहमा बजेट आइसकेको छ। ती स्थानीय तहका लागि ८३ लाख रुपैया“ जिल्लामा आएको छ।

तीन स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट सिस्नेमा आएको छ। सिस्नेमा २९ लाख, भूमे र पुथामा २७÷२७ लाख बजेट रहेको छ। गाउपालिकाको कार्यविधिका आधारमा कार्यक्रम कार्यान्वन गरिसकेको भूमे गाउ“पालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक वसन्ती सुवेदीले बताउनुभयो।

तीनवटै गाउपालिकाको कार्यविधिमा गोरेटो बाटो, मुहान संरक्षण, सरसफाइ, स्याउ बगैंचा निर्माण त्यसैगरी सहिद पार्क, बृक्षारोपण, खानेपानी तथा भवन मर्मत, पर्यटन विकासका लागि युद्ध फिचर निर्माण जस्ता भौतिक विकासका काम प्राथमिकतामा जोडिएका छन्।

कार्यक्रमअनुसार श्रमिकलाई दक्ष र अदक्ष गरी दुई भागमा छुट्याइएको भूमे गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो। ‘मजदुरले दैनिक आठघण्टा काम गरेवापत ज्याला दक्षले आठ सय ५० र अदक्षले पाच सय ५० रुपैया पाउनेछन्’– उहा“ले भन्नुभयो– ‘भूमेमा अहिले अदक्ष जनशक्तिमात्र रहेका छन्।’ त्यसैगरी सिस्नेमा पनि अदक्ष जनशक्ति रहेको बताइएको छ। बजेटको ७० प्रतिशत रकम श्रमिक ज्याला र अन्य रकम औजार तथा सामग्री खरीदलगायत कार्यमा खर्च हुने भएको छ।

रोजगारीका लागि भूमेमा पाच सय ३० महिला र सात सय १८ पुरुष गरी एक हजार दुई सय ४८ जनाले आवेदन दिएका थिए। भूमेमा क्रमशः एक देखि नौ वडामा १०, १४, १३, ६३, १९, १७, १५, ३० र ५९ जना रोजगारी कार्यक्रममा छनोट भएकामा आ–आफ्नो वडामा काम गरिराखेका छन्। प्रत्येक आर्थिक वर्षमा बेरोजगार फाराम भरी मापदण्डका आधारमा आफ्नै गाउ“घरमा रोजगारमा जोडिदै जाने भएकोले आगामी दिनमा बेरोजगारीको समस्या हल हु“दै जाने भूमे गाउ“पालिकाका अध्यक्ष रामसुर बुढा मगरले विश्वास व्यक्त गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top