Free songs
Home / फिचर समाचार / हाम्रा टोल पनि सफा छन् : मदरसाका विद्यार्थी

हाम्रा टोल पनि सफा छन् : मदरसाका विद्यार्थी

घोराही  (युस)– मदरसा दारुल हुदा अलसलफिया प्रावि घोराही–१४ का विद्यार्थीहरुले आफू बस्ने टोल पनि सफा रहेको दाबी गरे। उनीहरुले टोलमा कसैले पनि कुनै फोहोर बाहिर नफालेको बताए। विद्यालयको चर्पी गन्ध नआउने र वरपर पनि कुनै किसिमको फोहोर रहन नदिएको सुनाए।

मौलानाहरु, शिक्षक शिक्षिकासहित विद्यार्थीहरु एउटै कक्षा कोठामा बसेर सरसफाइसम्बन्धी छलफल गरेका थिए। त्यसक्रममा विद्यार्थीहरुले पेट दुख्ने समस्या रहेको सुनाएका थिए। त्यसको कारण जंकफुडप्रतिको मोहले हुन सक्ने शिक्षकहरुको भनाइ थियो। त्यसबाहेक सुरक्षित पानी र बस्ने कोठाको सरसफाइमा कुनै कमी आउन नदिएको बताए।

घरको खाजा लैजाने र घरमै पकाएको खानामा विश्वास गर्ने बालबालिकाहरुमा कुनै किसिमको समस्या छैन। केहीको कपाल काट्नुपर्ने जस्तो देखिन्थ्यो। धेरैले सरसफाइमा ध्यान दिएका थिए। हातमा नङ लामा छन कि छोटा भनेर सोध्दा सबैले हातै उठाएरै सफा देखाइदिए। नुहाउने धुने नियमित गरेको दाबी गरे। एक दुईजनामा भने कमजोरी देखिन्थ्यो। उनीहरुका जर्रा कपालले नुहाउने र कपाल कोर्ने काममा अपुग रहेको देखाउथे।

टाउको दुःख्ने, पखाला लाग्ने, ज्वरो आउने, मासी पर्ने, जुका हुने लगायतका सबै समस्या हात नधोएर खानाले हुन्छ भनेर नया“ बजार नगर स्वास्थ्य प्रमुख राममणि शर्माले जानकारी दिनुभयो। उहा“ले ८० प्रतिशत रोग खराब पानीका कारणले हुने भनेर सुनाउनुभयो। सबैलाई दुबै हात देखाउनुस् भन्दा अगाडि सारे। कुन हात सफा छ भनी सोध्दा दाहिने भनेर जवाफ दिए। दाया हातको मयल चाटेर सफा हुनेगरेको भनेपछि सबैले मुख बिगारे। उनीहरुले हाफ्ना हातलाई बेसरी हेरे। मुसुमुसु हा“स्दै अघि सारेका हात पछि ताने।

कन्याउने, पसिना पुछ्ने, दिसा धुने, पिलो निचोर्ने, लेख्ने सबै काम हातले गर्छ त्यसैले फोहोर हुन्छ भनेपछि सहमति जनाए। हात नधोएर खा“दाखेरि सबै फोहोर पेटमा जान्छ नि भनेपछि धेरैले मुखै लुकाए। दुई तीन पटक हात धुने गरेको, साबुन पानीले बेसरी धोएर मात्रै खाने गरेको र खाना खाइसकेपछि सधंै ब्रस गरेर मुख सफा राख्ने गरेको विद्यार्थीको भनाइ थियो। उनीहरुले भने जस्तै दा“त काला भएका भने कसैको पनि देखिदैनथ्यो।

अधिकांश बुर्का लगाएका मुस्लिम समुदायका विद्यार्थीहरु छन्। केही अरु धर्मका विद्यार्थी पनि पढ्दै आएका छन्। उनीहरुलाई विद्यालयले सरसफाइमा निकै चनाखो बनाएको छ। फिल्टरको सुरक्षित खानेपानी दिएको विद्यालयका प्रअ ममता खत्रीले जानकारी दिनुभयो। उहा“ले कक्षा कोठामा डस्टविन राखेर बाहिर फोहोर फाल्ने अवस्था अन्त गरेको बताउनुभयो। सबै विद्यार्थीले सजिलै खान पाउने गरी कक्षा कोठामै पानीको सुविधा दिने भनाइ थियो। विद्यालयमा नमाज पढिने भएकाले महिनावारी भएको बेलामा भने छात्राहरु पढ्न आउ“दैनन्। महिला शिक्षकहरुले पनि त्यस्तो बेला पुस्तक नछुने चलन छ।

आफ्नो स्वास्थ्य र वातावरण सरसफाइको सवाललाई महत्व दिन घोराही–१४ का वडा सदस्य एवं शिक्षा स्वास्थ्य सामाजिक समितिका संयोजक एवं कार्यक्रमका प्रमुख अतिथि गुलाम रसुलको भनाइ थियो। त्यसका लागि पहिला विद्यालय सफा रहनुपर्ने उहा“ले बताउनुभयो। गन्ध आउने शौचालय, घर र विद्यालय कतै नराख्न सुझाव दिनुभयो। सफा विद्यालय छनोट गरेर वडाले उचित सम्मान गर्ने जानकारी गराउनुभयो। विद्यालयमा पूर्ण सरसफाइ गराउने सफा विद्यालय योजना निर्माणमा वडा लागेको छ। त्यसमा साथ दिन वडाभित्रका सबै विद्यालयलाई आग्रह गरेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top