Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुर्घटनामा उपाध्यक्षसहित दश बेपत्ता

दुर्घटनामा उपाध्यक्षसहित दश बेपत्ता

सुर्खेत– हुम्लाको खार्पुनाथ गाउ“पालिका–५ बेणुबिसौना र कैलेबालुको सडकबाट लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा १० जना बेपत्ता भएका छन्।

दुर्घटनामा खार्पुनाथ गाउ“पालिकाकी उपाध्यक्षसहित १० जना बेपत्ता भएको गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत
चन्द्रवीर शाहीले जानकारी दिनुभयो।

बेपत्ता हुनेहरूमा गाउपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उहा“का भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, काकौर कामी र उहा“का दुई वर्षीय छोरा रहेका छन्।

दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एकजना मिस्त्रीसमेत परेको र जीपको खोजी भइरहेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top