Free songs
Home / समाचार / संक्षिप्त समाचार / शान्तिको सन्देश दिन बुद्धको मूर्ति राखिने

शान्तिको सन्देश दिन बुद्धको मूर्ति राखिने

 

ओपेन्द्र बस्नेत

तुलसीपुर। तुलसीपुरको राप्ती शान्ति उद्यानमा बुद्धको मूर्ति राखिने भएको छ। ११ बर्षे सशस्त्र द्वन्द्वको शुरुवात राप्तीबाटै शुरु भएकाले शान्तिको सन्देश दिन बुद्धको मूर्ति राख्न लागिएको हो। यसका लागि लुम्बिनी विकास कोषले बुद्धको मूर्ति उपलब्ध गराउने भएको छ।

राप्ती शान्ति उद्यानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले राप्ती शान्ति उद्यान उपयुक्त स्थान भएकाले केही महिनाभित्रै बुद्धको मूर्ति राखिने बताउनुभयो।

उपाध्यक्ष त्रिपाठीले २४ राष्ट्रले लुम्बिनीलाई ध्यान केन्द्र बनाए पनि हामीले चिन्न नसकेको बताउ“दै बुद्धत्व र यसको महत्वको विषयमा जानकारी नराख्दा पछिल्लो समय बुद्धको मूर्तिलाई सडकमा राखेर महत्व घटाउने काम भइरहेको समेत बताउनुभयो। ‘विश्वका ठूला–ठूला विश्वविद्यालयमा बुद्धको विचारको पढाइ हुन्छ’– हामीले यही जन्मेका बुद्धलाई भने चिन्न सकेका छैनौं। धुलोधुवा“ उड्ने कोलहाल हुने ठाउ“ र सडकमा सजाएर मूर्ति राख्ने चलन बढेको छ।’

सो अवसरमा राष्ट्रियसभा सदस्य कोमल ओलीले संसदमा आफूले जनताको आवाज बोलिरहेको बताउनुभयो। अहिले कानुन निर्माण गर्ने काममा लागेको भन्दै सबै जनता र राष्ट्रको हितमा कानुन भएपछि यसको अनुभूतिको शुरुवात गर्न सकिने बताउनुभयो। अघिल्लो वर्ष स्थानीय तह तथा प्रदेश सरकारको जग बसाउने र अधिकार बाडफाडमा सरकार अलमलिएकाले अपेक्षा अनुसार काम अघि बढ्न नसकेको उल्लेख गर्दै सदस्य ओलीले अब विकास निर्माणका काम दु्रत गतिमा अघि बढ्ने बताउनुभयो। शान्ति उद्यानको वस्तुस्थितिका बारेमा अध्यक्ष डिल्ली भण्डारीले प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका कार्यकापालिका सदस्य चित्रा मल्ल, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका ५ नं. प्रदेश सह अध्यक्ष प्रेमप्रकाश मल्ल, कोषाध्यक्ष इन्दिरा शर्मा, लगायतले बोल्नुभएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top