Free songs
Home / अन्तर्वार्ता / सामुदायिक विद्यालय सुधार्न दशकीय कार्यक्रम

सामुदायिक विद्यालय सुधार्न दशकीय कार्यक्रम

 

 गिरिराजमणि पोख्रेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

 

नेपालको शिक्षा प्रणाली परम्परागत भएकोले यसलाई वैज्ञानिक, व्यावसायिक, व्यावहारिक र गुणस्तरीय बनाउन बहसहरु चलिरहेका छन्। सरकार आफैले पनि ठूलो राशी खर्च गर्ने शिक्षा क्षेत्रलाई सुधार गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा विभिन्न प्रयासहरु थालिरहेको छ। खासगरी उच्च शिक्षा हासिल गरिसक्दा पनि प्रमाणपत्रमै सीमित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले प्राविधिक शिक्षालाई जोड दिएको छ। सोही अवसरमा दाङमा सञ्चालन भइरहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको भवन शिलान्यासका क्रममा दाङ आइपुग्नु भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलसग असार ७ गते प्रेस संगठन नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोख्रेलले पत्रकारहरुसग व्यक्त गर्नु भएका कुराहरुको सम्पादित अंश यहा“ प्रस्तुत गरिएको छ।       –सम्पादक

सरकार ओरालो लागेको हो ?

सात दशकसम्म रगत पसिना बगाएर अहिले मुलुकमा नया“ संविधान ल्याएका छौं र त्यसको कार्यान्वयन स्वरुप तीन तहका सरकारले अहिले काम गरिरहेका छन्। अहिले नया राजनीतिक प्रणाली संघीयताको कार्यान्वयनको चरणमा हामी छौं। हामीले एउटा युगलाई विदा गरेर नया“ युगतर्फ अग्रसर भएका छौं। समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजा“दैछौं। आमनागरिकले एउटा शक्तिशाली सरकार पाएका छन्। त्यसैले परिवर्तनका धेरै अपेक्षा पनि जनताको छ। तर हामीलाई सरकार गठन भएको पहिलो दिनदेखि नै काम गर्नका लागि अनुकूलता थिएन। संविधान थियो तर संविधानअनुरुपका ऐनहरु थिएनन्। संरचनाहरु थिएनन्। बितेको एक वर्ष हामीले आधारहरु तय गरेका छौं। मौलिक हकस“ग सम्बन्धित ऐन, संघीयतास“ग सम्बन्धित ऐनहरु निर्माण गरेका छांै भने त्यसको जगमा आउने वर्षहरुमा जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने दिशामा हामी अघि बढ्छांै। सरकार मात्रै होइन, सिष्टम परिवर्तन गर्नु थियो। सबैले यो अवसर पाउ“दैनन् पनि। शुरुमा हामीले सिष्टम बसाल्नु पनि पर्ने, हामीले घोषणापत्रमा भनेअनुरुपका काम गर्नुपर्ने दुईवटै दायित्वहरु हाम्रा सामु थियो। सोहीढंगले हामीले काम गरेका छौं। संघीयता सवलीकरणको दिशामा गएको छ। हाम्रो संघीयता अलि फरक मोडलको हो। सहकार्य, सहअस्तित्वको संघीयता हो यो। यसलाई अझ व्यवस्थितढंगले काम गर्नुपर्ने आवश्यकता छ। दलहरु प्रभावशाली हुन जरुरी छ। जनशक्तिहरु सम्बन्धित ठाउ“मा गएर काम गर्न जरुरी छ। एउटा ठूलो युग परिवर्तन भएपछि आउने संक्रमणकालीन असर हुन्छन्। नेपालमा आज कोही पनि सन्तुष्ट छैन। वास्तवमा असन्तुष्टिलाई सम्बोधन गरेर सही दिशातर्फ नेपाली समाजलाई लैजानुपर्नेछ। त्यो दिशामा हामी लागेका छौं।

विभागीय मन्त्रीको हिसावले त्यस्ता असन्तुष्टिको सम्बोधन कसरी गर्नुहुन्छ त ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको हैसियतले शिक्षालाई हामीले पूर्वाधारको पनि पूर्वाधारको रुपमा लिएका छौं। विज्ञान र प्रविधिलाई हामीले उत्पादन शक्तिको रुपमा लिएका छौं। यी दुईवटै क्षेत्रमा व्यवस्थितढंगले काम नगरेसम्म समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने विराट अभियान सफल हु“दैन भन्नेमा हामी गम्भीर छौं। सामाजिक न्यायमा आधारित रहेको समृद्धिका लागि हामीले यो दुबै क्षेत्रमा काम गर्नुपर्छ। त्यसअन्तर्गत शिक्षासम्बन्धी नीति पनि मन्त्रिपरिषदमा पुगेको छ। हामीले आयोग पनि बनायौं। आयोगले रिपोर्ट बुझायो र त्यो रिपोर्ट करिव पा“चसय पृष्ठको थियो। हामीले झण्डै ५०÷६० पृष्ठमा झारेर राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषदबाट समितिमा गएको छ। मैले विज्ञान र प्रविधिको नीति पनि मन्त्रिपरिषदमा पु¥याएको छु। संसार नया“ ठाउ“मा पुगेको छ। नया“ प्रविधिहरु छन्। नया“ उदीयमान प्रविधि आएका छन्। आउने युगलाई आर्टिफिसियल इन्टेलिजेन्सको इरा भनिदैछ। मान्छेले गर्ने कामहरु झण्डै ५० प्रतिशत मेसिनले गर्ने संसार आइराखेको छ। हामीले त्यसलाई पनि आत्मसात गर्नुपर्नेछ। भर्खरैमात्रै हामीले एउटा सानो स्याटेलाइट अन्तरीक्षमा छोडेका छौं। त्यसले तीन महिनादेखि तीन वर्षसम्म पृथ्वीमा परिक्रमा गर्छ। हामीले उदीयमान प्रविधिहरु नेपालमा ल्याउनुपर्छ भनेर त्यसका संरचनाहरु निर्माण गर्ने दिशामा हामी लागेका छौं। यदि विज्ञान र प्रविधि भिœयाइएन भने शिक्षामा धेरै ठूलो परिवर्तन गर्न सकिदैन। यसपटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले भनेको थिए शिक्षालाई पनि विज्ञान र प्रविधिअन्तर्गत ल्याउने गरी यो जिम्मेवारीमा म छु। १० बु“दे आफ्नो मार्गचित्रमा भनेको थिए“ शिक्षालाई विकाससग जोड्नुपर्दछ। शिक्षालाई श्रमस“ग, श्रमलाई सीपस“ग, सीपलाई उत्पादनस“ग र उत्पादनलाई समृद्धिस“ग जोडेपछि मात्रै हाम्रो शैक्षिक कार्यभार पूरा हुन्छ।

परम्परागत शिक्षालाई व्यावहारिक बनाउने प्रयत्न हो ?

हो, हामीले विगतमा कामको संसार र पढाइको संसारलाई मिलाउन सकेनौं। ८० प्रतिशत साधारण शिक्षा र २० प्रतिशत मात्रै प्राविधिक शिक्षा आजको शैक्षिक अवस्था हो। हामीले यसलाई उल्टाउनुपर्नेछ। हामीले काम र पढाइको संसारलाई स“गस“गै अगाडि बढाउनुपर्नेछ। त्यसैले हामीले १२ कक्षा सकिदाखेरी शिक्षास“गै एउटा विद्यार्थीले एउटा सीपसहित स्कुले जीवनलाई छोड्नुपर्छ भन्ने मान्यताअनुसार अघि बढिरहेका छौं। सबै उच्च शिक्षामा जान्छन् भन्ने छैन। व्यक्तिको रुचि, आवश्यकता र राज्यको मागको आधारमा उच्च शिक्षा अगाडि बढ्छ । तर १२ कक्षासम्म सबैले पढ्नुपर्छ। १२ सकिदा उनीहरुलाई हामीले एउटा सीपसहित स्कुलबाट विदा गर्नुपर्छ। हामी त्यो दिशामा जाने तयारीको क्रममा छौं।

विकृति त धेरै छन् नि शिक्षामा ?

शिक्षामा अहिले सुशासन छैन। सुशासनलाई प्रत्याभूत गर्नेगरी जानुपर्छ भनेर लागेको छु। अहिले त हामीस“ग स्थानीय सरकार छन्। स्थानीय सरकारले शिक्षाको स्वामित्व लिएको छ। स्थानीय सरकारले प्रधानाध्यापकस“ग कार्यसम्पादन करार गर्दै प्रधानाध्यापकले शिक्षकहरुस“ग गर्ने र विद्यालय व्यवस्थापन समितिले नीति निर्माण गर्ने र प्रधानाध्यापकको वरिपरि कार्यान्वयन गर्नेगरी हाम्रो शिक्षा नया“ढंगले अगाडि बनाउन जरुरी छ। सुशासनको कोणबाट हेर्दाखेरी हामी निकै कमजोर अवस्थामा छौं। वास्तवमा अहिले पनि हामीले शिक्षकमाथि धेरै ठूलो अपेक्षा गर्नुपर्छ। परिवर्तनको नेतृत्व शिक्षकहरुले गर्नुपर्दछ। शिक्षकले बढीभन्दा बढी समय कक्षा कोठामा बिताउनुपर्छ। विद्यार्थीहरुका क्षमतालाई बाहिर ल्याउन शिक्षकले भूमिका खेल्नुपर्छ। शिक्षक एक्लैले मात्रै होइन। अभिभावकलाई पनि यो प्रक्रियामा जोड्नुपर्दछ।

प्रविधिको कुरा कहा जोडिन्छ त ?

शिक्षामा हामीले प्राविधिक पक्षलाई, विज्ञान र प्रविधिलाई जोेड दिनुपर्छ। त्यही कुरालाई ध्यान दिएर हामीले एकातिर स्कुलमा आइसिटी ल्याव र साइन्स ल्यावलाई अलि बढ्ता जोड दिएका छौं। विज्ञानलाई नपढाइकन हामीले प्राविधिक शिक्षाको विकास गर्न सक्दैनौं। दाङका पत्रकार, राजनीतिकर्मी, बुद्धिजीवी, शिक्षकहरुलाई मेरो आग्रह छ कि बढीभन्दा बढी विज्ञानमा आधारित पठनपाठन विद्यालय शिक्षामा अगाडि बढाउनुपर्छ। हाम्रो विद्यार्थीहरुको सक्षमताको तह निकै कमजोर छ। ५० प्रतिशत माथि पनि छैन हाम्रो क्षमता। हामी एशियाली ह“ुदै युरोपेली स्तरलाई पक्रिनुपर्छ। त्यसकारणले राजनीतिमा जुनढंगले सुधार र परिवर्तन भएको छ, शिक्षामा त्यो हुनसकेको छैन। शिक्षामा सुधार नै भएको छैन। परिवर्तन भएको छैन। त्यसैले सिकाइ केन्द्रित भएर नया“ शैक्षिक सुधार र परिवर्तनको पक्षमा लाग्न जरुरी छ। विद्यार्थीहरुको स्वतन्त्रढंगले सिक्ने जुन प्रक्रिया छ त्यसलाई हामीले सवल बनाउने हो। विगतमा हामीले घोकाउ“दै घोकाउ“दै परीक्षाकेन्द्रसम्म लैजाने उत्तर पुस्तिकासम्म उनीहरुलाई पु¥याउने काम गरेका थियौं। अनि परी क्षाको एक महिना अगाडिदेखि छुटटी लिएर पढ्ने, घोकन्तेतिर नेपाली समाज गयो। अब यसबाट हु“दैन। हामीले स्वतन्त्र सिकाइलाई बढावा दिनुपर्छ। हाम्रा विद्यार्थीहरु प्रतिभासम्पन्न छन्। संसार नया“ छ। विभिन्न देशमा गएर पनि उनीहरुले काम गरेका छन्। आफ्नै देशमा पनि त्यो कामका लागि अनुकूल वातावरण बनाउनुपर्छ। त्यो दिशातर्फ मन्त्रालय लागिरहेको छ।

चलिरहेकै प्राविधिक धारमा पुरानै तवरतरिका देखिन्छ नि ?

त्यसैले सिटीइभिटीलाई पनि हामीले पुनर्गठनको प्रक्रिया थालेका छौं। हामीले सामुदायिक विद्यालयलाई रुपान्तरणको दशकीय कार्यक्रम घोषणा गरेका छौं। विद्यार्थी र अभिभावकको पहिलो छनोटमा हाम्रा सामुदायिक विद्यालय पर्नुपर्छ भनेर दशकीय सवलीकरण कार्यक्रम ल्याइएको हो। विगतमा आयोग बनाएर आयोगले दिएको रिपोर्टको आधारमा पनि काम भएका छन्। हामीले गुणात्मक शिक्षा दिनका लागि न्यूनतम शिक्षकहरु प्रत्याभूत गर्नुपर्छ भन्नेमा लागेका छौं। अहिले एक लाख सात हजारजति शिक्षक जो हुनुहुन्छ उहाहरुको दरबन्दी मिलानको प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको छ। हामीले अस्थायी शिक्षकको समस्या समाधान गरिसकेका छौं। मूल कुरा शिक्षकको स्तरले शिक्षाको स्तर निर्धारण गर्छ। त्यसकारण हामीले गुणस्तरयुक्त शिक्षकहरुलाई मात्रै शिक्षाप्रणालीमा ल्याउनुपर्दछ । विद्यालय शिक्षा स्थानीय सरकारमा गइसकेको अवस्थामा स्थानीय सरकारलाई नै अगाडि राखेर हामीले काम गर्दैछौं। स्कुल बाहिर भएका बालबालिकालाई विद्यालयमा ल्याउने, नेपाललाई साक्षर घोषणा गर्नेलगायत महत्वपूर्ण अभियानहरु स्थानीय सरकारस“ग मिलेर संघीय सरकारले अगाडि बढाउन पहल लिइरहेको छ। अहिले पनि अगाडि स्थानीय सरकार नै हुनुहुन्छ। हामीले नया“ पुस्तालाई ठीक ढंगले पढाउनुपर्छ। शिक्षा भनेको देश बनाउने ठाउ“ हो। त्यसैले सबैले मिलेर काम गरियो भने नया“ युगको मागतर्फ हामीले आफूलाई ढाल्न सक्नेछौं। शिक्षामा रहेको यथास्थितिवादलाई परास्त गरेर अलिकति अग्रणी, अलिकति प्रगतिशील, अलिकति वैज्ञानिक दृष्टिकोणको आधारमा लैजानुपर्दछ। हाम्रा विद्यार्थीहरुलाई विज्ञान सिकाउनै प¥यो। हामीले युगिन शिक्षा दिनै प¥यो। देशभक्ति भावनाले ओतप्रोत हुनेगरी अगाडि बढाउनैप¥यो। विद्यालय नसकिदै युरोप र अमेरिकाको सपना देखाउने काम बन्द गर्नुप¥यो। सीप सिक्न संसारमा जहा“ गए पनि हुन्छ। तर सीप सिकेर सेवा गर्ने देश यही हो भन्ने भावनाको विकास गर्नुपर्छ।

मध्यावधि चुनावतिर सरकार आकर्षित भएको हो र ?

यी सबै हल्ला हुन्। मलाई त केही थाहा छैन। त्यसो होइन पनि। यति ठूलो जनादेश प्राप्त सरकार विफल हुने छुट पनि छैन र हिजो चुनावमा गरेका प्रतिवद्धताभन्दा बाहिर गएर काम गर्ने अवस्था पनि छैन। जनताको पक्षमा काम गर्छ। नेपाली समाजमा हल्ला फैलाउने प्रवृत्ति छ। के गरेर अस्थिरता फैलाउन सकिन्छ भन्ने हिसावले कसैले हल्ला फिजाएका होलान्। धेरै हल्लामा नलाग्न आमनेपालीलाई आग्रह गर्दछु र यो सरकारले पूरै अवधि काम गर्छ।

प्रस्तुति : जे.एन.सागर

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top