Free songs
Home / विचार / ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

 

नारायणप्रसाद भण्डारी

नेपालमा जतिसुकै जस्तोसुकै परिवर्तनको नाममा होस् या विकासको पक्षमा होस् संघर्ष, आन्दोलन, क्रान्ति, जनयुद्ध समेत हु“दासम्म वास्तविकतामा यथार्थमा भन्नुपर्दा जनपक्षीय वर्गीय मुक्तीय सर्वहारावर्गीय अझै तल हेर्दा लम्पट सर्वहारा पक्षीयको कुनै कसैको जीवनलाई न्यायसम्मत छुन सक्ने खाले फेरबदल हुन सकेन । जहिले पनि परिवर्तनको नाममा ठूला–ठूला आर्थिक, भौतिक, मानवीय क्षति मात्र भन्दा पुग्दैन । ध्वस्तै भए तर जहानिया राणाशासनको जरो मासिएन । कति बलियो अजम्मरीको बृक्ष राणाहरुले रोपिदिए त्यसको अन्त्य हुन सकेन । जनताको नाममा कहालीलाग्दा घटना भए । एउटा टु“डीखेलमा लाखौं लाख जनताको सागर उर्लियो । जनताले कल्पनै गर्न नसकिने साहस देखाए । मरेका जुरुक्क उठ्ने गरी प्रेरणा नेतृत्वलाई दिए । तर अन्तिममा कूटनीति तरिकाबाट ढा“टछल, आत्मरक्षाको योजना आफ्नै स्वार्थसिद्धिको भूमिका, सम्झौताको लेखापढी नाटकीय प्रदर्शन मात्र हुन पुगे । जनताले गरेको बलिदान जनताकै तागतले संसारमै हुन नसकेको फेरबदल एवं अब्बल नीति आए, बने, बनाइए । कागजका सीमित कानुन नियम ऐन व्यवस्था भएर के गर्ने ? सञ्चालन गर्ने प्रवृत्ति, तौरतरिका र चिन्तनमा फेरबदल हुन नसकेपछि, संस्कार नफेरिएपछि उखान जस्तै आकाशको फल आ“खा तरी मर, कौवालाई बेल पाक्यो हर्ष न विस्मात, थियौ मितजु उस्ता उस्तै, बा“दरको पुच्छर लौरो न हतियार, नाच्न नजान्ने आ“गन टेढो जनता र नेताको अवस्था भयो ।
कति दुःख कष्ट सहेर, भोगेर श्रीमान श्रीमती, छोराछोरी, बुवा आमा सन्ततिको क्षति पुग्दासम्म क्रान्तिको लागि देश र जनताको लागि खाएको कसम बाचाबाट पछि नहट्ने प्रतिबद्धता हिम्मत गरेर एउटा उत्कर्समा छलफलमा अति संवेदनशीलतामा समस्याहरुको टिप्पणी हुन्छन् । क्षणिक डायरीमा, झोलामा, खल्तीमा, पिए, अंगरक्षक वा स्वयंमा रहन्छन् । त्यसपछि अर्को स्थानमा पुग्दा ती टिप्पणी सबै हराउ“छन् । कहिलेकाही डायरीमा लेख्दा लेख्दै माथि पदै हराउ“छ । झण्डाको गाडी अर्कैको हुन्छ । सपना सपनै हुन्छन् । कल्पना हावामै विलय हुन्छन् । समस्यामाथि समस्याका चाङ लाग्छ ।

सानो हिम्मतले थोरै योजनाले सा“घुरो चिन्तनले समस्या हल हु“दैनन् । जहिले पनि विगतका पुराना मुद्दा र सवालमा कोही फर्कन चाहन्नन् । सत्तामा पुग्नु अगाडिका योजना, जनताका बीच गरेका बाचा सबै हराउ“छन् । सत्तामा पुग्नासाथ भाषा, व्यवहार, शैली, संस्कार, तौरतरीका, सोच चिन्तन सबै परिवर्तन हुन्छन् ।

आफ्नो कार्यकाल आफ्नो लागि, सन्तानको लागि, आफ्नाहरुको लागि, इष्टमित्रहरुको लागि योजना बन्छन् । जनताले देख्ने गरी लाजशरम नमान्ने गरी छोराछोरी बुहारी नानातिना श्रीमती नातापाताहरुले मोजमस्ती गर्छन्, फाइदाका स्थानहरुमा विगतमा जोखिम मोल्नेहरुको सम्झना भेटघाट सम्पर्कसम्म हु“दैन । यो चिन्तन हामी नेपाली कोही कसैको लागि नया“ होइन । यस्ता समस्या (कृषि, स्वास्थ्य शिक्षा) स“ग सम्बन्धित वर्गले भोग्दै आएको देखिन्छ ।

नेपालमा सबैभन्दा बढी समस्याका चाङ शिक्षा क्षेत्रमा रह्यो । शिक्षामा परिवर्तन हुन सकेन । गुणस्तरीय शिक्षा, वर्गीय हितकारी शिक्षा, जनपक्षीय शिक्षा, रोजगारमूलक, जीवन जगतलाई समेट्नेखाले शिक्षा जनताको पहु“च पुग्ने शिक्षा लागु हुन सकेन । सयौं वर्षदेखि शिक्षा क्षेत्रमा समस्याका चाङ स्याहार्न नसक्ने गरी फोहोरका डंगुर जस्तै थुप्रिदै गए । एक से एक शैक्षिक माफियाका नया“–नया“ तौर तरिकाबाट नेपालका युवाशक्ति पलायन हुने, सताइने, ठगिने, दुःख, मेहनत, सीप, जा“गर, क्षमता ह्रास भएर जाने निरन्तरका भयो ।

२०४६ देखि हालसम्म आइपुग्द २० प्रकारका शैक्षिक मजदुर हुन पुगे । प्रकार अनुसारका सुविधा पनि प्रकारमै गए । नेपालमा जति पार्टी क्रियाशील छन् उत्तिकै शैक्षिक मजदुरका झण्डाको जन्म भयो । एक आपसका द्वन्द्व अनमेलका कारण सरकारी विद्यालयहरु दिन प्रतिदिन खस्कदै गए । शैक्षिक मजदुरप्रतिको विश्वास हराउ“दै गए । चौतर्फी आरोप खेप्नुपर्ने, राष्ट्रको शिक्षा क्षेत्रमा गरिएका लगानी बालुवामा पानी हाले सरह हुन पुग्यो । यसका प्रमुख कारण के हुन् ? किन हुन सकेन परिवर्तन ? यसमा दोषी को हो ? प्रमुख कारण जनचाहनाअनुसार राष्ट्रका हितकारी, व्यवहारमुखी जनमुखी ऐन नियम नबन्नु । हालसम्म पञ्चायतकालीन शिक्षा ऐनबाटै शिक्षा चलाउन खोज्नु । २०२८ कै आधारमा चल्न चलाउन खोज्नु धेरै दलीय संघ संगठन बन्नु शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप राजनीतिको थलो शिक्षालयहरु बन्नु ।

दलको नीति शिक्षा क्षेत्रमा शैक्षिक मजदुर उपयोग गर्नेखाले निर्माण भइ पार्टीको हित हुनेखाले संगठन निर्माण गरी शैक्षिक मजदुरहरुलाई आफ्नो अनुकूलमा सञ्चालन गर्न भातृ संगठन बनाइनु । सबै भन्दा ठूलो बेइमानी कर्तव्यबिहीन ठगी नेपाल सरकारको करबाट उठेको ढुकुटीबाट संघर्ष आन्दोलन गरी सेवा सुविधा बृद्धि गर्ने, माया मोह निजीतर्फ आकर्षित बन्ने प्रवृत्ति अझ डोनर बनेर दलाल बन्ने सोचको विकास हुनु ।

यसबाट उत्पन्न समस्या के के हुन् ?

निजामती खोल्नमा दत्तचित्त रहनु, जसको परिणाम सटरैपिच्छे च्याउ उम्रे जस्ता झोलेदेखि गगनचुम्बीसम्मका निजी शिक्षालय खोलिए ।
श्रीमान श्रीमती निजामती वा सार्वजनिक कार्यालय वा विद्यालयमा कार्यरत हुने छोराछोरी निजीमा पढाउने, त्यस्ताहरु निरन्तर विद्यालयमा पुग्ने पुगे पनि समयमा कक्षामा नपुग्ने, कक्षामा पुगे पनि इमानदारपूर्वक नपढाउने, कामचलाउ आ“खा छली विप्रबाट टोपलटापल पार्ने, अफिसमा बसे कक्षामा नजाने । जतिबेला पनि सेवा सुविधाकै लागि विप्रलाई अप्ठेरा समस्या मात्र तेर्छाएर विद्यार्थीले देख्ने गरी अभिभावकले थाहा पाउने गरी अनर्गल अन्यौल र झगडा उठाएर कक्षा बहिष्कार गर्न सम्म पछि नपर्ने प्रवृत्ति देखिनु, अर्कोतर्फ सम्बन्धित निकायहरु निजीमा पुग्न इच्छुक बन्ने, सुविधा भित्री बाहिरीमा चुर्लुम्म हुने, जति सक्यो निजी स्कूल खोल्न तह बृद्धि गर्नमा उत्साहित हुने । आफ्ना सन्तान पनि जति सक्यो अब्बल विद्यालयमा हैसियतको आडमा सुविधा लिएर कर्तव्यप्रति बेइमानी गर्ने ।
सरकारी विद्यालयमा मौसम अनुसारका भौतिक सुविधा, मानवीय सुविधा, काम गर्ने इच्छा चाहना राख्नेहरुको उचित मूल्यांकन नहुनु । अर्कोतर्फ शिक्षामा लगानी गर्न चाहने वर्गलाई खोक्रा नाजायज नारा दिएर निःशुल्कको ढ्वाङ फुकेर बञ्चित गराउनु ।

सम्बन्धित निकायहरु विभिन्न चंगुलमा फसेर जनताको लागि भन्दा व्यक्तिगत स्वार्थका लागि अनावश्यक ठाउ“हरुमा विद्यालयहरु खोलाएर स्तरयुक्त बनाउनुभन्दा कसैको फाइदामै क्रियाशील रहने । त्यस्ता स्थानलाई यो वा त्यो बहानामा संरक्षण गरिरहने प्रवृत्तिहरु प्रमुख कारक तत्व भएको कारण शिक्षामा बिचौलिया र शैक्षिक माफिया बढेका हुन् ।

यिनै विषयवस्तुको अनुभवबाट स्खलित सुझावहरु आजभन्दा केही वर्ष अगाडि वर्तमान शिक्षामन्त्री माननीय गिरिराजमणि पोख्रेल पहिलो शिक्षामन्त्री भएको समयमा साक्षरता घोषणा गर्ने, खुला दिसामुक्तको अभियानमा राप्तीको सल्यानबाट बा“के जाने अवस्थामा हामी जिल्लाका तत्कालीन नेपाल शैक्षिक गणतान्त्रिका नेतृत्व, नेपाल शिक्षक युनियनका नेतृत्व, शिक्षा समिति, क्रियाशील संघ संगठनका प्रतिनिधि जिशिकाका विनिआरपी त्यति बेलाका दाङका जिशअ प्रल्हाद अर्यालको नेतृत्वमा बा“के पुग्यौं । सबै जिल्लाले रिर्पोटिङ गर्ने अवसर प्राप्त गरे । हामी दङालीको नेतृत्वले पनि नेपाल शैक्षिक गणतान्त्रिकको नेतृत्वलाई कुरा राख्ने सुअवसर दिनुभयो । हामीले हालसम्मका सकारात्मक नकारात्मक अनुभव राख्यौं । टड्कारो रुपमा नेपालको शिक्षा क्षेत्र ध्वस्त हुनुको प्रमुख कारण नेपाल सरकारको ढुकुटीबाट तभ सेवा सुविधा लिनेका छोराछोरी सरकारी विद्यालयमा नपढ्नु, त्यसबाट उत्पन्न गैरजिम्मेवारी बेइमानी प्रवृत्ति हो । यसबाट शिक्षालाई मुक्त बनाउन अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने, नारा भाषणले मात्र हु“दैन, ऐन कानुन नै निर्माण गरिनुपर्छ । यदि त्यस्तो गरियो भने शिक्षाका ९० प्रतिशत समस्या हल हुन्छन् । राष्ट्र सेवक कर्मचारीको ध्यान सरकारी विद्यालयमा नपुग्दासम्म शिक्षा क्षेत्रमा सुधार हु“दैन ।

अस्थायीको समस्या शैक्षिक मजदुरको प्रकारको अन्त्य हुनुपर्छ भनेर शिक्षा मन्त्रीलाई दिएका सुझाव मन्त्रीका पिए स्वयं मन्त्री सम्बन्धित निकायका जिम्मेवार सबैले डायरीमा टिप्पणी गर्नुभयो । शिक्षामन्त्री माननीय गिरिराजमणि पोख्रेल थोरै भए पनि सकारात्मक चिन्तन भएको व्यक्तित्व भएको कारण लागिपर्नुभयो । नेपालका शैक्षिक माफिया शैक्षिक डनले हुन दिएनन् । पुनः पुरानो डायरीमा टिप्पणी गरेका सुझावहरु ढिलै भए पनि ध्यानपूर्वक हेरिन थालेकोमा हार्दिक बधाई, धन्यवाद ज्ञापन गर्दै पुरानो टिप्पणी सुझावप्रति नजर पु¥याएर कानुन निर्माण गर्न खोज्नु पनि शिक्षा सुधारको बलियो मार्ग हो । यस्तै यस्तै अन्य शोषित पीडित प्रकारका शैक्षिक मजदुरप्रति ध्यान जाओस् । शैक्षिक माफिया डनहरुलाई निस्तेज पार्ने योजना ल्याइयोस् । शिक्षालाई नया“ बैज्ञानिक समाजवादी शिक्षासम्म पु¥याउने अभ्यास गरियोस् भन्दै अपेक्षाको आशा गर्दै सम्बन्धित निकायले विचार पु¥याउनुपर्ने अर्को पक्ष शैक्षिक मजदुरको सम्मान र मजदुरले आफ्नो कर्तव्य पूरा नगर्दासम्म परिवर्तनको विकल्प छैन ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top