Free songs
Home / विचार / गाउँमा बाजे आउनुभो

गाउँमा बाजे आउनुभो

युवराज शर्मा

युवराज शर्मा

घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने वडा नंं. १ को अदुवाबारी एउटा सानो गाउ“ हो। यस गाउ“मा ५३ घर धुरी छन्। गाउ“मा दुई हजार आठ सय जनघनत्व छ। गाउ“को मुख्य व्यवसाय खेतीपाती र पशुपालन हो। यहा“का युवाहरु दिल्ली, लखनउ, उत्तराखण्ड कामको खोजीमा जान्छन्। त्यहा“ होटलहरुमा काम गर्छन्। आफूले पाउने ज्याला वचत गरेर घर फर्कन्छन्। उनीहरु असार, असोज र चैतमा फर्कने गर्छन्। घरको आर्थिक जोहो टार्न भारतका शहरहरुतर्फ काम गर्न जाने चलन बढेको छ। कतिपय युवाहरु ठेकेदारहरुका साथमा सडक खन्ने, यात्रुका भारी बोक्ने र मजदुरी गर्ने काममा पनि जान्छन्। उनीहरु कृषि मजदुर बढी बन्छन्। यसमा गहिरो अनुभव गर्छन्। त्यति टाढा पुगेर गरेको कामबाट पाउने रकमले नून र लत्ताकपडाहरुको समस्या टार्छन्। यस्ता कार्यहरु उनीहरुको गरिवी र विपन्न अवस्थाको रुप पनि हो।

अदुवावारी गाउ“मा अति गरिव परिवारहरुको संख्या धेरै छ। गरिवीले पीडित भए पनि आफ्ना छोराछोरीहरुलाई पढाउन रुचि गर्छन्। यस गाउ“बाट पढ्न जाने धेरै विद्यार्थी जनता माध्यमिक विद्यालय बुका दाङमा जान्छन्। विद्यालयमा शिक्षकको अभाव छ। पढाइ व्यवस्थित बनाउन सकिएको छैन भन्छन् विद्यालयका प्रधानाध्यापक। गाउ“का बृद्ध व्यक्तिहरुले भन्छन्– गाउ“ले केटाकेटीहरुमा पढ्ने झुकाव छैन। खेतीपाती गर्ने जा“गर पनि गर्दैनन्। कसरी यी समूहका बालबालिकाको भविष्य उज्ज्वल होला भनेर बाबुआमा चिन्ता गर्छन्। तर बालबालिकालाई पढ्नुपर्ने ज्ञान गराउ“छन्– गाउ“का बाजेले। उनले भनेका कुराहरु सम्झदै भन्छन्– बाजे आउनु भो। हामी उहा“का कुराहरु सुनौं। उहा“ले कक्षा नौमा पढाउने नेपाली विषयको पाठ बन्धनबाट मुक्ति सुनाउनुभयो। उहा“ले बाबुआमाप्रति ममता र श्रद्धा गर्नुपर्छ। बालबालिका आज्ञाकारी र अनुशासित बाल्यावस्थादेखि बन्नुपर्छ। सेतो कपडामा दाग बस्यो भने साबुन पानीले हट्ने छैन। सानो अवस्थामा आदत बिग्रियो भने बोलीबचन राम्रो भएन र हिडाइ सरल बनेन भने बालकको स्वभाव खराब बन्छ। बाजेका अर्ति उपदेश सुन्न इच्छा गर्छन् र भन्छन्– बाजे आउनु भो।

गाउ“मा बाजेले बन्धनबाट मुक्तिको कथा सुनाउ“दै थिए। गाउ“का केटाकेटीका आमाहरु पनि आएका थिए। आफ्ना छोराछोरीमा देखिएको परिवर्तन र बाबुआमाप्रति देखाउने गरेको आदर र श्रद्धाभावले आमाहरु प्रभावित थिए। गरिव भए पनि ज्ञान प्राप्त गर्न र सीपको विकास गर्न आमाहरु जिज्ञासु थिए। बाजले नौ कक्षाको नेपाली पाठ्यपुस्तकबाट कथा सुनाए। उनले भने बर्दिवास राजमार्गमा पर्ने सानो गाउ“ हो। त्यहॉ एउटा माध्यमिक विद्यालय छ। त्यस स्कूलमा पढाउने शिक्षक चोयालाल । उनी गणित पढाउने शिक्षक हुन्। उनले विद्यार्थीहरुलाई ट्यूसन पढाएर छोराहरुलाई पढाइ खर्च जुटाएका थिए। उनको जेठो छोरा सूर्यनाथ, माहिलो छोरा चन्द्रनाथ, कान्छो छोरा तारानाथ नाम थियो।

चोयालालले छोराहरु सूर्य, चन्द्र र ताराजस्तै चम्कने आशा गरेका थिए। उनीहरु ज्ञानी र गुणी बन्लान् भनी पढाएका थिए। उनीहरुकी आमा दम, उच्च रक्तचाप र मुटुको व्यथाले पीडित थिइन्। उनीहरु बाबुआमाले दुःख गरेर जेठोलाई डाक्टर, माहिलो इञ्जिनियर र कान्छोलाई कमर्श पढाएका थिए। जेठो र माहिलोले छात्रवृत्ति पाएर पढे। जेठो बेलायत पुग्यो। माहिलो इन्दौर भारत गयो। बाबुआमास“ग कान्छो बस्यो। आमालाई रोगले चाप्दै गयो। ईश्वरको इच्छा भयो। मृत्युको नियम हो। जन्मेपछि मृत्यु हुन्छ। चोयालालको पत्नीको मृत्यु भयो। उनी ६१ वर्षमा विधुर भए। पतिपत्नी साथै जान चाहन्छन्। तर एउटाले विजोग व्यहोर्नै पर्छ। पत्नीको मृत शरीर जलाउने समय भयो। कान्छो छोरो कता छ उनलाई पत्तै भएन। पत्नीको किरिया चोयालाल आफै बसे। दाहसंस्कारदेखि शुद्धशान्तिसम्म उनका प्रिय शिष्यहरुले खर्चको व्यवस्था गरिदिएका थिए।

आमाको मृत्यु खबर सुनेर किरिया कार्य समाप्ति भएपछि डा. सूर्यनाथ बेलायतबाट आयो। माहिलो भारतको इन्दौरबाट आयो। कान्छो कामले क्रिया गर्न आउन नसकेको दुःखेसो पोख्यो। बाबुले आमालाई आत्मशान्तिका लागि पञ्चदान कर्म गर्ने प्रस्ताव छोराहरुस“ग राखे। उनले भने– आमाको आशीर्वाद लिनका लागि तिमीहरुले यो काम गर। तर उनीहरु निर्जीव जस्तो भएर बसे। चोयालालले छोराहरुतर्फ हेर्दै भने– बाबु हो, मेरो सञ्चयकोषमा तीन लाख थियो। नातिहरुको मुण्डन र ब्रतबन्धमा दुई लाख खर्च भयो। बा“की बचेको एक लाखको यो चेक लेऊ र आमाको श्राद्ध राम्रो गर्नु भने। तिम्री आमाले मलाई छोडेर गइन्। अब मेरो बारेमा केही सोचेका छौ ? मस“ग जग्गा पनि छैन। धनपैसा पनि छैन। केही रिन तिर्न बा“की छ। माहिलो छोराले भन्यो– पेन्सनको पैसा खोई ? जेठोले भन्यो– अहिलेसम्मको कमाइ कहा“ गयो ? उनले हा“स्दै भनेका थिए। कान्छोले मलाई भएन भन्यो । उसलाई मस“गको पेन्सन दिए“। अब मस“ग नांगो शरीरमा एकसरो लुगा छ। यति भन्दै उनले आ“खाबाट आ“सु चुहाए। हृदय दुःखाए।

चोयालाल घरबाट निस्के र राजमार्गको छेउमा आए। बस रोके। बस चढे। बसको कण्डक्टरले भाडा माग्यो। उनले नाडीको घडी फूकालेर दिए। कण्डक्टर आश्चर्यमा प¥यो। उसले हा“सेर घडी फिर्ता दिएर सोध्यो– कहा“सम्म जानु हुन्छ ? उनले मलिनो स्वरमा भने– नारायणगढसम्म। कण्डक्टरले दया र माया देखायो। उसले भन्यो– तपाइ“स“ग पैसा रहेनछ। आरामस“ग बस्नोस्। कण्डक्टरले बृद्धप्रति देखाएको सहानुभूतिले बसमा नौलो अनुभव गरे। नारायणगढ चौराहामा बसबाट ओर्लदा उनले बसको कण्डक्टरलाई बाबु ज्ञानी र गुणी रहेछौ। तिम्रो भविष्य उज्ज्वल बनोस् भन्दै आशीर्वाद दिए।

चोयालाल नारायणगढमा बसबाट ओर्ले र सुन पसलतर्फ लागे। उनले आफ्नो पत्नीको सम्झनामा पत्नीको शीरफूल राखेका थिए। त्यो सुन पसलमा बेचेर पैसाको जोहो गर्न खोजे। उनी सुन पसलबाट बाहिरिदा आ“खाबाट आ“सु झारेका थिए। आ“सु पुछे। मनमा धैर्यता, सहनशीलता र साहसी बने। समस्यामा आत्तिनु हुन्न। कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भन्ने उपदेश बाजेबाट पाएको सम्झे। साहसी बन्दै देवघाट पुगे। त्यहा“ सन्यास धारण गरे।

आफ्नो नाम बदले र मधुरानन्द नाम राखे। त्यहा“ थोरै समयमा सबैलाई प्रभाव पारे। हर्मोनियम बजाएर सबैलाई मोहित बनाएका थिए। मधुर बचनमा भजन किर्तन गर्न लागेको समयमा उनका परिचित व्यक्तिलाई देखे र रुक्न संकेत गरे। उनलाई देख्ने व्यक्ति उनका शिष्य रहेछन्। उनी स्तब्ध भए।

भजनको कार्य सकेर चोयालाल ती व्यक्तिको हात समाएर भने– तिमीलाई देखेर जन्मस्थानको सम्झना भयो। सत्यको बोध भयो। अहिले म बन्धनबाट मुक्त भएको छु। म बा“चेको खबर गाउ“घरमा सुनाउनू। यहा“ भएका सबै मेरा सन्तान हुन्। म सबै सन्तानस“ग प्रशन्न छु।
गाउ“मा बाजेले सुनाएको यो कथाले धेरैले आफ्ना बाबुआमाहरुलाई सम्झना गरे। उनीहरुले आफूलाई पढाएर ठूलो मान्छे बनेको बाबुआमाले देख्न चाह“दारहेछन् भन्ने ज्ञान गरे। आमाको अर्ति र बाबुको उपदेश पालन गर्ने छोरो असल बन्छ। पढेर ज्ञानी र गुणी बन्नुपर्छ भन्ने ज्ञान बढाए। घरको पहिलो शिक्षक आमा, दोस्रो बाबु र तेस्रो अभिभावक हो भने चौथो ज्ञानदाता स्कूलका शिक्षकहरु हुन् भन्ने भनाइ सत्य मानेका थिए। गाउ“मा बाजेका कथाहरुले विद्यार्थीहरुलाई पढ्न र काम गर्न प्रेरणा दिएको थियो। उनीहरु भन्थे– गाउ“मा बाजे आउनु भो। कथा सुन्न पाइने भयो।

गाउका आमाहरुको वचन व्यवहार उनका छोराछोरीले नक्कल गर्छन्। त्यस्तै बोलीबचन र व्यवहार गर्छन्। बालकलाई सानै उमेरदेखि ज्ञानी बनाउनुपर्छ। सभ्यताको निसानी नै बोलीबचन र व्यवहार हो। सेतो कपडामा दाग बस्यो भने मेटिन्न हटाउन सकिन्न त्यस्तै बाल्यावस्थामा बालबालिकाको बोलीबचनमा सुधार भएन भने पछि उसको वानी व्यवहार सप्रन्न भन्नुहुन्छ– गाउ‘“का बाजेले। धेरै दिनपछि बाजे गाउ“मा आउ“दा बालबालिकाले भन्छन्– गाउ“मा बाजे आउनुभो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top