Free songs
Home / फोटो ग्यालरी / किसानको खेतमा मेयर उपमेयर

किसानको खेतमा मेयर उपमेयर

ओपेन्द्र बस्नेत

तुलसीपुर। समयमै वर्षात नभएका कारण दाङका अधिकांश खेतीयोग्य जमिन बा“झै रहेको बेला किसानलाई आशा जगाउन तुलसीपुरको कञ्जवारमा १६ औं राष्ट्रिय धान दिवस मनाइएको छ। वर्षात नभएकै कारण खोला र मूलहरु नफुट्दा खेतीयोग्य जमिनमा लाग्ने कुलानाला सुकेको अवस्थामा निराश भएका किसानलाई हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले केही आशा र उत्साहित बनाउने गरेको छ।

सिंचाईको अभावमा वरिपरि सयौं विगाह जमिन बा“झै भए पनि कञ्जवारमा भने रोप्नका लागि तयार पारिएको खेतमा नगरप्रमुखदेखि वडा अध्यक्षसम्मले हिलाम्य हु“दै धान रोपेर किसानलाई ऊर्जा दिने काम गरेका छन्। खेतधनी तेलाराम बुढाथोकीले माटोको टिका र धानको व्याडको जमरा कानमा राखिदिएपछि कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेतमा धान रोपेर दिवसको उद्घाटन गर्नुभएको हो।

तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा र पश्चिम कृषि तथा भैंसी फार्मको संयोजनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले धान संसारकै महत्वपूर्ण खाद्य बाली भएकाले यसमा राज्यको लगानी आवश्यक रहेको बताउनुभयो। नेपाल कृषिप्रधान देश भए पनि कैयांै जमिन बा“झो रहने गरेको बताउ“दै नगर प्रमुख पाण्डेले किसानहरुले खेतीयोग्य जमिन सदुपयोग गर्न सकेमा देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो।

समयमा पर्याप्त वर्षात नहु“दा दाङमा अहिले पनि सयौं हेक्टर जमिन बँ“झै रहेको बताउ“दै नगर प्रमुख पाण्डेले समयमै उन्नत बिउ विजन, मल र सिंचाईको उपलब्धता बनाउन स्थानीयदेखि प्रदेश सरकार दत्तचित्त भएर लागिपरेको बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार दाङमा वर्षेनि करिब ३७ हजार पाच सय हेक्टर क्षेलफलमा धान खेती गर्ने गरिएको छ। यद्यपि खण्डीकरणका कारण खेतीयोग्य जमिन घट्ने क्रम पनि बढेको छ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका संयोजक माधव ओलीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख माया आचार्य, नेकपा प्रदेश नं ५ का सदस्य रामबहादुर दहित, नेकपा जिल्ला सदस्य मनोहर बुढाथोकीलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो। वडा नं. १५ का अध्यक्ष लक्ष्मण चौधरीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य जानका रेग्मीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top