Free songs
Home / विचार / भू–राजनीति र नेपाल–चीन रेलमार्ग

भू–राजनीति र नेपाल–चीन रेलमार्ग

शशिधर भण्डारी

मानव सभ्यताको इतिहासमा चीनले ह्वाङ्हो नदी किनारको प्राचीन सभ्यताको गौरवगाथा बोकेको छ। युद्ध, शान्ति, क्रान्ति र प्रतिक्रान्तिको आ“धीबेहरीपूर्ण ऐतिहासिक पृष्ठभूमि बोकेको यो भूगोल एक समय व्यापार र वाणिज्यको दौडमा विश्वभर परिचित भएको थियो। आज चीनले अगाडि सारेको एक क्षेत्र एक मार्गको अवधारणा चिनिया“हरुको प्राचीन रेशम मार्गको आधुनिकीकरण हो। चीनको रेशम मार्ग भनेको व्यापार र सांस्कृतिक रुपान्तरण थियो। २१ सय वर्ष अगाडि हान वंशका चाङ चिङ करीब (१६४–११४ ईपू) को नेतृत्वमा यो रेशम मार्ग व्यापार मध्य एसियासम्म फैलिएको थियो। सात हजार किलोमिटरसम्म फैलिएको यो मार्गबाट चिनियॉहरुले रेशम, चिया, चिनिया“ माटाका भा“डा आदिको व्यापार गर्दथे। त्यतिबेला चिनिया“हरुले उ“टमा सामान लादेर त्यति लामो दुरीमा गोरेटो बाटोमार्फत निकै नै जोखिमपूर्ण यात्रा गर्दथे। आधुनिक चिनिया“हरुका पुर्खाहरुले व्यापार गर्ने सो मार्ग छोटो, छेडो र वैज्ञानिक भएको तथ्य तिनीहरुले अनुसन्धान गरी पत्ता लगाए। त्यही पद चिन्हमा आधुनिक चीन आज एक क्षेत्र एक मार्गको अवधारणा अगाडि सारेर विश्वव्यापी करिडोर सञ्जाल निर्माण गर्ने महत्वाकांक्षी अभियानमा जुटेको छ। अन्तर्राष्ट्रिय राजनीतिमा भावी महाशक्ति राष्ट्र बन्ने सपना बोकेको चीनको यो प्रस्ताव विशेषतः अमेरिकाका लागि ‘एसियन भूत’ भएको छ। त्यसैले नै यसको प्रतिक्रिया स्वरुप अमेरिकाले हिन्द प्रशान्त रणनीति अगाडि सारेको छ।

नेपाल एसियाको एउटा सानो मुलुक भए पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक दाउपेजमा समेत केन्द्रीय चासोको प्वाइन्टमा रह“दै आएको छ। भारतमा अंग्रेजहरुले इष्ट इण्डिया कम्पनी सरकारको स्थापना गरेर शासन गर्न थालेपछि नेपालको परराष्ट्र सम्बन्ध इस्टइण्डिया कम्पनी सरकारसित मात्र कायम भयो। नेपाल अंग्रेजी साम्राज्यवादको पूर्ण गुलाम नभए पनि सन् १८१६ को सुगौली सन्धि पछाडि नेपालको भूगोल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र सीमित रह्यो। नेपालको अवस्था पनि अर्धउपनिवेसिक रह्यो। नेपाल र भोटका बीचमा पनि युद्ध र शान्तिका अवस्थाहरु रहे। कतिपय अवस्थामा नेपाल–भोट युद्ध नेपाल–चीन युद्धमा पनि परिणत भयो। तर पनि नेपालको उत्तरी सीमामा अवस्थित चीन नेपालको खराब छिमेकी राष्ट्रको रुपमा प्रकट भएको पाइ“दैन। आज चीनको विकास एउटा उदीयमान साम्राज्यवादी तागतका रुपमा अगाडि बढिरहेको छ। तर नेपालसितको सम्बन्धको प्रश्नमा चीन असल छिमेकी राष्ट्रको रुपमा नै स्थापित छ। मुस्ताङ काण्ड, खम्पा विद्रोह, सगरमाथा विवादलगायतका प्रश्नमा चीनले नेपालको सार्वभौमिकता, भू–अखण्डता र स्वाधीनताको सम्मान नै गरेको देखिन्छ। तर वि.सं २०७२ जेठ १ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनीयँ“ राष्ट्रपति सि जिङ पिङले नेपालको भूमि लिपु लेकस“गै जोडिएको च्याङ्ला भङ्ज्याङलाई भारत र चीनको व्यापारिक नाका बनाउने सम्झौता गरे। त्यो घटना दुई विशाल छिमेकी मुलुकहरुले सानो हिमाली मुलुक नेपालमाथि गरेको अतिक्रमण थियो। नेपालमा देशभक्तहरुले त्यो भारत चीन कदमको कडा विरोध गरेका थिए र गरिरहेका छन्।

१५ अगस्त १९४८ मा अंग्रेजी साम्राज्यवादबाट मुक्त भएपछि भारतले नेपालमाथि विस्तारवादी नीति अपनाएर आफ्नो सुरक्षा छाताभित्र राख्नेमात्र होइन सकेसम्म सिक्किम नै बनाउने रणनीति अन्तर्गत खेल्दै आएको देखिन्छ। त्यतिबेला व्यापारिक स्वार्थका आधारमा चीन र भारतका बीचमा अन्तरसम्बन्ध र अन्तरविरोधहरु स“गस“‘गै अगाडि बढेका देखिन्छन्। दक्षिण एसियाको राजनीतिमा चिनिया“ प्रभाव लगातार विस्तार हु“दै गएकोमा भारत सशंकित देखिन्छ। भारतले आफ्नो सुरक्षा छाताभित्र राखेको मुलुक भु्टानमा समेत प्रोचाइनिज भनेर चिनिने डा. लोटाङ छिरिङको पार्टीले चुनाव जित्नु र डा. छिरिङ नै प्रधानमन्त्री बन्नु भारतका लागि सानो हा“क होइन। यस्तो क्षेत्रीय राजनीतिक अवस्था सिर्जना भएपछि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफू निर्वाचित हु“दासाथ माल्दिभ्सबाट आफ्नो विदेश यात्रा प्रारम्भ गरेर श्रीलंका हु“दै अन्य मुलुकमा पुगे। उता परराष्ट्रमन्त्री जयशंकरले आफ्नो विदेश यात्राको प्रथम गन्तव्य भारतको सुरक्षा छाताभित्र राखेको मुलुक भुटानलाई बनाए। अहिलेसम्म भारतले चीनको एक क्षेत्र एक मार्गको प्रस्तावमा समर्थन जनाएको छैन। तर चीनले पाकिस्तानबाट हिन्द महासागर जोड्ने करिडोरको रेखांकन गरिसकेको छ। यसबाट पनि झस्केको र अमेरिकास“ग सुमधुर सम्बन्ध गा“स्न उद्धत छ भारत। त्यस कारण भारत र चीनका बीचमा अन्तरसम्बन्ध भन्दा अन्तरविरोध नै बढी देखिन्छ। दक्षिण एसिया र हिन्द महासागरमा पहु“च भएका माल्दिभ्स श्रीलंका र म्यानमार मात्र होइन बंगलादेशसम्मलाई पनि दीर्घकालिन व्यापार तथा वाणिज्य विस्तारका लागि भारतसित भन्दा एक क्षेत्र एक मार्गको कल्पना बोकेको चीनसित सम्बन्ध विस्तार गर्दा विश्वव्यापी स्वरुप बन्ने देखिन्छ।

तदनुरुप यी देशहरुले कतिपय अवस्थामा प्रकट रुपमा र कतिपय अवस्थामा आन्तरिकरुपमा आफ्नो कूटनीति र परराष्ट्र नीतिका आयामहरुलाई अगाडि बढाएको देखिन्छ। माल्दिभ्सले चीनसित विशेष्रुपमा कूटनीति परराष्ट्र नीति मात्र होइन व्यापार पर्यटन क्षेत्रको विकासमा चीनसित बढी सम्बन्ध विस्तार गरिरहेको छ। यसको प्रतिक्रियामा गत साल भारतले माल्दिभ्समा जाने खाद्यान्नमा भारी कटौती ग¥यो तर माल्दिभ्स हल्लेन। भारतले वि.सं २०७२ मा नेपालमा आउने सामानमा नाकाबन्दी नै लगायो सो घटनाले नेपाललाई भन्दा भारतलाई नै क्षति पुग्यो। त्यही परिवेशमा नै नेपाल र चीनका बीचमा व्यापार तथा पारवहन सन्धि भयो। त्यसका अतिरिक्त चीनबाट काठमाडौ जोड्ने रेल मार्गको मार्ग चित्र अगाडि आयो। प्रश्न यहीं मात्र सीमित भएन। चिनिया“ रेल लुम्बिनीसम्म विस्तार गर्ने रणनीति समेत तय भयो।

नेपाल र चीन सीमा जेडिएका नजिकका देश भएर पनि सन् १९५५ मा मात्र यी दुई देशका बीचमा कूटनीतिक तथा दौत्य सम्बन्ध कायम भएको थियो। यसयता नेपाल र चीनका बीचमा कूटनीति र परराष्ट्र मामिलामा सुमधुर सम्बन्धका आयामहरु नै अगाडि बढेका छन्। वि.सं २०७२ मा नेपालमा संविधान जारी हु“दा उसका शर्तहरु अस्वीकार गरेका कारण नेपालस“ग भिडिएर भारतले भूकम्पले थला परेको देशमा नाकाबन्दी लगाउने जस्तो काम गरेको भारतको यो कदमले नेपाललाई चुनौती दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैत्रमा चीन भ्रमण गएका थिए। त्यसक्रममा नेपाल र चीनका बीचमा पारवहन सम्झौता भएको थियो। २०७५ भाद्रमा सो सम्झौता कार्यान्वयनको लागि आवश्यक प्रोटोकलमा सहमति भएको थियो। उक्त प्रोटोकलमा केही दिन अगाडि राष्ट्रपति विद्या देवी भण्डारीले र चिनिया“ राष्ट्रपति सि जिङ पिङले हस्ताक्षर गरे। जसमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्री ली सियाओ पेङले पनि हस्ताक्षर गरेका छन्। यसले नेपालमा निकै चर्चामा रहेको नेपाल चीन सीमापार रेलवे बेल्ट एण्ड रोड अन्तर्गतको परियोजना सूचीकृत हुन पुगेको छ। यसबाट व्यापार र सामुन्द्रिक पह“ुचका निमित्त भारतसित मात्र भर पर्ने भू–परिवेष्ठित देश नेपालको पीडा मत्थर हुने देखिन्छ। अब चीन एउटा विकल्पका रुपमा सम्बोधित भएको छ।

सम्झौता र कानुनीरुपमा यस्तो सकारात्मक अवस्था सिर्जना भए पनि भौतिकरुपमा नेपालले लाभ लिन सक्ने छैन। किनभने चीनको महत्वकांक्षी परियोजना एक क्षेत्र एक मार्गको यातायात सञ्चालन रेलमार्गमा जोडिने कुरा सहज र तुरुन्त हुने काम नभएको हुनाले तुरुन्त नेपालले लाभ दिन सक्ने देखिन्न। भौगोलिक, धार्मिक, सांस्कृतिक चिन्तनधारा एउटै भएका कारण पनि नेपालको बजार भारत नै हुने देखिन्छ। धार्मिक स्थलहरु र चारधामका मूल्यहरुले पनि नेपाल र भारत नजिक भए पनि टाढा टाढा भए पनि नजिकको सम्मिलनमा रहेका छन्। भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउ“दा भारतीय प्रतिपक्षी दल र जनस्तरबाट भएको बिरोधलाई अर्थपूर्णरुपमा लिनुपर्दछ। तर भारतीय शासकवर्ग अंग्रेजहरुले साम्राज्यवादी विरासतको पथबाट हि“ड्ने र दक्षिण एसियाको राजनीतिमा आफू अंग्रेजी प्रभुत्वशाली तागतका रुपमा उभिन खोज्छ। तर अब नेपाल हिजोको जस्तो अवस्थामा छैन। नेपालले आफ्नो भू–संवेदनशीलतामा आधारित कूटनीति र परराष्ट्र नीतिका आयामहरुलाई अगाडि बढाउन सक्यो भने चिनिया“ सपना एक क्षेत्र एक मार्ग नेपाललाई हिन्द महासागरदेखि प्रशान्त महासागर हु“दै युरोपसम्म जोडिन ठूलो बरदान सावित हुन्छ। त्यसलाई ठीकढंगले उपयोग गर्न नसके नेपाल व्यापारिक केन्द्र नभएर बाटो मात्र बन्नेछ। नेपालको अवस्थामा सुधार हुनेछैन। चीन र भारतका बीचमा आर्थिक सामाजिक प्रतियोगिता र विकास भइरहने छ।

चीनको यो बृहत परियोजनाबाट नेपालले लाभ लिन काठमाडौमा रेल लुम्बिनीमा रेल भनेर भट्याएर मात्र हु‘दैन सरकारले नया“ढंगले रेल कूटनीतिका  मार्ग निर्माण गरेर अगाडि बढ्नुपर्छ। अन्त्यमा मान्छे मात्र निर्यात गर्ने अन्य सम्पूर्ण चिज आयात गर्ने नेपालले धुलो मात्र खाने शक्ति राष्ट्रहरुले भरपूर फाइदा लिने हुन सक्छ। नेपाललाई खेल मैदान बनाएर महाशक्ति देशीय भू–राजनीतिक दाउपेज चलिरह“दा सावधानीपूर्ण र औचित्यपूर्ण प्रतिक्रियाको माग मुलुकले गरेको छ। आयात गर्ने मानसिकताले मात्र हामीले चीन–नेपाल रेलमार्ग निर्माण गर्ने होइन। नेपालले उत्पादन र निर्यातको विषयमा पनि योजनाबद्ध कार्यक्रम बनाएर अगाडि जानुपर्दछ। त्यसका लागि हाम्रा अगाडि भारी सम्भावना बोकेर उभिएका कृषि, ऊर्जा, जडीबुटी र पर्यटनको क्षेत्रलाई गुणात्मक विकास गरेर मात्र रेलको प्रतीक्षा ग¥यौं भने मात्र औचित्य पुष्टि हुनेछ। देश आत्मनिर्भरतामा पनि अगाडि बढ्नेछ।

भू–मण्डलीय राजनीतिको ‘सेन्ट्रल प्वाइन्ट’ मा परेको देश सिधा भएर उभिने पहिलो उपाय नै आत्मनिर्भरता हो। आत्मनिर्भरताको प्राथमिक जग उत्पादन हो। त्यसपछि निर्यात र वितरणका लागि रेल लाइन चाहिने हो आयातका लागि मात्र होइन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top