Free songs
Home / फिचर समाचार / होटल ब्यवसायी समितिको स्थापना दिवस

होटल ब्यवसायी समितिको स्थापना दिवस

घोराही – दाङ देउखुरी होटल व्यवसायी समिति दाङले आफ्नो २५ औं स्थापना दिवस मंगलवार मनाएको छ।

समितिका अध्यक्ष रूद्रबहादुर डागीको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ प्रदेश नंं. ५ का उपाध्यक्ष हेमराज बञ्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।  कार्यक्रममा प्रमुख अतिथि बन्जाडेले होटल क्षेत्रको व्यावसायिक विकासले दाङको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुु¥याउदै आइरहेको बताउनुुभयो। होटल क्षेत्रको विकासले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुुग्ने भएकाले यस क्षेत्रको लगानी, विकास र व्यवस्थित गर्न आवश्यक रहेको बताउनुुभयो । उहा“ले भन्नुुभयो– ‘होटल क्षेत्रको विकासले दाङमा पर्यटन विकास पनि फष्टाएको छ।’

कार्यक्रममा राप्तीपोष्ट राष्ट्रिय दैनिकका सम्पादक शरद अधिकारीले दाङका होटल व्यवसायीहरु पछिल्लो समय सुध्रिदै गइरहे पनि अझै उचित सरसफाइसहितको सेवा पुु¥याउन नसकेको बताउनुुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आरके शीतल, होटल व्यवसायी समिति दाङका सल्लाहकार मुक्ति खरेल, रक्त सञ्चार केन्द्रका प्रमुख दिलीप न्यौपानेलगायतले बोल्नुुभएको थियो। उहाले अझै पनि कतिपय होटलहरूमा बालश्रमिकहरू लुुकाइछिपाइ राख्ने गरेकाले त्यसप्रति समितिलाई जिम्मेवार बन्न आग्रह गर्नुुभयो। समितिका उपाध्यक्ष दिपेन्द्र पुनको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव ईश्वर पुुनले गर्नुुभएको थियो।

 

२५ जनाद्वारा रक्तदान
दाङ देउखुरी होटल व्यवसायी समिति दाङले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ। जसमा समितिका अध्यक्ष रूद्रबहादुर डा“गी, श्यामकुमार पुुन, सुरेन्द्र कुमार चौधरी, रामबहादुर भण्डारी, सन्तोष केसी, दीपेन्द्र पुन, कालिका खरेल, ईश्वरकुमार बुढा मगर, कमल रावत, प्रेम तामाङ, नमप्रकाश पुुन र विनप्रसाद पुुनले रक्तदान गर्नुुभएको थियो।

यस्तै रविनप्रसाद पुुन, देवराज ओली, कीर्तन विक, दामोदर पाण्डे, गोविन्द महरा, खिमप्रसाद केसी, निश्चल केसी, मेघप्रसाद न्यौपाने, शान्ति न्यौपाने, डुुण्डीराज भुुसाल, लीला पछाई, बलराम जैसी र मोहन केसीले रक्तदान गर्नुुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top