Free songs
Home / फिचर समाचार / ‘स्रोतको पहिचान गरी बजेट ल्याइएको हो’

‘स्रोतको पहिचान गरी बजेट ल्याइएको हो’

 यमलाल भुसाल

बुटवल। प्रदेश पाचको सरकारले आगामी आर्थिक वर्षको बजेटमा घाटा बजेट नल्याइएको प्रदेशका मुख्य मन्त्री शंकर पोखे्रलले दाबी गर्नुभएको छ।

प्रदेश पा“चको अर्थमन्त्रालयले सोमवार बुटवलमा आयोजना गरेको बजेटसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले स्रोतको पहिचान गरी बजेट बनाइएकोले घाटा बजेट नभएको खुलासा गर्नुभयो। प्रदेशमा चालु आर्थिक वर्षमाभन्दा आम्दानीको स्रोतमा बृद्धि भएको र सोही अनुपातमा बजेटको आकार बढाइएको उहॉ“ले बताउनुभयो। चालु आवका लागि गत वर्ष ल्याइएको बजेटमा पा“च अर्ब रुपैया“ बचत भएको र सोलाई समेत आम्दानीमा राखेर बजेट वनाइएकाले बजेटको आकार केही ठूलो भएको उहा“को कथन थियो। प्रदेशका सांसदहरुलाई मध्यनजर गरी सांसद विकास कोषको व्यवस्था नगरिए पनि सांसदको सिफारिसमा बजेट विनियोजन भएकाले उहा“हरुले सिफारिस गरेकै आयोजनामा स्थानीय तहले बजेट खर्च गर्ने व्यवस्था मिलाएको उहा“ले बताउनुभयो।

उहाले पर्यटकीय स्थलसम्म सडक पु¥याउने गरी तथा ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्तुलाई शहरसम्म पु¥याउन कृषि सडक बनाउनका लागि बजेटको व्यवस्था गरिएको बताउनुभयो। प्रदेशको आवधिक योजनामा आधारित भएर बजेट बनाइएकोले लक्षित समूहसम्म पुग्ने गरी बजेट ल्याइएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो। प्रदेशका क्रमागत योजनालाई निरन्तरता दिदै केही नया“ कार्यक्रम समावेश गरिएको पनि आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारी समाल्नु भएका मुख्यमन्त्री पोख्रेलले बजेटमा अनुदानलाई प्राथमिकता दिएको बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top