Free songs
Home / विचार / असारे विकासको अन्तर्य

असारे विकासको अन्तर्य

रमेशकुमार अधिकारी

असार महिना चालु छ। यो महिनामा सरकारी बजेटबाट धमाधम निर्माणका काम भइरहेका खबर सञ्चार माध्यम र सामाजिक सञ्जालबाट संप्रेषण भइरहेका छन्। असारमा भइरहेका निर्माणका कामहरुलाई असारे विकासको नामाकरण गरेर व्यंग्य गर्ने काम पनि भइरहेको छ। सरकारी निकायले असार महिनामा भ्याइ नभ्याइ गोष्ठी, सेमिनार आयोजना गरिरहेकोे काम पनि आलोचनाको घेरामा परेको छ।

असार महिना चालु आर्थिक वर्षको अन्तिम महिना हो। भुक्तानी फरफारक गर्ने एवं विभिन्न प्रकारका प्रतिबेदन तयारीको काम यो महिनामा गरिन्छ। सालतमामीको समय भएकाले आर्थिक अनुशासनमा विचलन नआओस् भनेर असार २० गतेभित्र चालु तर्फको र २५ गते भित्र पू“जीगत खर्च लेखी सक्ने नियम छ। कारणवश २५ गते उप्रान्त खर्च लेख्न परेमा स्थानीय कोष तथा लेखा नियन्त्रक कार्यालयको सहमति चाहिन्छ। त्यसैले असार महिनामा कर्मचारीको आन्तरिक काममा व्यस्तता अलि बढ्छ।

हुन त कानुनले असार महिनामा विकास गर्नै नमिल्ने भनेर निषेध गर्दैन। असार महिनामा विकासका काम गर्र्नै नहुने भन्ने होइन। मौसमको अनकूलतालाई ध्यानमा राखेर गर्नुपर्ने अन्नबाली, फलफूल, तरकारी, बन–बृक्षारोपण जस्ता कामहरु असार महिनामै गर्नुपर्ने हुन्छ। लगातार भइरहेका निर्माणलाई असारमा जारी राख्न पनि सकिन्छ। तर सा“ची–सा“ची असार महिनामा आएर गरिने भौतिक निर्माणको कामहरु आलोचनाको घेरामा पर्ने गरेका छन्। यो समयका काम गुणस्तरयुक्त हु“दैनन् भन्ने कुरा जगजाहेर छ। असार महिनामा भइरहेका निर्माण कार्यउपर लाभग्राही समुदाय र पर्यबेक्षकका टिप्पणीहरु कहिल्यै सकारात्मक रुपमा प्रकट हु“दैनन्। र,  भनिन्छ असारमा हुने निर्माणको काममा भ्रष्टाचारको गन्ध आउ“छ।

प्रश्न के हो भने अघिल्लो वर्ष असारमा स्वीकृत भएको बजेटलाई कार्यान्वयन गर्न अर्को वर्ष असारमै किन पु¥याइन्छ ? त्यसमा पनि निर्माण कार्य किन असारमै गरिन्छ ? हुन त यो कुरा नया“ होइन, विगतदेखिको विरासत हो। तर विगतलाई देखाएर त्यसैको निरन्तरता दिनु अहिलेको सरकारलार्ई सुहाउने कुरा होइन। किनकि मुलुक संघीय शासन प्रणालीमा गएर संघीय ढा“चामा गठित तीनै तहका सरकारको नेतृत्व निर्वाचित जनप्रतिनिधिबाट भइरहेको छ। विगतका बेथिति वा अव्यवस्थालाई विसर्जन गरेर असल शासन प्रदान गर्ने अहिलेको सरकारको संवैधानिक अभिभारा हो। यो अवस्थामा जताततैबाट नरुचाइएको असारे विकासलाई निरन्तरता दिनुलाई सुधार गर्ने सोच र साहसको अभाव तथा व्यक्तिगत स्वार्थस“ग जोडेर शङ्का गर्न सकिन्छ।

बजेट तर्जुमा गर्दा निर्माण आयोजना एक वर्षमा सम्पन्न हुने कि बहु वर्षीयको हुने भनेर आयोजनाको आकार र अनुमानित लागतका आधारमा समय निर्धारण गरिन्छ। अहिले आलोचनाको घेरामा परेका धेरैजसो निर्माणका कामहरु एक वर्षे आयोजना अन्तर्गतका छन्। यद्यपि बहुवर्षीय आयोजना अन्तर्गतका निर्माणका कामहरु पनि असारतिर तीब्र पार्ने प्रबृत्तिले गर्दा आलोचनामुक्त छैनन्।

अब प्रक्रियाको प्यारामिटरबाट असारमै पुग्ने स्थिति हुन्छ कि हु“दैन सो बारे समीक्षा गरौं। बजेटको अख्तियारी र स्वीकृत कार्यक्रम प्राप्त गरेपछि आयोजना कार्यान्वयन गर्ने कार्यालयको जिम्मेवारी प्रारम्भ हुन्छ। अख्तियारी र स्वीकृत वार्षिक कार्यक्रम सम्बन्धित कार्यालयमा समयमै पुग्ने गरेका छन्। यो चरणमा विलम्बको समस्या छैन। बजेट कार्यान्वयन गर्ने सिलसिलामा अख्तियारी पाउने कार्यालयले सर्वप्रथम वार्षिक खरिद योजना बनाउनुपर्दछ। उक्त खरिद योजनाले निर्माण वा वस्तु वा सेवा खरिदको समय तालिका निर्धारण गर्दछ। साथै उक्त खरिद योजनामा त्यस्तो निर्माण वा वस्तु वा सेवाको खरिद कुन विधिबाट गर्ने भन्ने पनि तय गरिन्छ। खासगरी निर्माणको काम एक करोडसम्मको उपभोक्ता समितिबाट पनि गराउन सकिने भएकाले टेण्डर प्रक्रिया वा उपभोक्ता समिति कुन विधि अपनाउने भन्ने बारेमा खरिद योजनाले स्पष्ट पानुपर्दछ। खरिद योजना स्वीकृत भइसकेपछि प्रक्रियागत हिसाबले दोस्रो चरणको काम भनेको उपभोक्ता समितिमार्फत गरिने कामको लागि उपभोक्ता समितिको गठनसम्बन्धी काम पर्दछ। तेस्रो चरणमा इञ्जिनियरिङ काम पर्दछ। यसअन्तर्गत लगत इष्टिमेट र ड्रइङ डिजाइन तयार पार्ने काम गरिन्छ र स्वीकृत गरिन्छ। चौथो चरणमा टेण्डरतर्फका र उपभोक्ता समितिस“ग सम्बन्धित काम गरिन्छन्। जस्तो यो चरणमा टेण्डर प्रक्रियाबाट गरिने कामका लागि टेण्डर प्रक्रिया शुरु हुन्छ। पंैतालिसदेखि पचास दिनमा टेण्डर आह्वान, मूल्यांकन र स्वीकृतिको काम पूरा गर्न सकिन्छ। छानिएको निर्माण व्यवसायीलाई अर्को दश दिन भित्रमा अवार्ड लेटर र कार्य आदेश दिन सकिन्छ। अर्कोतर्फ लगत इष्टिमेट स्वीकृत भएपछि उपभोक्ता समितिमार्फत गरिने कामका लागि समितिस“ग सम्झौता गरेर जिम्मा लगाउने काम गरिन्छ। चौथो चरणसम्मका लागि बढीमा पुस महिनाको १५ गतेसम्मको समय छुट्याउन सकिन्छ।
पा“चौ चरणअन्तर्गत उपभोक्ता समिति र निर्माण व्यवसायीले निर्माणको काम शुरु गर्ने र सम्पन्न गर्ने काम पर्दछ। एक वर्षीय आयोजनालाई बढीमा सोही आर्थिक वर्षको जेठ मसान्तसम्ममा काम सक्ने गरी समयावधि तोक्न सकिन्छ। बहुवर्षीयको हकमा जुन आर्थिक वर्षमा सम्पन्न गर्ने अनुमान गरिएको छ त्यही वर्षको बढीमा जेठसम्मको समय दिन सकिन्छ। यसरी चरणबद्ध प्रक्रियाबाट अघि बढ्दा कुनै पनि निर्माणको काम चाहे एक वर्षे आयोजना होस् वा बहुवर्षीय होस् असारमा पुग्ने अवस्था रह“दैन। तर कार्यालयले शुरु गर्ने चरणबद्ध प्रक्रिया र अनुगमनसम्बन्धी काम समयमा प्रारम्भ नगरेर ढिलोे गरेपछि सोही कारणबाट असारमा काम गर्ने परिस्थिति बन्छ।
अब प्रश्न उठ्छ असार अगावै निर्माणको काम गर्न समय हुने रहेछ त किन तमाम आलोचनाका बावजुद पनि निर्माणका काम असारमा गरिन्छन् ? यसको अन्तर्य के हो ? यस प्रश्नको उत्तर विभिन्न कोणबाट केलाउन सकिन्छ। पहिलो, असार महिना वर्षातको समय भएकाले मौसमलाई दोषी देखाएर कपट लुकाउन र नियत पूरा गर्न सहज हुन्छ। दोस्रो, छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले समय, सामग्री र सीपको मिश्रणलाई कम गुणस्तरको बनाएर निर्माणको काम गर्न सहज हुन्छ। हतार–हतारमा सतहलाई राम्रो देखाएर सतहभन्दा भित्रका काम नगर्न वा अझ कम गुणस्तर गर्न संभव हुन्छ। तेस्रो,  स्पेशीफिकेसन अनुसारको काम गराउन प्राविधिक सुपरीवेक्षण नै सही विधि हो। तर एउटै समयमा धेरै ठाउ“मा निर्माणको काम हुने भएकाले सीमित प्राविधिक जनशक्तिको सुपरीवेक्षण सबै ठाउ“मा सम्भव हुन सक्दैन। चौथो, यो समयमा निर्माण गर्नेले आफूखुशी गर्न पाउ“छ र चलखेल गर्न सहज हुन्छ।

अर्कोतिर सालतमामी नजिकै आएका कारण भुक्तानीका लागि छिटो गर्ने दबाब सिर्जना हुन्छ। प्राविधिकबाट जा“चपास र कार्य सम्पन्न प्रतिवेदन, सार्वजनिक परीक्षण, अनुगमनलगायतका प्रक्रियाहरु औपचारिकता पूरा गर्ने रुपमा तयार हुन्छन्। त्यसबखत समयको यस्तो चाप हुन्छ कि डिटेलमा स्थलगतरुपमा गर्न समयले पुग्दैन। यी सबै मिसिदाको अवस्थामा स्वार्थका लागि खेल्ने अवसर सिर्जना हुन्छ।
जसरी ऐनाको सहायताबाट अनुहारलाई दुरुस्त र सुन्दर बनाउन सकिन्छ त्यसरी नै आयोजनाको कार्यान्वयनलाई अनुगमनको माध्यमबाट समयमा हुने गराउन सकिन्छ। अनुगमन प्रक्रियाले आयोजनाको समय, लागत, क्रियाकलाप, गुणस्तर, प्रक्रिया र नतिजालाई ठीक समयमा सही तरिकाले कार्यान्वयन गर्न घचघच्याउ“छ, दबाब सिर्जना गर्छ र बाध्य बनाउ“छ। हाम्रो देशमा अनुगमनलाई अवलोकनको रुपमा उपयोग गर्ने काम भएको छ। निर्माणस्थलमा गरिने सार्वजनिक परीक्षणका काम पनि कार्यालयमै तयार गरेर कागजमा रीत पु¥याउने काम भइरहेको छ। यिनै कारणले गर्दा असारमा निर्माण गर्ने काम स्वार्थबाट संपोषित छ र निरुत्साहित भइरहेको छैन। असारे विकासको आलोचनाबाट जोगिने कि नजोगिने चुनौती तेर्छिएको छ। सालसालै असारे विकासको दृश्य दोहोरिदै जानु भनेको पर्यवेक्षक र लाभग्राही समुदायको नजरमा भ्रष्टाचारलाई बढावा दिनु हो।

असारे विकासले बदनाम कमाइरहेको छ। असार महिनामा भएको निर्माणको काममा गुणस्तर कायम हु“दैन भन्ने विश्वास लाभग्राही समुदाय र पर्यवेक्षकमा गहिरोस“ग गढेको छ। यसैकारणले असार महिनामा भएका काम स्पेशिफिकेसनबमोजिम गुणस्तरीय रुपमा भएको छ भन्ने प्राविधिक जा“चपास भएको अवस्थामा पनि स्थानीय समुदाय र पर्यवेक्षकले विश्वास गर्ने अवस्था छैन। कुनै पनि तर्क वा कारणले असारमा गरिने निर्माणको काम जायज ठहर्दैन। असारे विकासको अन्तर्यलाई मनन गरेर यस्तो प्रबृत्तिलाई बन्द गर्न जरुरी छ। यस निमित्त वार्षिक कार्यक्रम कार्यान्वयन कार्यतालिका बनाएर प्रत्येक वर्षको पुस १५ सम्ममा तयारी चरण पूरा गरेर पुस १६ देखि फिल्डमा निर्माणको काम शुरु गर्ने र आगामी जेठसम्ममा निर्माणलगायतका सबै विकासका काम सम्पन्न गने एवं असार महिनामा भुक्तानी फरफारक गर्ने कार्यतालिका अनुशरण गर्नु नै सर्वोत्तम उपाय हो। साथै निरन्तर अनुगमनको माध्यमबाट उक्त कार्यतालिका अक्षरशः पालना गराउन सक्नु नै नेतृत्वको सफलता हो। यी कामहरु नैतिकता र इमानदारिताको बलियो जगमा उभिएर साहसका साथ गर्नुपर्दछ। स्वार्थको जालोले जेलिएको समाजमा सुधारको काम आफैमा अत्यन्त चुनौतीपूर्ण छ। यो स्थितिमा स्वार्थको जालो तोड्दै असारे विकासको पुनराबृत्ति हुन नदिन निर्वाचित नेतृत्व अठोट, प्राथमिकता र दृढताका साथ लाग्नुपर्दछ। असारे विकासलाई इतिहासका पानामा थन्काउन सकेमा जनताको भावनाको सम्मान, भूगोलमा योगदान र भविष्यका लागि बरदान हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top