Free songs
Home / विचार / चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

 

अम्बिकाप्रसाद डाँगी

मानिस सामाजिक प्राणी हुनुका नाताले समाजमा विद्यमान विविध सामाजिक संस्कृति, परम्परा, रीतिरीवाज र चालचलनको अनुशरण नगरी सुख छैन। एकाएक यी सामाजिक मूूल्य मान्यता भन्दा टाढा रहन खोजियो भने स्वयं पतन भएर जाने सम्भावना रहन्छ। यति हुदाहुदै पनि विविध सन्दर्भमा हामीले अपनाउदै आएका व्यवहार, शिष्टाचार, धार्मिक अनुष्ठान आदि क्रियाकलापमा के कति वैज्ञानिक सत्य छ र त्यसले समाजमा के कस्तो सामाजिक प्रभाव पार्छ भनी हेक्का राख्नु जरुरी छ।

समाजमा बसेर सामाजिक संरचनाअनुसार चल्नुपर्दा अपनाउनुपर्ने एउटा महत्वपूूर्ण पक्ष हो नाता सम्बन्धअनुसारको शिष्टाचार भेट अर्थात ढोगभेट। मर्यादाक्रम एवं नाता सम्बन्धअनुसार गरिने ढोगभेटले आत्मिक सम्बन्धलाई अझ बलियो बनाउ“छ। यस्ता ढोगभेटका विविध तरिका र पद्धतिहरू छन्। नाता सम्बन्धअनुसार गरिंदै आएका कतिपय ढोगभेटमा कता–कता चित्त बुझ्दैन। जस्तो कि चेलिबेटीलाई पूूज्य व्यक्तिको रुपमा लिने गर्छौं। आफैंले जन्माएकी छोरीलाई पूज्य ठानेर खुट्टामा ढोग्ने गर्छौं । तर यही वर्गमा छोरा किन पर्न सक्दैनन् ? धार्मिक आस्था र मान्यताअनुसार छोरी एवं बहिनी पूज्दा के वरदान मिल्छ र कहिलेदेखि कोबाट यस्तो चलनको थालनी भयो ? यसै भन्न सकिन्न तापनि सोझो दृष्टिमा तालमेल नमिले झैं लाग्छ। हामीले देख्दै, भोग्दै र सुन्दै आएको सत्य यो हो कि अधिकांश नेपाली समुदायमा भान्जाभान्जीलाई ढोगिन्छ अनि उच्च आदर गरेर बोलाइन्छ। छोरालाई ढोगिन्न तर छोरीको श्रीमान्. बनेको ज्वाइ“को जुत्ता फुकालेर शिर चढाइन्छ अनि उच्च आदरका साथ सम्बोधन गरिन्छ। समान तह मर्यादाक्रम र समान हैसियत राख्ने छोरा, छोरी, भान्जा, भान्जी र ज्वाईंप्रति किन फरक–फरक आदर र शिष्टाचार ढोगभेट गरिन्छ ? यो बडो सोचनीय विषय छ।

अबुझरुपमा गरिदै आएको परम्पराको अन्धानुकरण एवं धार्मिक मान्यताले फिजाएको भ्रमलाई एक ठाउ“मा राखेर तटस्थ भइ नातासम्बन्धअनुुसारको ढोगभेटका बारेमा चियोचर्चो एवं धोइफोइ गर्ने हो भने बुवाले छोरी होइन, छोरीले बुवालाई अनि ससुराले ज्वाइ“ होइन, ज्वाइ“ले ससुरालाई एवं भान्जाभान्जीले मामामाइजूलाई उच्च आदर र ढोग दुबै गर्नुपर्छ। छोरीस“ग वैवाहिक सम्बध राखेको ज्वाईं पनि प्रकारान्तरले छोरा नै हो। उसको भूमिका, मर्यादाक्रम, उमेर, अनुभव र हैसियत पनि छोरा समान नै हुन्छ। त्यसैले उप्रति बोलिने भाषा, आदर सत्कार, खोलिने हृदय, सोचिने भविष्य एवं खोजिने सहयोग, अपनाइने ढोगभेटको शैली छोरासमान हुनु आवश्यक छ। त्यसैगरी आफ्ना सन्तति, दाजुभाइका सन्तति र दिदीबहिनीका सन्ततिले पनि बराबर सामाजिक मर्यादाक्रमको हैसियत राख्छन्। मायाले चुर्लुम्म डुबेर भान्जाभान्जीलाई तिमी, तपाइ“ जस्ता आदरसूचक शब्दको प्रयोग गर्नुलाई ठिकै मान्न सकिएला । तर परम्पराको नाममा बाध्य भएर कनिकुथी उच्च एवं अति उच्च आदरको प्रयोग गर्दै पूज्य व्यक्तिको रुपमा सिंहासनमा विराजमान गराउन खोज्नु सरासर अन्धभक्त हुनुबाहेक दोस्रो हुनसक्दैन। घुमाइ फिराइ भन्न खोजिएको कुरा के हो भने ज्वाईंको खुट्टा समाएर घपलप्क शिर राख्नु तथा भान्जभान्जीको गोडा समाउन लालयित हुनु राम्रा र व्यावहारिक पक्ष होइनन्। यी त केवल परम्परागत रुपमा धार्मिक मूल्य र मान्यताको भ्रममा परेर गरिएका अन्धभक्त कमीकमजोरी हुन्।

नातेदारसग पत्र व्यवहार गर्नु अर्को सामाजिक पक्ष हो। गाडी, मोटर हवाइजहाजको जतिसुकै विकास भए पनि साइकिलको महत्व नघटेझैं मोबाइल फोन, इमो, भाइवर, फेसबुक, ट्वीटर, इन्टरनेट आदि कुराहरूको जेजस्तो विकास भए पनि चिठीपत्रको महत्व घटेको छैन। पत्रलेखन त्यस्तो औपचारिक प्रक्रिया हो, जसको आफ्नै प्रकारको मजबुन हुन्छ। पत्रका विविध अंगहरूमध्ये एक हो नातासम्बन्धअनुसारको सम्बोधन र शिष्टाचार। यसै सन्दर्भमा मलाई एउटा स्मृति सम्झना भयोः २०५७।०५८, तिर रोल्पाको उपावाङ, कुरेलीमा शिक्षण गर्ने सिलसिलामा यस लेखकले एकजना अभिभावकको घरमा गएर चिठी पढिदिनुपरेको थियो। त्यतिबेला त्यहा“का प्रायः घरका मानिसहरू चिठीपत्र लगायतका कुराहरू पढ्न र लेख्न सक्दैनथे। अधिकांश पुरुषहरू विदेशमा (खाडी मुलुक) गएकाले सा“झबिहानको समयमा विदेशबाट आएका चिठीहरू पढिदिने र प्रतिउत्तरस्वरुप पत्र लेखन गरिदिनुपर्ने शिक्षकहरूको एकप्रकारको डिउटी नै हुन्थ्यो भन्दा फरक नपर्ला। यसै सिलसिलामा एउटा पत्रमा लेखिएको थियोः ‘आदरणीय जोई नमस्कार’ अञ्जानमा गरिएको यस सम्बोधनबाट हरबखत मेरो मनमा बेग्लै प्रकारका तरंग उब्जिरहन्छन्। बेलाबखत यस सन्दर्भको उठान गर्दा साथीभाइका बीचमा ह“सीमजाकको विषय बन्छ’ मानौं श्रीमान्ले गर्नै नहुने गम्भीर भूल गरेका छन्। हाम्रो वास्तविक बुझाइ यही छ। त्यसैले त खिल्ली उडाएर खितिति हा“स्छौं। तर ख्याल गर्नुपर्ने कुरा यो छ कि, हाम्रो हा“सोको ओजन कति ? हामी उनलाई अज्ञानी ठानेर हा“स्दैछौं। यो गम्भीर र विचारणीय पक्ष हो।

श्रीमतीले श्रीमान्लाई ‘श्री पूज्य श्रीमान’ अर्थात् कहीं कतै ‘आदरणीय श्रीमान्’ भनी सम्बोधन गर्न हुने तर श्रीमान्ले श्रीमतीलाई सम्बोधन गर्न किन नहुने ? नेपाली सर्वमान्य व्याकरणले समेत श्रीमान्लाई ‘श्री पूज्य श्रीमान्, सेवाढोग’ भन्नुपर्ने र श्रीमतीलाई ‘प्यारी श्रीमती आशीर्वाद’ भन्नुपर्ने कुरा औंल्याएको छ। अहिले जताततै यही कुरा पढिन्छ, पढाइन्छ र व्यवहारमा अंगालिन्छ पनि। जसले जस्तोसुकै तर्क राखे पनि यस्तो लैङ्गिक विभेदपूर्ण पितृसत्तात्मक गन्ध ठसठस्ती आउने सम्बोधनलाई स्वीकार गर्नु मूर्खहरूको दुनियॉमा महामूर्ख बन्नु हो। यी यस्ता सम्बोधनहरू नारी दमनका लागि प्रयोग गरिएका स्पष्ट धारिला हतियार हुन् भन्ने कुरामा कुनै सन्देह छैन। समय सधैंै एकनास ह“ुदैन। समय हाम्रो गुरु हो। हिजोका चिन्तन आज र आजका चिन्तन भोलि लागु नहुन सक्छन्। समयको गतिस“गै चिन्तन र व्यवहारमा पनि परिवर्तन आउनु आवश्क छ। हिजो के भइरहेको थियो र आज के भइरहेको छ भन्नु भन्दा पनि हिजोबाट पाठ सिकेर आज के गर्नुपर्छ भन्ने कुुरामा ध्यान दिनु आवश्यक छ। त्यसैले श्रीमान् श्रीमतीका बीचमा समान मर्यादा रहने खालका सम्बोधन (प्रिय÷प्यारी,श्रीमान्÷श्रीमती सम्झना आदि) सम्बोधन गर्नु आवश्यक छ।

हाम्रा दिदीबहिनीहरूले श्रीमती, सुश्री लेखिरहनु आवश्यक छैन। सम्बोधन गर्दा ‘श्री’ मात्र प्रयोग गर्नु सोह्रैआना उचित छ। नारीलाई भोग्याको नजरले हेर्ने र परस्त्रीमा गिद्धेनजर गाड्ने इतिहासका एक कालखण्डका मतिभ्रष्ट शासकले व्यक्तिगत स्वार्थका लागि यस्तो श्रीमती र सुश्रीको व्यवस्था गरेका हुन सक्छन् ता कि विवाहित र अविवाहित केटी सहजरुपमा नदेखेरै पनि सर्लक्क छुट्याउन सकियोस् र सोहीरुपमा व्यवहार गर्न सजिलो होस्। यी यस्ता अन्योलपूर्ण, निरर्थक, द्विअर्थक एवं चित्त नबुझ्दा सम्बोधन, भाषिक प्रयोग र व्यवहारमा परिवर्तन आवश्क छ। परिवर्तन कसैले सिकाएर हुने कुरा होइन यो त व्यक्तिको अन्तर्मनबाट जागृत हुने कुरा हो, त्यसैले उचित र अनुचित कुराहरूको लेखाजोखा गरेर चित्त नबुझ्दा केही सामाजिक पक्षहरूमा परिवर्तन गर्नु नया“ नेपाल निर्माताको नया“ जिम्मेवारी होइन र ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top