Free songs
Home / विचार / युवा,  मदिरा र विकास

युवा,  मदिरा र विकास

सन्तोष वि.क

सिर्जनशील एवं उत्पादनशील कार्यमा सहभागी भइ राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाललाई आत्मसात गर्दै देशको विकासमा योगदान दिनुपर्ने जिम्मेवारी युवाको का“धमा आएको छ। सामाजिक, आर्थिक, सास्ंकृतिक र राजनीतिक रुपान्तरणका लागि विगत लामो समयदेखि युवाहरुले पहलकदमी लिदै आए पनि सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएको छैन। तसर्थ राज्यका हरेक नीति निर्माण एवं कार्यान्वयन तहमा युवाको पहु“च, प्रतिनिधित्व र पहिचानलाई सुनिश्चित गर्न आवश्यक छ। युवाभित्र रहेको जोश, जा“गर र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माण गर्ने युगीन कार्यमा सही सदुपयोग गर्नुपर्ने आवश्यकता पनि महसुस भएको छ। युवाहरुले देशले आवश्यकता मागेको बेलामा सहिद बन्न पनि पछाडि परेका छैनन् । तर पनि राज्यले युवाहरुको त्याग र बलिदानलाई संबोधन गर्न सकेको छैन।

नेपाली युवामा मदिरा सेवनले डरलाग्दो समस्याको रुपमा जरो गाडेको पाइन्छ। यसबाट पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा हानि र नकारात्मक असर परिरहेको छ। नेपालमा मदिरा उत्पादन, बिक्री, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था भए पनि ती कानुनहरुमा मदिराको हानिकारक प्रयोगले युवाको स्वास्थ्यका बारेमा कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था भएको पाइ“दैन।
नेपालमा अझै पनि सवारी दुर्घटनाको एउटा प्रमुख कारण मदिरा सेवन हो । जसले गर्दा जनधनको क्षति हुनुको साथै युवाको ज्यान पनि जाने गर्दछ। नेपालमा मदिरा सामाजिक संस्कारको रुपमा रहेको छ। यहा“ बसोबास गर्ने अधिकांश जनजाति तथा दलित परिवारमा मदिरालाई देवताको प्रसादका रुपमा लिइन्छ साथै सबैखालको चाडपर्वमा पनि यसको प्रचलन छ। समाजमा हुने रीतिरिवाज र परम्परामा पनि खुलेआम मदिरा सेवन गर्ने गरिएको पाइन्छ। त्यसको सिधा असर युवामा पर्ने भए पनि त्यसको उपभोगबारे गलत धारणाको विकास हुन पुगेको वर्तमान परिस्थिति हो। अर्कोतिर मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नया“ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेको छ।

नेपालको संविधानले बा“च्न पाउने अधिकार र स्वस्थ रहन पाउने मौलिक अधिकारलाई प्रत्याभूति गरे पनि मदिरारहित घर र समाज निर्माण हुन नसक्दा चुनौतीपूर्ण भएको छ। नेपालमा सबैभन्दा ठूलो समस्याको रुपमा तेर्सिएको घरेलु मदिराको उत्पादन र अबैध बिक्री पनि हो, जसको नियन्त्रण र नियमनको दायरामा ल्याउन केही पहल भइरहेको छ। तर घरेलु उत्पादन गरिने मदिरा सस्तो र स्वास्थ्यका लागि ज्यादै हानिकारक भई मृत्यु समेत भएको अवस्था छ। खाद्यान्न अभाव भएका मुलुकहरुमध्ये नेपाल पनि पर्दछ। विशेषगरी अन्नहरु घरेलु मदिरा बनाउन प्रयोग गरिने र मदिरा बेचेर चामल किन्ने परम्परा बसिसकेको छ। यसले गर्दा मदिराले गरिबीलाई बढावा दिनुका साथै मदिराका कारण नेपालले सहस्राव्दी लक्ष हासिल गर्न नसक्ने स्थितिमा पुगेको छ। खाद्यान्न अभाव, कुपोषण र गरिवी बढाउनसमेत मदिरा जिम्मेवार छ। गरिब मजदूरहरुले दैनिक कमाइ गर्ने आफ्नो आम्दानीको धेरै हिस्सा मदिरा सेवनमा खर्च गर्ने गरेको पाइन्छ। जसले गरिबीलाई झन बढावा दिइरहेको अवस्था छ।

मदिराको व्यापार तथा उद्योग एवं बहुराष्ट्रिय कम्पनीले युवालाई नया“ मदिरा उपभोगको रुपमा लक्षित र केन्द्रित गरेको छ। नेपालमा बलात्कार र हत्याको घटनाको मूल कारण पनि मदिरा नै रहेको पाइन्छ। देशमा विभिन्न मदिरा नियन्त्रण, नियमन, बिक्री वितरण र उत्पादन सम्बन्धी कानुनको व्यवस्था भए पनि ती कानुनहरुको क्षेत्र विस्तृत नहुनु, ती कानुनमा भएका व्यवस्थाले हाल विद्यमान रहेका समस्याहरुको निकारण गर्न नसक्नुले मदिराजन्य पदार्थको उत्पादन, बिक्री, वितरण, उपभोग र प्रचारका सबै क्षेत्रहरुलाई समेट्ने गरी एक विस्तृत नीति आवश्यकता महसुस गरिएको हो। मदिराजन्य पदार्थको प्रयोगले युवाको व्यक्तिगतरुपमा शारीरिक, मानसिक, संवेगात्मक सामाजिक, आर्थिक नोक्सानी पु¥याउ“छ भने पारिवारिक, सामाजिक विभिन्न समस्याहरु रहेका छन्।

यसै सन्दर्भमा नेपाल सरकारले मदिराको हानिकारक प्रयोग रोकथाममा राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ तर्जुमा भइसकेको र यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ। नेपालमा मदिरा उत्पादन, बिक्री, वितरण तथा उपभोगको विषयमा कानुनी व्यवस्था भए पनि ती कानुनहरुमा मदिराको हानिकारक प्रयोगले युवाको स्वास्थ्यका बारेमा कुनै पनि तथ्यांक पाइ“दैन। अब नेपाल सरकारले मदिरा र यसको हानिकारक प्रयोगले युवा स्वास्थ्यमा परेको असर र युवालाई राष्ट्रको सर्वाङ्गीण विकासमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरी खोज तथा अनुसन्धानका निम्ति आवश्यक बजेट विनियोजन गरी कार्यान्वयन गर्न जरुरी छ। युवाहरुले मदिरामा अत्याधिक खर्च गरिरहेको अवस्था छ भने यो खर्चलाई रोकथाम गरी रचनात्मक कार्यमा परिचालन गर्न सक्यो भने पनि राष्ट्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुग्नेछ। तसर्थ राज्यको पुनः संरचना भइसकेको अवस्थामा राज्यका तीन तह नै परिचालन हुनु जरुरी छ । साथै सरोकारवाला सबैले राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७४ कार्यान्वयनमा सहयोग गर्नु पर्दछ। यसो गर्न सक्यो भने समृद्ध नेपाल, सुखी नेपाली अभियानले सार्थकता पाउनेछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top