Free songs
Home / समाचार / संक्षिप्त समाचार / कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

मिलन पोख्रेल

घोराही। घोराही उपमहानगरपालिका वडा नं. ४ मा कुकुरको आतंक बढेपछि स्थानीयहरु त्रसित भएका छन्। वडा नं.  ४ को डाडागाउ, गोग्ली, बसन्तापुर, स्यालापानी, गुरुवाघारीलगायतका गाउहरुमा विगत २/३ महिनादेखि बढेको कुकुरको आतंकका कारण स्थानीयहरु त्रसित भएका हुन्।

पहिले–पहिले मुस्किलले २/४ वटा कुकुरहरु मात्र देखिने ती गाउ“हरुमा आजभोलि हुलका हुल कुकुरहरु गाउ“ पसेर भेडा, बाख्रा, हा“स, कुखुरालगायतका पशुपंक्षीहरुलाई टोकेर घाइते बनाउने, मार्नेदेखि मानिसहरुलाई समेत टोक्ने गरेको स्थानीयले बताएका छन्। दिनप्रतिदिन कुकुरको आतंक बढ्न थालेपछि वस्तुभाउलाई जोगाउनेदेखि आफूहरु समेत ढुक्कस“ग हि“डडुल गर्ने अवस्था नरहेको डा“डागाउ“की मीना चौधरीले गुनासो गर्नुभयो।

‘१०/१२ वटा कुकुर आएर कहिले वस्तुभाउमाथि खनिन्छ्न त कहिले बाटोमा हिडडुल गरिरहेका मानिसलाई झम्टेर टोक्छन्’– चौधरीले भन्नुभयो– ‘वस्तुभाउलाई जोगाउने मात्रै हैन अब त हामीलाई समेत जोगिएर हिडडुल गर्न मुस्किल हुने भयो।’ दिउसोको चर्को घाममा कुकुरहरु शीतल छहारी खोजेर लुकेर बस्ने र साझ बिहानको समयमा गाउमा पसेर वितण्डा मच्चाउने गरेको चौधरीको भनाइ छ। कुकुरहरुले वस्तुभाउमाथि आक्रमण गरेको देखेपछि लखेट्ने धपाउने काम गरे पनि छिमेकी गाउ“मा गएर सताउने गरेको त्यहा“का स्थानीयले जानकारी गराएका छन्।

पछिल्लो समयमा गाउठाउमा कुखुरा पालन गर्ने प्रचलन बढेस“गै शहर बजारका भुस्याहा कुकुरहरू गाउ“ पसेर सताउनु यसको प्रमुख कारण रहेको समाजका अगुवाहरु बताउ“छन्। घोराही उपमहानगरपालिकाले शहर बजारमा बेला–बेलामा कुकुरको व्यवस्थापन गर्दै आए पनि अबदेखि त्यो काम गाउ“ वस्तीहरुमा समेत गर्नुपर्ने पीडितहरुको भनाइ छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top