Free songs
Home / समाचार / संक्षिप्त समाचार / जनप्रतिनिधिलाई विवाद निरुपणसम्बन्धी तालिम

जनप्रतिनिधिलाई विवाद निरुपणसम्बन्धी तालिम

युगबोध समाचारदाता

गढवा। गढवा गाउ पालिकाको आर्थिक लगानी र देउखुरी सामुदायिक पुस्तकालयको आयोजनामा शुक्रवारदेखि अगुवा महिला तथा महिला जनप्रतिनिधिहरुलाई लैंगिक उत्तरदायी योजना तर्जुमा र न्यायिक समितिमा विवाद निरुपणसम्बन्धी तीनदिने तालिम शुरु भएको छ। गढवा गाउ“पालिकाका उपाध्यक्ष शान्ति चौधरीले एक समारोहबीच तालिमको उद्घाटन गर्नुभएको छ।

तालिममा गढवा गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, गाउ“पालिकाका कानुनी सल्लाहकार हरि बेलबासे र अभिवक्ता चूडामणि पौडेलले प्रशिक्षण दिनुभएको छ। कार्यक्रममा महिला वडा सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु र महिला अगुवाहरुसमेत २५ जनाको सहभागिता छ। पुस्तकालयका सदस्य सविना खातुनको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष ओभा पाठकले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top