Free songs
Home / विचार / प्राणी मात्रको प्राण पानी

प्राणी मात्रको प्राण पानी

संसारभरि वायु प्रदूषण भएको छ। मात्र फरक के भने अरु देशले औद्योगिक उत्पादन गराएर सामान बिक्री गरी आफूलाई सम्पन्न बनाइसके । तर हाम्रो अवस्था भने उही ८० वर्ष पहिले जस्तो थियो त्यही हालतमा छ।

वायु प्रदूषणले गर्दा पानीका सबै मुहान सुके । किनभने वर्षा नै हुन्न। वर्षा नभएपछि जमिनमुनिको पानी सुकिसक्यो। हाम्रो देशको बनावट अर्कै छ। विश्व परिवेश भन्दा छुट्टै बनाबट छ । जस्तै पहाड, हिमाल, भित्री मधेश र मधेश (तराई) अब पहाडबाट नदीहरु बग्छन् र मात्र खेतीपाती पशुपालन मानिसको लागि आवश्यक बमोजिम पानी प्रशस्त हुन्थ्यो। अब त पानीका मुहान सबै सुके र मरुभूमि जस्तै देखिन्छ। उराठ लाग्दो छ । उज्यालो जंगल पनि रुखो देखिन्छ। जमिनमा हुने मसिनो घा“स छैन भएको पनि सुकेर फुस्रै छ। मन खिन्न हुन्छ देख्दा । अब के गर्ने ? विकराल समस्या छ। तर पनि व्यापारी साहू महाजन ठूलाहरुल।ई पुगिराखेकै छ।

यस विषयमा छलफल सुनिएकै छैन। के गर्ने निमुुुखा जनताले, सबै प्रकारका कार्यहरु ध्यान दिएर गर्नेछौं, हामीलाई जिताउनु होस्, हाम्रो पार्टी पूर्णरुपले लाग्ने छ र रारा तालसम्म मोटर बाटो, दाङमा पानी नभएको स्थानमा खानेपानी र सिंचाईका निम्ति तत्कालका लागि ठाउ“—ठाउ“मा बोरिङ गरी पु¥याउने लक्ष भनी प्रचार भएको विश्वासमा भोट दिइ जिताउने काम भयो। राजनीति स्थिरतातिर लागेको मानियो। योग्यता क्षमताअनुसार नेताज्यूहरु ठूला–ठूला पदमा बहाल हुनुहुन्छ।

दाङको बनावट भित्री मधेश उपत्यकामा पर्छ। हावापानी सुहाउ“दो छ। जाडो पनि अति ह“ुदैन र गर्मी पनि त्यति ह“ुदैन। मानिसले सहन सक्ने सामान्य जाडो सामान्य गर्मी हुने अति उत्तम जलवायु भएको जिल्ला दाङ हो। देउखरीको भागमा केही गर्मी जलवायु छ।
दाङ उपत्यका एशियाको सबैभन्दा ठूलो उपत्यका हो। यहा“को भूबनोट यति राम्रो ठूलो क्षेत्रफल भएको वरिपरि जंगल र पहाडले घेरिएको रमणीय जिल्ला हो । यहा“ धानबाली, मकै, गह“ु, जौ, मसुरो, तोरी, चना, केराउ, भटमास, मास, गहत, केरा, नास्पति, आ“प, अम्वा (वेलौती), कागती, अमिला, ज्यामिर, अनार, भोगेटो, अमला, हर्रो, बर्रो, टिमुर आदि आपूmले बारीमा लगाएर काम चलाउने जति फल्छ। निउरो, कुरिलो इत्यादि वनजंगलमा पाइन्छन्। अन्य विभिन्न जडिबुटीहरु जसको प्रयोग गुण र नाम नजानेका हजारौं जडिबुटी पाइन्छन्।
आठ १० वर्षयता यी जडिबुटीहरु सबै बिलिन भइसके। यहा“ पानी प्रशस्त मात्रामा पर्न छाडेपछि विस्तारै ती जडिबुटी हराए र पाती र सिस्नो समेत हराएको छ। देशको यस्तो अवस्था देशको तर त्यो विषयमा कहीं पनि कहिल्यै छलफल भएको मैले सुनेको छैन। यो समस्या भयानक छ । वर्षात हुन छाडेको १० या १२ वर्षदेखि कम हु“दै अब पूरै बन्द नै भएको छ। वर्षा भए पनि बेमौसममा मानिसलाई तर्साइकन बर्षन्छ । त्यो पनि छणिक र खण्ड बृष्टि हुन्छ केही काम लाग्छ केही लाग्दैन । वर्षा नहुनुको कारण पृथ्वी सुख्खा छ। सुख्खा जमिनमा जंगल, जडिबुटी, झरपात उम्रदैन। उम्रे पनि पानी कम भइ मरेको भेटिएको छ। यो कुरा सरकार चलाउने र उद्योग व्यापारमा मस्त भएका श्रीमानहरुलाई थाहा छ ? छैन भने थाहा हुनुप¥यो। विना पानी सरकार पनि चलाउन सकिनेछैन र उद्योग व्यापार पनि फस्टाउन गाह्रो पर्ला। संसार अलि अगाडि गइसकेको छ। उनीहरुले प्रकृति दोहन गरी आफूले पूरै फाइदा लिइसके। आफू सुरक्षित पनि बने। आफूलाई आवश्यक पर्ने पदार्थ पानी, वातावरण इत्यादिको व्यवस्था गरी सुख शान्तिस“ग उद्योगका साथै व्यापार र सरकार चलाई हैकम साथ बसेका छन्।

हाम्रो अवस्था भने दयनीय छ। पानीको मुहान सुके । ठाडो खोला भएको दाङ जिल्ला बबई खोलाबाहेक अरुमा पानी छैन। सिंचाई त कता–कता पिउने पानीको समेत अभाव भएको छ। यस्तो दाङ जिल्लामा सबै भन्दा बढी धान फल्ने र दाङको तोरी नेपालभरमा उत्तम थियो । विनापानी सबै सेलाउन लागेको छ । यसलाई पूर्णरुपले पूर्वात्तर गर्न नसके पनि केही सानो दिमागले सोचेको कुरा केभने तत्कालको समस्या समाधानको लागि बोरिङ हुन्छ। तर सबै ठाउ“मा जमिनमुनि पानी छैन। त्यस्तो स्थानको लागि झन् ठूलो विकराल समस्या हुन्छ। त्यसैले दाङमा सबै ठाउ“मा उत्तरबाट दक्षिणतिर बग्ने वा पश्चिम बग्ने खोलाबाट कच्चीवा पक्की बा“ध बा“धेर पानी सिचाई गर्ने गरेका सबै खोलामा कुलो बा“ध्ने मुहान छन् र पानी छैन। त्यस्तै ठाउ“मा ती सिंचाई गर्ने किसानलाई बर्खे पानी अर्थात वर्षात हु“दा आउने पानीलाई जम्मा गर्न मिल्ने गरी पक्की तलाउ, पोखरी निर्माण गर्न सकिन्छ। सबैलाई वर्षा हि“उदमा सिचाई गर्न पुग्ने नाप (क्षमता) वर्षा मात्रको पानी वर्षायामको पानी संकलन पोखरी (तलाउ) खनी पर्खाल लगाई वैज्ञानिक तरीकाले प्वाल राखी भु्इ“मा पनि ढलान गर्न लगाइ पानी पुनः जमिनमा फिर्ता नजाओस् भनी पक्का तलाउ (पोखरी) प्रत्येक सिंचाई कुलो लाग्ने बा“धँ वा आसपास त्यस्तो तलाउ (पोखरी) निर्माण गर्नाले वर्षातको पानी संकलन हुनु र खोलाको शिरमा वर्षात भए पनि सानोतिनो भल पानी पनि त्यही तलाउमा खस्ने गरी र तलाउ पानी पोखरी निर्माण गरिदिने र समितिद्वारा त्यसको रेखदेख मर्मत सम्भार गर्न जिम्मा लगाई तत्कालको काम चलाउन सकिने हुन्छ भने दीर्घकालीन सिंचाईको लागि माडी खोलालाई ड्याम बाधी दाङमा खसाल्नाले सिचाई र विद्युत समेत हुने गरी पानीलाई चलाएर केही हदसम्म सिंचाईको समस्या समाधान हुन सक्ने देखिन्छ।

सबै खोलाको पानीबाट सिंचित हुने जमिनमा खोलामै बा“ध बा“ध्ने पानी लाग्ने हु“दा बा“धको मुहानमा १० कट्ठासम्म जमिन त्यस सिचाई कुलाबाट सिंचित गर्ने किसानहरुको जमिन होला। नपुग भएमा वारिपारिको जमिनबाट पु¥याई तलाउ निर्माण गरी पानी संकल नगर्ने र आवश्यकता बमोजिम व्यवस्थित तरिकाबाट पानी वितरण तथा प्रयोग गरी परिस्थिति अनुसार कृषि उत्पादनमा सहयोग पु¥याइ देश र जनताको कल्याण हुने देखिन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top