Free songs
Home / विचार / मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

 

नारायणप्रसाद पौडेल

तौलिहवा बजारको आनन्दवागमा राधाकृष्ण मन्दिर छ। त्यही मन्दिर प्रवेशद्वारको कालोपत्रे सडककै मन्दिरतिरको किनारमा सेतो पदार्थ पोखिएको र बगेको देख्न सकिन्छ। दर्शकलाई लाग्ला– मन्दिरमा चढाउन ल्याइएको दूध पोखिएको होला। तर हैन। त्यो पोखिएको जिनिस दूधजस्तो सेतो देखिन्छ मात्र। तर कुनै रसायन मिलाएर बनाइन्छ त्यो, देख्दा ठ्याक्कै दूधजस्तो हुन्छ। गौढीचोक, भिक्षु चोक, चोकबजार, शिवालय अगाडि, महाराजगञ्जतिर जाने चोक, नया“टोल चोक र प्रशासन कार्यालय अगाडिको चोकमा ठेलामा राखेर बेच्ने बदामसेक, मिल्कसेक र काजुसेक आदि यस्तैयस्तै परिकार बनाउने तरल पदार्थ हो त्यो। बिक्री नभएर बा“की बचेको चाहि“ फर्काएर, ल्याएर, आफू बस्ने डेरा किनारको सडकमा पोखिन्छ राति। दिनहु“ हुन्छ त्यो। बिहान जा“दा देख्न पाइन्छ।

गर्मी महिनामा त्यस्तो चीसो पेय पदार्थ बनाएर, ठेलामा राखेर, चोक–चौराहामा पुयाएर बेच्नेहरु नौ महिना नेपालमा बस्छन्। मंसिर, पुस र माघमा सीमा पार गरेर उनीहरुको घर राजस्थान जान्छन्। फागुनदेखि आएर कार्तिकसम्म फेरि उही व्यापार शुरु गर्छन्। हरेक महिनामा ७० देखि एक लाखसम्म कमाउ“छन्। त्यस्तो कुन रसायन राखेर दुधजस्तो बनाउ“छन्, बरफ र चिनी
घोलेर, बदाम र काजुको जस्तो स्वाद आउने बनाएर बेच्छन् ? थाहा छैन। कसैले परीक्षण गरेको छैन, छेकवार गरेको पनि पाइ“दैन। खानेहरुको भीड लागेकै हुन्छ।

ठेला र साइकलमा कवाडी बटुल्दै, किन्दै हि“ड्ने, बोरा बोकेर खाली सिसि र पुराना कागज टिप्दै हि“ड्ने, फोहोरका थुप्प्राबाट प्लाष्टिक र फलामका टुक्राटाक्री छानेर लिनेहरु पनि सीमा पारिबाटै आएकाहरु हुन्। कबाडीका रुपमा प्राप्त फलामबाट हतियारसहित अन्य औजार र अरु धातुका टुक्राटाक्रीबाट मूर्ति बनाएर बेच्नेहरुको जमात पनि सानो रहेनछ। सडक किनारमै आरन लगाएर, पगालेर, सा“चाभित्र हालेर, मूर्तिमा ढालेर, आकर्षक बनाएर बेच्छन् मजाले। एकैछिनमा दशौं हजार कमाएको देखियो। आल्मुनियम, पित्तल र तामाका टुक्राटाक्री लगेर, दिएर, आफ्नै अगाडि चाहेका मूर्ति बनाउन लगाएर, लिएर पनि आइयो। भर्खरका जोडी थिए ती कारिगर, २५ वर्ष ननाघेका, हैदरावादबाट आएका। नेपालका हरेक जिल्लाका गाउ“ चाहरेका। उनीहरुका कुरा सुनेर दङ्गै परियो।

घर–घरमा गएर मेहन्दी, चुरा पोते बेच्ने र लगाइदिने, बिग्रेका ग्या“स चुल्हा बनाइदिने। स्टोभ, कुकर, कुलर, हिटर, मिटर, इन्भर्टर, जेनेरेटर, मोटर, धारा जोड्नेदेखि लिएर शौचालयका सिटसमेत बसालिदिने। पुराना कपडा रंग्याइदिने। फाटेका र थोत्रा कपडा लिएर, मेसिनले तुरुन्तै पिसेर, डसना र गद्दा बनाइदिने, तगिदिने, सिलाइदिने। सिसाका दराज, फ्रिज, झ्याल ढोका, मोटरसाइकल, कार र मान्छेले लगाउने गहना गुरिया धोएर चम्काइदिने। बालबच्चाले खोज्नेखालका खेलौना बेच्ने, घर घरमा पु¥याइदिने। सलवार कुर्ता, सूट, दोपट्टा, साडीका बिट र ब्लाउजमा बुट्टा भरिदिने, झिलिमिली पनि पारिदिने, कोट र महंगा सारीहरु ड्राइक्लिन गर्ने र शरीरमा टाटु खोपीदिनेहरुको जमात सानो छैन। हात हेर्ने, भविष्य बताउने, फुकेर र दान लिएर, जडीबुटीका पुडिया वा औंठी लगाउन लगाएर उपचार गरिदिने जोगीहरु जति पनि आउ“छन्। तिनीहरुले कमाएर लैजाने रकमको लेखाजोखा कतै हु“दैन। मर्चवारदेखि मुस्ताङसम्म, कञ्चनपुरदेखि का“कडभिट्टसम्म जहँ“ गए पनि उनीहरुलाई नै भेट्न सकिन्छ। होटलमा समोसा र मिठाइ बनाउने मिस्त्री हुन् वा जुत्ता चप्पल जोड्ने, टाल्ने, सिलाउने, पालिस लगाउने मोची। साइकल र मोटरसाइकलको पञ्चर टाल्ने हुन् वा हावा भर्ने र ग्यारेजमा काम गर्नेहरु हुन्। तरकारी बेच्ने हुन् वा फलफूल ओसार्ने। कपाल काट्ने हुन् वा चना चट्पटेदेखि पानीपुरी खुवाउनेहरु हुन्। गारो लगाउने, काठका काम गर्ने, पाइप जोड्ने, संगमरमर र टायल लगाउने।देखि घरायसी होस् वा बाहिरी कुनै पनि काममा उनीहरुको मद्दत नलिइ चल्नै नसक्ने अवस्था तयार भएको छ। हरेक गाउ“मा जा“दा हाम्रो जनशक्ति देखिदैन, बाहिरबाट आएको बाहेक अर्को भेटिदैन। सबै निर्माण कार्यमा लागेका ठेकेदारका मजदूर र मिस्त्री यताका हैनन्, छैनन्। तराईतिरका नगरपालिकाले सर–सफाइको जिम्मा उतैका मान्छेका हातमा सुम्पन परेको छ, देखावटीरुपमा ठेक्काचाहि“ यतैका मान्छेले लिएका होलान्।

हाम्रा खेतबारी बा“झै छन् यता, रित्तै छन् गाउ“ वस्ती। उताबाट आलु, प्याज, चामल, दाल, तेल, तरकारी, नुन, खुर्सानी, मसला, उन, सुन, गुन, बैगुन सबै आउ“छ। जौ, गहु“, कोदो, मकै, चना, मास, मुङ, मसुरो, रहर, गहत, फापर, आलस, तोरी, माछा, मासु, अण्डा, कुखुरा, खसी, बोका, बाख्रा, गाई, भंैसी, गोरु, रा“गा आदि केही पनि रोक्न सकिन्न र विकल्पै छैन। लत्ता कपडा, भा“डाकुडा र घर ठड्याउने सवै सर–सामान उतैबाट आउने हो। मान्छे निर्यात् गरेर माल(वस्तु) आयात् गर्ने मुलुक बन्यो नेपाल। ठूला कुरा गर्ने, सानोतिनो काम नगर्ने, नहेर्ने, कसैलाई नटेर्ने। अनि कसरी हो समृद्धि आउने र सुखी हुने ? हरेक ठूला कामको शुरुवात सानैबाट हो हुने। हजार माइलको यात्रा पनि पहिलो पाइलोबाट शुरु गरिने हो। मुग्लान र खाडी मुलुकमा गएर तल्लोस्तरको काम गरेर ज्यान गुमाउनुभन्दा माथि उल्लेखित स–साना काम गरे यतै कमाइ“दो रहेछ पैसा र अकालमा ज्यान गुमाउनु पनि पर्दैन। यता आएर अरुले कमाउने र यताकाले गएर उता अपमानित हुने र दुःख पाउने चलन ठीक छैन। आफ्नो घर बलियो भए हेप्दैन, चेप्दैन अर्काले। कंगाल देशका शासकहरु बंगलामा बसेको, आकाशमा उडेको, कारमा बगेको सुहाउ“दैन र टेर्दैन कसैले पनि। जुन बंगलामा बस्ने, कारमा गुड्ने हो त्यसैलाई रंग्याउने उपाय छैन यताका मान्छेमा। बिग्रे, भत्के, टाल्ने र सपार्ने उपाय नभएकाले गफ गरेको सुन्दैन अर्कोले। हाम्रा चाड, पर्व, धर्म, संस्कृति, रीति–रिवाज, चाल–चलन, खान–पान, रहन–सहन, जीवन–यापन, आवागमन, मनोरञ्जन, सञ्चार, आदान–प्रदान आदि केहीमा पनि आफ्नोपन छैन, सकियो। पूरै परनिर्भर भइयो। राजनीतिमा मात्रै हैन, कुनै ठाउ“ चोखो छैन, बचेन। फुर्ति लगाउन पर्दैन कसैले। शीरको टोपीदेखि खुट्टामा लगाउने जुत्तासम्म हैन यताको। गञ्जी र कट्टु पनि बन्दैन, बनाइ“दैन। जनैसमेत उत्तरबाट आयात गरिदोरहेछ करोडौं र अर्बौंको। काठमाडांैका मान्छेले मुख छोप्ने मास्क पनि उतैबाट आउ“दोरहेछ। आफै पनि गर्न सकिने खालका अति स–साना कुरामा समेत अर्काको मुख ताक्नेले कति हो गफ हा“क्ने ?

हामी जति स्वतन्त्र, स्वाधीन र स्वावलम्बी हुन खोज्यौं, पराधीन र परावलम्बी भयौं उति। प्रतिस्पर्धीलाई पछार्न, सत्तामा पुग्न र टिक्नका ला।िग विदेशी प्रभु गुहा¥यौं। माथि पुगिसकेपछि अटेर गर्दा उसले पनि गनेन। अदलाबदली गरिह्यो सत्ताका लागि आशक्त भक्तहरु। यताको शीर्ष नेतृत्वलाई जोकरजस्तो बनाउने काममा पनि उतैको हात छ। आशीर्वाद दिदै उचालेर शेर बनाउ“छ, झम्टिन थालेपछि पुनःमुसिको भवः भनेर थचार्छ। पालो कुर्नुको विकल्प छैन। जो गए पनि उस्तै हो। मान्छे फेरिदैमा प्रबृत्ति बदलिदोरहेनछ। पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभवले यस्तै देखायो। आफ्नो नजिकको पार्टी र नेता सत्तामा पुग्दा र यसो भत्ता लिने ठाउ“मा पठाउ“दा, पुरस्कार सुरस्कार थमाउ“दा मक्ख परेर हु“दैन। समग्र देशको हालत ठीक छैन। कुनै हनुमान वा अरिङ्गाल डुक्रन पर्दैन।

भारतीय सीमा क्षेत्रमा तरकारी कुहेको, विषाक्त भएकाले नेपाल छिर्न नदिइएको, भारतीय उत्पादनलाई नेपालमा रोक लगाइएको जस्ता खबरले मान्छेका मनमा अर्कै चीसो पसेको छ। के गर्नका लागि यो भ्रम छर्नु परेको होला भनेर। यताका किसानले उत्पादन गरेका खाद्यान्न, फलफूल र तरकारी लामो समयसम्म टिकाई राख्न तराईमा चारवटा नगर पालिकाका बीचमा र पहाडका हरेक जिल्लामा आधुनिक उपकरणयुक्त भण्डारण (चिस्यान केन्द्र) निर्माण गरेका भए त लौ केही दिनलाई रोक्न पनि सकिन्थ्यो होला। उताबाट ग्या“स नआए चुल्हो जल्दैन, तेल नआए मोटर चल्दैन, उपकरण नआए बत्ती बल्दैन, अलिकति यताउता हु“दा वा गर्दासाथ ठप्प हुन्छ सबै। यस्तोमा पनि रोक लगाएको, परीक्षण नगरी भित्रिन नदिइएको भनिदैछ भने भित्रभित्रै केही षड्यन्त्र हु“दैछ वा खिचडी पाक्दैछ भनेर बुझे हुन्छ। नयँ“खाले उत्पात शुरु गर्नका लागि केही न केही निहु“ त चाहिन्छ नै। निहु“को बीउ बन्न सक्छ अहिले भारतीय तरकारीका ट्रक रोक्ने र सीमानामा कडाइ गर्ने कुरा पनि।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top