Free songs
Home / अन्तर्वार्ता / प्रकृति खुशी पार्न भूमे मनाउँछौं

प्रकृति खुशी पार्न भूमे मनाउँछौं

खलुप्रसाद पुन
नेपाल मगर संघ दाङका अध्यक्ष

मगर समुदायको महान पर्व भूमे चलिरहेको छ। प्रकृतिको पूजा गरेर प्राकृतिक विपत रोक्ने र जीविकोपार्जनका लागि बालीनाली सपार्ने कामना गर्दै मगर समुदायले भूमि अर्थात भूमे पूजा गर्ने चलन छ। असारको १ गतेदेखि शुरु भएको पूजा ५ गतेसम्म चल्नेछ। दाङमा भूमे पर्व र मगर समुदायमा भएको उल्लासका विषयमा युगबोधकर्मी जे.एन.सागरले नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनसग गर्नुभएको कुराकानी यहा प्रस्तुत गरिएको छ। –सम्पादक

के हो भूमे ?

मगर समुदायको महान चाड हो भूमे। परापूर्वकालदेखि नै यो पर्व मनाउ“दै आइएको छ। मुख्य कुरा के हो भने भूमिमा जति पनि देवी देवता छन् उनीहरुको एकैचोटि पूजा गर्ने अर्थात प्रकृतिलाई खुशी बनाउने पर्व हो भूमे। जस्तो सिद्ध भूमे, मुखिया भूमे, नरसिंह भूमे, बराह भूमे, थुम्के भूमे, कान्छी बारानी भूमे, काली भूमे, भारा, भेरी भूमे, भीमसेन भूमे, सेमे भूमे आदि विभिन्न खालका देवतालाई एकैपटक पुज्ने र खुशी बनाउन समग्रमा भूमे पूजा गरिन्छ। त्यही पूजालाई उत्सवका रुपमा पर्वका रुपमा मगर समुदायले मनाउ“दै आएको छ। यसको उच्चारण पनि ठाउ अनुसार गरिन्छ। कसैले भूम्या भन्छन् भने कसैले भूमे, भयार पनि भन्छन्। नाम र पर्व मनाउने प्रक्रिया आ–आफ्ना भए पनि उद्देश्य एउटै हो।

उद्देश्य के हो ?

मगरहरु प्रकृति पूजक हुन्। प्रकृतिमै रमाउने भएकाले खासगरी अब वर्षायाम शुरु हु“दैछ। खेती गरेर बा“च्ने समुदाय भएकाले आउने सिजनमा खेतीपाती सप्रियोस् भनेर प्रकृतिलाई खुशी बनाउने उद्देश्य हो भूमेको। त्यसैले विभिन्न खालका देवी, देवताहरुको नाम पुकार्ने र उनीहरुलाई खुशी बनाउन नाचगान गरिन्छ। खेती लाग्दा पानी परोस् तर पानी आउ“दा बाढी, पहिरो नआओस्। उत्पादन राम्रो होस्। प्राकृतिक प्रकोप नलागोस्। रोग व्याधि नलागोस् र राम्रो उत्पादन होस् भनेर पूजा गरिन्छ। उतिबेला पुर्खाहरुलाई अन्न बाली उत्पादन भएन भने भोकै बस्नुपर्ने बाध्यता थियो। अहिलेको जस्तो आफ्नो खेतवारीमा नफले पनि अन्यत्रबाट किनेर खान सक्ने सुविधा त्यतिबेला थिएन। त्यही भएर प्रकृति खुशी पारेर उत्पादन लिने विश्वासका साथ मगर समुदायले भूमे पुज्न थालेका हुन्।

अहिलेका मगर समुदायले पूजा गरेर बाली सपार्ने विश्वास गर्छन् त ?

विश्वास र अविश्वास भन्दा पनि हिजो पुर्खाले गरेका संस्कार, संस्कृतिलाई जोगाउने प्रयत्न हो नया“ पुस्ताको। सोही अनुसार नेपाल मगर संघ दाङले विधिवतरुपमै मनाउन लागेको ९÷१० वर्ष भयो। घोराहीको बसपार्क नजिकै आफ्नै भवन परिसरमा भूमे पुज्ने, नाच्ने काम भइरहेको छ। दाङमा अहिले चार ठाउ“मा भूमे नाच्न थालिएको छ। एउटा त मगर संघकै पहलमा संघको भवनमै। अर्को लुगुुम्याल समाजको आयोजनामा ढोढेनीमा नाचिन्छ भने साविक त्रिपुर र तुलसीपुरमा पनि भूमे नाच चलिरहेको छ। अर्को वर्षदेखि अन्यत्र पनि नाच विस्तार हुनेछन्।

पर्वसग नाचको सम्बन्ध के छ ?

मुख्य कुरा त खुशियाली साट्ने माध्यम नै हो। अरु पर्वहरु दुई वा दुई भन्दा धेरै समुदायले मान्छन्। जस्तो माघी मगरले पनि मान्छन् भने थारु समुदायले पनि मान्नुहुन्छ। दशैं, तिहार, तिजलगायतका पर्व धेरै जातजातिले मान्छौं। तर भूमे मगरहरुले मात्रै मनाउने पर्व हो। मगर समुदायको यो पर्व महान पर्व नै हो। त्यसैले रमाउनेका लागि नाचगान गरिन्छ। अर्को कुरा प्रकृतिलाई कसरी खुशी बनाउने भन्ने चिन्ता समुदायमा हुन्छ। त्यसैले बलि दिने, पूजा गर्ने र अझ खुशी बनाउन नाचगान समेत गरिएको हो जस्तो मलाई लाग्छ।

कसरी नाचिन्छ भूमे ?

पञ्चे बाजाको तालमा लहरै लागेर महिला, पुरुष, बालबालिकासमेत मगर भेषभूषामा नाच्ने गरिन्छ। खासगरी २२ तालमा भूमे नाच्ने चलन छ। हामी पनि सिक्दैछौं। अगुवाहरु नाच्नुहुन्छ। खासगरी देवीदेवतालाई खुशी बनाउनलाई २२ ताल भूमे नाचिन्छ।

कतै महिना दिन, कतै पाच दिन नाचेको देखिन्छ । फुर्सदअनुसार हो कि ?

हो। भूमे लामो पर्व हो। जेठदेखि नै नाच्ने गरिन्छ र असारको पहिलो हप्तामा समापन गरिन्छ। जेठको महिनाबाट शुरु गरिए पनि पूजापाठ त असारको १ गते नै हो। अलिकति फुर्सद हुनेहरु धेरै नाच्ने नत्र तीन दिन एक दिनमा पनि टुंग्याइन्छ। जेठ महिनामा त रातिको समयमा नाचिन्छ। यही घोराहीमा पनि रातको समयमा नाचिन्छ।

बुकी संस्कृति कसरी चल्यो ?

बुकीको फूल भूमेलाई चढाउने गरिन्छ। यसलाई मालाको रुपमा पनि प्रयोग गरिन्छ। थवाङको जलजलामा बुकी प्रशस्त पाइने भएको हुनाले नजिकका त्यहीं जाने र दाङका मगर समुदाय नजिकै पहाडतिर पनि पाइने भएकाले त्यहींबाट ल्याउने चलन छ। पुर्खाले बुकीको प्रयोग गरे। त्यसको निरन्तरता हामीले दिइरहेका छौं। बुकी ल्याउन पनि पूजापाठ गर्नुपर्छ। भेडाको साढो लगेर अघिल्लो दिन जाने र त्यहीं रातभर नाचगान गरेर भोलिपल्ट फर्किने चलन छ। हामीले यहा“ पनि त्यसै गरिरहेका छौं।

पर्वसंग मगर संस्कृति कसरी जोडिन्छ ?

समय परिवर्तनस“गै पुख्र्यौली संस्कार, संस्कृति विस्तारै हराउ“दै गएको महसुस हामीले गरिरहेको साचो हो। मगर समुदायमा मात्रै भन्ने होइन त्यो अन्य समुदायमा पनि छ। जस्तो मगर समुदायले लगाउने पोशाक अहिलेको पुस्ताले खुलेर लगाएको पाइदैन। त्यसैले कतै संस्कार, संस्कृति नै हराउने त होइन भन्ने चिन्ता समुदायका अगुवाहरुलाई छ। भेषभूषामात्र नभई अन्य संस्कारका कुरा पनि छोड्दै गएको जस्तो महसुस भइरहेको बेला कम्तिमा भूमे नाच्दासम्म मगर भेषभूषा लगाउने, नाच्ने, मगर परिकार बनाउने खाने गरिन्छ। यसले नया“ पुस्तालाई आफ्नो पुख्र्यौली संस्कार, संस्कृतिस“ग जोड्ने काम गरेको छ।

संस्कार र संस्कृतिस“ग नया“ पुस्तालाई जोड्न संघले अरु के काम गरेको छ ?

आफ्नो पोशाक लगाउनुपर्छ भनिरहेका छांै। तर ठोस कार्यक्रम त छैन। खुशीको कुरा के छ भने अहिले नया“ पुस्ता पनि मगर संस्कार, संस्कृति र भेषभूषाप्रति आकर्षित भएका छन्। भूमे चलिरहेको छ। युवाहरु, बालवालिकाहरु पनि नाचमा सामेल हुने, सिक्ने काम स्वफूर्तरुपमा गरिरहेका छन् भने भेषभूषा पनि लगाउन थालेका छन्। कुनै जमानामा यहा“को राज्य सत्ताको पोलिसी पनि के थियो भने एउटै भाषा, एउटै धर्म, एउटै संस्कृति, एउटै भेषभूषा भन्ने थियो। त्यस्तो अवस्थामा कसैले चाहेर पनि मगर भेषभूषा, भाषाको प्रयोग गर्दा उसलाई होच्याउने काम हुन्थ्यो। ‘शेशी’ आयो भन्ने चलन थियो। जसले मगर समुदायले होचो महसुस गर्नुपथ्र्यो। त्यस्तो अवस्थामा भेषभूषा, भाषाको प्रयोग गर्न गाह्रो थियो। तर अहिले त्यो समय छैन। बदलिएको छ। नया“ संविधान आएको छ। सबै भाषा, संस्कार, संस्कृतिलाई समान अधिकार दिइएको छ। मातृभाषालाई प्रोत्साहन गर्ने काम सरकारहरुले गरिरहेका छन्। अहिले त मगर खाम भाषामै पठनपाठन हुने अवस्था आएको छ। यस्तो वातावरणले सहज भएको छ। अहिले त गैरमगरहरुले पनि मगर पहिरन गरेको देखिन्छ। औपचारिक कार्यक्रममा र विवाह, पूजामा पनि मगर ड्रेस प्रयोग गरिएको पाइन्छ।

मातृभाषा संरक्षणको प्रयास के छ ?

मगर संघले त्रिभाषाको प्रयोगलाई स्वीकारेको छ। एउटा विश्व भाषाको रुपमा अंग्रेजी भाषा छ भने अर्को जुन हामी बोलिरहेका छौं। खस नेपाली भाषा यो पनि जान्न जरुरी छ भने मातृ भाषाको प्रयोग पनि महत्वपूर्ण छ। त्यसैले मातृ भाषा नजान्नेले सिक्ने र जान्नेले जोगाइराख्ने काम गर्नुपर्छ। त्यो भनेको मातृभाषामै पठन पाठनको व्यवस्था राज्यले गर्नुपर्छ। सगसगै नेपाली र अंग्रेजी पनि उत्तिकै महत्व छ। जस्तो हाम्रो दाङमा थारु भाषामा पठन पाठन गर्ने, तुलसीपुरको १ र २ नं. वडा र घोराहीमा पनि मगर भाषा बोल्ने ठाउ“मा मातृभाषामै पठनपाठन गर्न स्थानीय सरकार सकारात्मक छन्। तर देश समृद्धिको कुरा अलि बढ्ता उठिरहेको बेला देशको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायलाई अन्धकारमा राखेर समृद्धि हुदैन। समृद्धिका लागि मगर समुदायलाई शिक्षित, आत्मनिर्भर बनाउन जरुरी छ।

त्यसका लागि त मगर समुदायले आफूभित्रका विकृति त हटाउनुप¥र्यो नि ?

हो। अधिकारका कुरा हामीले गर्छांै । त्यसमा कर्तव्यका कुरालाई भुल्नुह“ुदैन। त्यसमा हाम्रो समुदायलाई सचेत गराउ“दैछौं। मगर समुदायमा जा“ड, रक्सी अलि विकृतिको रुपमा देखिएको छ। पुर्खाले प्रयोग गरे, अहिले पनि प्रयोग गर्नुपर्छ भन्ने त छैन। तर खुलारुपमा डिस्टिलरी रक्सी बिक्री गरेर सुधार्ने प्रयास अलि ढिलो हुन्छ। हामी पनि लाग्छौं। तर राज्यले पनि खुला बिक्री रोक्नु प¥यो नि। होइन भने मगर भन्ने बित्तिकै जा“ड, रक्सीस“ग जोडिनुपर्ने कुरा गलत हो। जाड, रक्सी त अरु समुदायले पनि खान्छन्। तर नाम हाम्रो समुदायको बदनाम गर्ने काम भइरहेको छ। यसतर्फ सबै चनाखो हुनुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top