Free songs
Home / फिचर समाचार / सल्यानका नौं स्थानीय तहमा सभा

सल्यानका नौं स्थानीय तहमा सभा

 

 बुद्धि पुन

सल्यान । सल्यानका नौ स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।

असार १० गते नै स्थानीय तहहरुले गाउ तथा नगरसभा गर्नुपर्ने प्रावधान अनुसार सल्यानका नौ स्थानीय तहहरुले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्। स्थानीय तहहरुले सार्वजनिक गरेको नीति तथा कार्यक्रमहरुमा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

सडक निर्माण तथा मर्मत, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रहरुलाई प्राथमिकता दिइएको छ। यस्तै कृषि, पर्यटन, वन वातावरण, स्वरोजगार तथा सीपमूलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएका छन्।

जिल्लाको शारदा नगरपालिकाले ४६ करोड १६ लाख ९ हजार रुपैया“को बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गर्दै नगरउपप्रमुख सावित्रा बस्नेतले पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो। यस्तै बागचौर नगरपालिकाले ४९ करोड ४९ लाख ५९ हजार रुपैया“को बजेट सार्वजनिक गरेको छ। यस्तै सिद्धकुमाख गाउ“पालिकाले २२ करोड ६६ लाख १७ हजार रुपैया“को बजेट सार्वजनिक गरेको छ।

यस्तै दार्मा गाउ“पालिकाले २८ करोड १० लाख रुपैया“को बजेट सार्वजनिक गरेको छ। कालीमाटी गाउ“पालिकाले ३७ करोड रुपैया“को बजेट सार्वजनिक गरेको छ। जसमा गाउ“पालिका भवन तथा वडा कार्यालय भवन निर्माण र विद्युतलाई प्राथमिकतामा राखिएको गाउ“पालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो। जिल्लाको कुमाख गाउ“पालिकाले ३६ करोड छ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ।

जिल्लाको त्रिवेणी गाउ“पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु अब ३६५ दिन नै खुला रहने भएका छन्। नागरिकलाई स्वास्थ्य सेवामा सहज पहु“च पु¥याउन शनिवार, चाडपर्व तथा बिदाको दिनमा समेत स्वास्थ्य संस्था खुला रहने र नागरिकलाई सेवा प्रदान गर्नेगरी नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको गाउपालिकाका अध्यक्ष मान बहादुर डॉ“‘गीले बताउनुभयो। यस गाउ“पालिकाले ३२ करोड ५३ लाख ८८ हजार दुई सय ५३ रुपैयाको बजेट सार्वजनिक गरेको छ।छत्रेश्वरी गाउ“पालिकाको गाउ“सभा बसेनजिल्लाको छत्रेश्वरी गाउ“पालिकाको गाउ“सभा बस्न सकेको छैन।

मंगलवार गाउ“सभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने भएपछि आवश्यक छलफल र बैठक बस्न नसकेका कारण गाउ“सभा बस्न नसकेको हो। गाउपालिका उपाध्यक्ष सीता केसीले मंगलवार बिप्लव समूहको बन्द भएकाले बैठक बस्न नसकेको बताउनुभयो। २३ करोेड रुपैया बढीको बजेट ल्याउने तयारीमा रहेको यस गाउ“पालिकाको गाउसभा कहिले गर्ने भन्ने विषयमा अन्यौल रहेको छ। अबको केही दिनपछि मात्रै गाउसभा गर्ने उहाको भनाइ छ।

कपुरकोट गाउ“पालिकाको नीति तथा कार्यक्रम मात्रै सार्वजनिकजिल्लाको कपुरकोट गाउ“पालिकाले गाउ“सभामार्फत नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्नेदेखि निकासी कर नलिनेजस्ता विषय समेटेर गाउ“पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउपालिकाका अध्यक्ष भीमबहादुर सेनले प्रस्तुत गरेको नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्तुत नीति कार्यक्रममा गर्भवती र सुत्केरी महिलाको पोषण पहुच बढाउनउन्नत जातका कुखुरा वितरण गरिने उल्लेख छ। गाउपालिकाले आगामी आर्थिक वर्षको लागि अनुमानित कुल बजेट २७ करोड ९२ लाख ३२ हजार रहने जानकारी दिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top