Free songs
Home / विचार / बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

 

नारायणप्रसाद शर्मा

सगरमाथाको चुचुरोमा पुग्नेलाई जो आनन्दको अनुभूति हुन्छ त्यत्तिकै आनन्दको अनुभूति बंगलाचुली शिखरमा पुग्नेलाई पनि हुनसक्छ । कसलाई के कुराले कति आनन्दित तुल्यायो त्यसलाई शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ–आफ्नै परिवेश र सीमाले सबै बा“धिएका हुन्छन् । त्यो भन्दा बाहिरका असीमित आकांक्षाले मान्छे जेलियो भने त्यसलाई निराशाबाहेक अरु केही हात लाग्दैन । आ–आफ्नो हैसियत अनुसारको आनन्दको खोजीमा लाग्यो भने भेटाउन गाह्रो पर्दैन । नागरिक समाजको एउटा टोलीले दाङ जिल्लाको गाउ“पालिका बंगलाचुलीमा जाने अठोट गरेछ र मलाई पनि खबर ग¥यो । आफ्नो हैसियत पुग्ने ठहर गरेर म पनि पछि लागें । पूरै आनन्दको अनुभूति भयो ।

उहिले तीर्थाटन विकसित भएर आजको पर्यटन बनेको छ । आफूलाई न तीर्थ जानु थियो न त पर्यटन नै । मेरो एउटै उद्देश्य हुन्छ– मान्छे, विकास र सम्भावना चिन्ने, बुझ्ने र भ्याए जति लिपिबद्ध गरेर प्रचार गर्ने । अर्को मेरो उद्देश्य थियो– दाङको उखरमाउलो गर्मीबाट केही बेर भए पनि त्राण पाउने । न भन्दै हामी जति जति उकालो लाग्दै गयौं त्यति–त्यति गर्मीले तातेको शरीर शीतल हु“दै गयो । सवारीकोटको छेउमा पुग्दा मेरा  पुर्खा र बुवाआमालाई मनमनै धन्यवाद दिए“ र तिनीहरुको बुद्धिमत्ताको प्रशंसा गरें । दाङको गर्मी छल्न वर्षमा पा“च महिना कोट लाग्ने चलन झलझली सम्झें । हर्नोक पुग्दा पातलो लुगा फेरौं फेरौं जस्तो पनि लाग्यो ।

तार्केनी, सवारीकोट, जसपुर, हर्नोक, काभ्रे, मुर्कुटी, उदयपुर हु“दै पैदल प्युठान पुगेको पुरानो सम्झनाले छिनछिन गा“जिरह्यो । बंगलाचुलीबाट नेपालको भविष्य हेर्दै पुरै एकदिनको पैदल बाटो डेढ घण्टामा मुर्कुटीसम्म आइपुग्दा मानौं संसारै फेरिएको जस्तो लाग्यो । पूर्व देवीथानदेखि पक्की बाटो लम्पसार छ । का“डा र ढुंगा पन्छाउ“दै सुस्केरा छोड्दै बाटो काट्नुको पुरानो सम्झना र पिच बाटोको यात्राको आनन्दस“ग के को तुलना † पञ्चायतकालका ठटेउला पाराका होल्दे माननीयले तिरामदेखि घोराहीसम्म मोटर कुदाउने उनको सपना आज बा“चेर देख्न पाएको भए कति आनन्द मान्दा हुन् ? आफू काठमाडौंमा रमाएर केही पनि भएको छैन भन्ने बुद्धिविलासीहरु मुर्कुटीतिरको विकास हेर्न आउन् ।

यो बाटोले गर्दा यस क्षेत्रको कायाकल्प गरिदिनेछ । स्थानीय उत्पादनले बजार पाउनेछ । हजारौं जनताको मुहारमा मुस्कान ल्याउनेछ । गर्मीको भुमरीमा परेका मैदानका जनता बंगलाचुलीको सेनेटोरियममा आनन्द मनाउन आउने छन् । बंगलाचुलीबाट पहाडी संसार र तलको मैदानी संसार हेर्दाहेर्दै स्थानीय जनप्रतिनिधिहरुका मुखबाट विकासका सम्भावनाका कुरा सुन्न भ्यायौं । बढी तातोले हाम्रो दिमाग पनि तताइदिन्छ कि के हो ? यहा“ मलाई शीतलताले शान्तिको अनुभूति भयो । सबैका हावभाव र चेष्टाले त्यसै भन्थे । तर पनि २०१६ सालमा यसै ठाउ“मा आएर दुई महिना बस्दा यहा“का सामान्य जनता आजको तुलनामा गरिव निमुखा जस्ता लागे पनि आत्मनिर्भर थिए । अहिलेको मुर्कुटी बजार विदेशी सामानको भरिभराउले हाम्रो परनिर्भरता झल्केको थियो ।

यहींको आटो, ढिडो,  गोरस, सागपात मौसमी फलफूल, डोको, नाम्लो, स्याउ, काठपात घरबुना (ठेट्वा) आफ्नै थियो । आजको मुर्कुटी बजार बाहिरको माल सामानले मात्रै खचाखच छ । तरकारी र खुर्सानी समेत बाहिरबाट आको छ । आफूले उत्पादन गरेको माल बाहिर पठाउन नसक्ने र बाहिरबाट भिœयाएको सामान किनी खाने हो भने यो यातायातको विकासले गरिवीकै विकास गर्ने त होला ? मनमा यस्तै– यस्तै प्रश्न उठिरहे । गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष र हाम्राबीचको अन्तक्र्रिया नया“ सम्भावनाको सुन्दर तस्विरको सरल रेखा पनि बन्यो । पुर्खाले आफ्नो सानोतिनो उत्पादन आफै डोकोमा कोइलाबास र बटौली बजार पु¥याएर उताबाट नून चिनी लुगालत्ता आदि लिइ फर्कन्थे भने अहिले स्थानीय बजारमै सबै विदेशी माल सामान सजिएका छन् ।

अन्तक्र्रियामा सबै कुरा आए । विकासका प्राथमिक आधार शिक्षा (प्राविधिक), स्वास्थ्य, विद्युत, खानेपानी, बाटोघाटो (गाउ“देखि गाउ“सम्म) र प्रशासनिक संरचना आदि आधार सबै खडा भइसकेकाले सहज पहु“च र विस्तार हुन लागेका कुरा आए । स्थानीय उत्पादन– मकै, कोदो, फापर, मह, अदुवा, टिम्मुर, मालागेडी, चिउरी, कागती, आ“प, केरा, काफल, दालचिनी, ऐंसेलु चोत्रो, काष्ठकला आदि आदि काम चलाउ उत्पादनमा व्यापक बृद्धि गरेर नेपाललाई सुनको चरो बनाउने कवितात्मक अभिव्यक्ति पनि खुले । सम्भावनालाई पकड्न नसक्नु सधै राजनीतिक उठापट्कीमा मात्र लागिरहनु हाम्रा आफ्नै कमजोरी बारे पनि चर्चा भए ।

समयले सबैलाई च्यापेको छ । आवश्यकताले बाध्य पारेको छ । अनुभवले तिखारेको जागरणको बिगुल बजेको छ । संविधानले स्थानीय अधिकारको किटानी गरेको छ । हामीले बंगलाचुलीमा सकारात्मक सोच बढी पायौं । शुभसंकेत धेरै पायौं । अहिले तल–तल स्थानीय सरकारहरुमा स्थानीय जनतामा केन्द्रमा जस्तो केन्द्रीय राजधानी काठमाडौंमा जस्तो आकुलता, व्याकुलता, उठापट्की र तनाव छैन । कमी कमजोरी होलान् । तर माथि संसदमा जस्तो देखेस् पखेस छैन । हाम्रो यहा“ पुरानो रोग छुटेको छैन । पुरानो पुस्ताले विद्रोहमै जीवन बितायो । निरंकुशतन्त्र, निर्दलीयतन्त्र हु“दै हामी गणतन्त्रसम्म आइपुग्दा विद्रोहका झिल्का सेलाएका छैनन् । कतिलाई पुरानै प्यारो छ । कतिलाई सबै पुरानै जस्तो लाग्छ । कतिको मन अघाएको छैन ।

केही हदसम्म हो जस्तो पनि लाग्छ । घुस खाने पुरानो बानी कायमै छ । धेरै अड्डामा बिनाघुस सिन्को सर्दैन भनिन्छ । माथि–माथि करोडौंका कमिशन चल्छन् । विकास भ्रष्टाचारीहरुको दुहुनो गाई बनेको छ । जो चोर उसैको ठूलो स्वर छ । उहिलेका भ्रष्टाचारी अहिले सदाचारी । उहिलेका त्यागी तपस्वी अहिले लाठसाहेव जस्ता । संविधान फेरिएर मात्र हुने रहेनछ । त्यो भन्दा पहिले फेरिनुपर्ने हाम्रो मन रहेछ । त्यो फेरिएको छैन । युगौं पुरानो सामन्ती (धनीमानी पू“जीवादी दलाल पू“जीवादी व्यक्तिवादी संस्कार नछुट्दा संविधानमा समाजवाद उन्मुख समाज लेखेर मात्रै हुने रहेनछ । डाक्टर बाबुराम भट्टराई संविधान च्यात्नेहरुमा सामेल भइसक्नुभयो । विप्लवजीहरु अर्को विद्रोह अजमाउ“दै हुनुहुन्छ । मिलेर संविधान ल्याउने कांग्रेस र कम्युनिष्ट भागवण्डा नपुग्दा देखेस् पखेस् गरिरहेछन् ।

कांग्रेस–कांग्रेसबीच हानथाप छ । कम्युनिष्ट–कम्युनिष्टबीच हानथाप छ । शेरबहादुरजी, रामचन्द्रजी, सिटौलाजी र कोइरालाजीहरु एकमुख छैनन् । त्यस्तै माओवादी र एमाले मिलेर बनेको नेकपा भावनात्मक बेमेलको संघारमा छन् । एक यिनीहरु आपसमा मिल्न सकेका छैनन् । दोस्रो यिनीहरुलाई मिल्न नदिने देशी विदेशी शक्तिहरु भित्रभित्रै कैंची काटिरहेछन् । माथि–माथि नेपालको आकाशमा नेपाली वैज्ञानिकहरुले निर्माण गरेको भू–उपग्रहले हामीलाई नै सन्देश दिइरहेछ– कर्म गर्नेहरुकै संसार हो । बंगलाचुलीबाट संसार चियाउ“दा पनि नकारात्मक तुषको गन्ध पाइएन । यतिका वर्षसम्म केले रोक्यो हामीलाई ? त्यसकै छाया“ले हामीलाई अझै लखेटिरहेको त छैन ? अमेरिका, युरोप, भारत, चीन सबैको सामरिक घेराउले नेपालीहरुको मतिभ्रम बढेको त हैन ? बंगलाचुलीको ठण्डा हावामा सोच्दा त नेपालीहरुको शंकाको भूतको तापभ्रम जस्तै लाग्यो ।

हिमचुली र बंगलाचुलीको गौरव गाथा गाउने पनि हामी नै । विश्व शान्तिका प्रतीक भनेर महात्मा गौतम बुद्धलाई महिमा मण्डित गर्ने पनि हामी नै । नेपाल जस्तो प्रकृतिको सुन्दर अनुपम बरदान बनेको देशका नागरिक हौं भन्ने पनि हामी नै । तर पनि संसारको विपन्न देश, गरिव देश, भ्रष्टाचारी देश, परनिर्भर देश नानावली लाञ्छना सहनुपरेको भोग्नुपरेको देशका जनता पनि हामी नै । अघि हाम्रै पुर्खाहरु भनौ देव दानवहरु लड्दा लड्दा थाकेर समुद्र मन्थनमा लागेछन् र अनेकौ रत्न निकाले छन्, अमृत निकाले छन् । विषको घडा जति शिवले पिइदिए छन् । अमृत देवताले बा“डीचुडी खाएछन् । विकासको नाममा भेटिने भ्रष्टाचारको विषघडा हुइ“क्याउन सक्ने नेताहरुको कल्पना गर्दै बंगलाचुलीबाट सुखद भविष्य कोर्दै हामी सबै दाङ घोराहीतिर फक्र्यौं ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top