Free songs
Home / विचार / रगत कति सुरक्षित ?

रगत कति सुरक्षित ?

डा.प्रकास बुढाथोकी

जन्मदै थ्यालेसिमिया रक्तरोगबाट पीडित काठमाडौंवासी २१ वर्षीया एक किशोरीलाई साप्ताहिक रगत चढाउ“दा हेपाटाइटिस सी संक्रमित भइन्।

बासवारीस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयकेन्द्रमा मुटुको शल्यक्रिया गर्दा ओ पोजेटिभ रगत भएकी सर्लाही सिसौटियाकी ५ वर्षीया आकृति कुमारी शाहलाई ए पोजेटिभ रगत चढाइदा उपचारका क्रममा मृत्यृ भएको छ। अस्पताल छानविन गर्छाैं भन्दैछ भने मृतकका आफन्तहरु लापरवाही भएको भन्दै दोषीलाई कारवाही र क्षतिपूर्ति माग गर्दै शब उठाउन मानेका छैनन्।

रक्तदान गर्ने तथा लिने कसैमा औलो त कसैमा हेपाटाइटिस, एचआईभी सर्न थालेका समाचार आउ“दैछन। कही रगत लिएकै कारण मृत्यृवरण भइरहेकै छन्। कसैको रगत शरीरमा चढाउनु भनेको त्यो ब्यक्तिको रोग मात्र शरीरमा प्रवेश गराउनु सरह र जीवन अन्तको निमन्त्रणा गर्न खोजेको भएको छ।

रगत मानव शरीरको मुटु र रक्तनली शीरा, धमनीमा अविरल बगिरहने महत्वपूर्ण तरल पदार्थ हो। प्राकृतिकरूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल प्लाज्माको समिश्रण हो। मानवशरीरमा नया“ रगत बन्ने र पुरानो नष्ट हुने क्रम निरन्तररूपमा चलिनै रहन्छ। सामान्यतया रातो रक्त कोष १२० दिनमा, सेतो रक्तकोष १ साता, लिम्फोसाइट १०० दिनमा र प्लेटलेटको ८ देखि १२ दिनमा चक्र पूरा हुन्छ र नष्ट हुन्छन्। पुरूषमा ७६ मि.लि.प्रति केजी रगत हुन्छ भने महिलामा ६६ मि.लि.प्रतिकेजी रगत हुन्छ। तर दैनिक कार्यसञ्चालन गर्न शरीरमा ५० मि.लि.प्रतिकेजी रगतको आवश्यक पर्दछ।

रक्तसञ्चार
बेलायतका डा. विलियन हार्वेले इ.स. १६१६ मा प्रथम पटक मानिसको शरीरमा निरन्तर रगत प्रवाह हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए भने डा. रिया ओरले १६६५ मा एउटा कुकुरको रगत अर्को कुकुरमा सञ्चार गर्न सफल भएका थिए। जनावरको रगत मानिसमा सञ्चार गराउन थुप्रै डाक्टर, वैज्ञानिकहरुको थुप्रै प्रयासपश्चात सन् १८१८ मा बेलायतका प्रसूति विशेषज्ञ डा. जेम्स बलन्डेलले एउटा मानिसको रगत अर्को मानिसमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित गरेका थिए। रक्तसञ्चारलाई अझ सरल बनाउन आष्ट्रियाका डा. कार्ल ल्याण्डस्टिनरले सन् १९०१ मा एबीओ रक्त समूह पत्ता लगाएका थिए। यस्तै र त्यसपछि विभिन्न समयमा भएका अध्ययन खोज अनुसन्धानले आज विश्वमा धेरै रोगीहरुले पुनर्जीवन पाउने गरेका छन्।

नेपालमा
नैनपाल राज्यलक्ष्मी देवी राणाको नाममा लक्ष्मी ब्लड बैंकको स्थापना भएपश्चात त्यहींबाट २०२३ साल साउन १२ गतेदेखि नेपाल रेडक्रस सोसाइटीले सेवा सञ्चालन शुरु गरेको हो। सरकारले रक्त सञ्चार सेवा ब्यवस्थापनसम्वन्धी सम्पूर्ण जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको छ। तर अनियमितताका कारण रेडक्रसको अधिवेशन र निर्वाचन हुन नसकेका कारणले संस्थाप्रति रहेको जनताको मानवीय सेवाको बिश्वास, भरोसा डगमगाएको छ।

विश्व स्वास्थ्य संगठनले मुलुकको दुई प्रतिशत जनसंख्याले रक्तदान गरेमा माग अनुसारको आपूर्ति सहज हुने बताएको छ। नेपालमा एक हजारमा चार जना वा ०.४ प्रतिशतले मात्र रक्तदान गर्दछन्। विश्वमा नेपाललगायत ५७ वटा देशले रक्तसंकलन र वितरण कार्य शत प्रतिशत स्वयंसेवी संस्थालाई दिएका छन्।

नेपालमा रक्तदान गर्ने पहिलो ब्यक्ति वि.सं. २००० तिर दयावीर कंशाकार भएको पाइन्छ। तत्पश्चात २०२३ मा रक्तसञ्चार केन्द्र शुरु भएपछि पनि पेशेवर रक्तदाताकै बाहुल्य थियो। वि.सं. २०३६ मा संस्थागतरुपमा र २०४९ मा आएर ब्लोदान— ब्लड डोनोर अर्गजाईनेशन अफ नेपालको स्थापना भएको देखिन्छ। हाल आएर पनि मागअनुसार २० प्रतिशत कम रक्तदान हुने गरेको छ। हाल नेपालमा पुरुÈ रक्तदाता ८६.१ प्रतिशत र महिला रक्तदाता १३.९ प्रतिशत छन।

 

रक्तदान नै जीवनदान भएकोले, मानवीय दायित्व ठानी निस्वार्थ भावले गरेको रक्तदानबाट अशक्त, असक्षम रोगीको जीवन रक्षा त हुन्छ नै यसबाट दातालाई मानसिक आत्मसन्तुष्टि र धर्मको अनुभव हुन्छ। हरेक ३÷४ महिनामा रक्तदान गर्दा अर्काको जीवन त जोगिन्छ नै आफ्नो रक्तचाप, लिपिड, कोलेस्टेरोल, युरिक एसिड नियन्त्रण हुन्छ, छाला, हाड तथा मुटु रोग नलाग्ने, महिनावारीमा पेट दुख्ने, डण्डिफोरको समस्याबाट उन्मुक्ति मिल्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

रगत सुरक्षा
औलो रोग एक कीटजन्य रोग मात्र नभई रगतबाट सर्ने रोग पनि भएको अफ्रिकी देशहरुमा भएका विभिन्न खोज अनुसन्धानले देखाएको छ। पछिल्लो समयमा रक्तदान गरिएका रगतहरुमा औलोका परजीवी प्रशस्त मात्रामा देखिने गरेका छन, जुन औलो उन्मूलनको लागि नया“ चुनौती खडा भएको छ।

जन्मदै थ्यालेसिमिया रक्तरोगबाट पीडित काठमाडौंवासी २१ वर्षीया एक किशोरीलाई साप्ताहिक रगत चढाउ“दा हेपाटाईटिस सी संक्रमित भइन्।

बासवारीस्थित मुटु अस्पतालमा चढाएको रक्त समूह नमिलेकै अर्थात रगत लिएकै कारण एक बालिकाले मृत्यृवरण गरिन। कसैको रगत शरीरमा चढाउनु भनेको त्यो ब्यक्तिको रोग मात्र शरीरमा प्रवेश गराउनु सरह र जीवन अन्तको निमन्त्रणा गर्न खोजेको भएको छ आजकल, रगतको परीक्षण सुरक्षित र ब्यवस्थितको प्रत्याभूतिको विश्वास नह“ुदा।

निर्मलीकरण र परीÔण नगरिएका रगतबाट दर्जनांै रोग सर्नसक्छ। रगतको सञ्चार मिश्रित आशीर्वाद हुनसक्ने भएकोले उचित किसिमले, उचित प्रकारले र उचित स्थानमा मात्र रक्तसञ्चार, रक्तदान गर्नुपर्दछ। नेपालमा रक्त सञ्चार, व्लड बैंक सरकारीस्तरबाट मात्र हुने गरेकोले नेपालमा त्यस्तो केही भएको पाइ“दैन। तर रगतको कार्यमा अप्राविधिक संलग्न हुनु, खतरा हु“दाह“ुदै बिरामीका आफन्त रगत रक्तसञ्चार केन्द्रबाट रगत बोक्न संलग्न छन्। ब्लड बंैकबाट अस्पतालसम्म पु¥याउ“दा रगत बिग्रने, संक्रमण हुने जस्ता खतरा रहन्छ। रगत जम्ला भनि विस्तारै मिसाउने भनेकोमा ग्यास्ट्रीकको औÈधि एण्टाएसिड तथा एण्टीबायोटिक हल्लाएजस्तै ज्यादै जोडस“ग हल्लाउने, मिलेन वा बढी भयो भन्दै पटक–पटक ल्याउने, लग्ने, लामो बाटोमा स्टक भन्दै वा गाडीमा हल्लाउ“दै ओसार्ने, घरमा फ्रीज तथा डिपफ्रिजमा राख्ने, साना प्वाल पर्ने, भित्रको रक्तकोÈ बिग्रने जस्ता यावत समस्या आई रक्त सुरÔामा प्रश्न खडा भएका छन्।

रक्तदान र रगत लिने ब्यक्तिको रगत समूह नमिलाएको अवस्थामा रक्त लिनेको रक्तकोष टुक्रिन जान्छ र हेमोग्लोविन बाहिर आएर रक्त नलीमा जम्मा हुन्छ। जसले गर्दा साना रक्तनलीहरूमा रगत प्रवाह बन्द हुन गई मुटु, फोक्सो र मिर्गौलालगायत अन्य अङ्गमा असर पर्न जान्छ। मिर्गौलाले काम गर्न नसक्ने गरी बिग्रन्छ। यसैगरी सबै अङ्गहरु बिग्रिएर मल्टिअर्गन बेकम्मा भई रगत लिने बिरामीको मृत्यृ हुन्छ। तसर्थ आफूलाई नोक्सानी नभई फाइदा हुने र त्यसै खेर जाने रगत प्रदान गर्दा पाउनेको जीवन जोगिन्छ भने मानवताका आधारमा आफ्नो रगत दिनमा कन्जुस्याइ“ नगर्ने भए पनि रक्तसुरक्षामा रगत दिने र लिने सबै सर्तक रहनुपर्दछ।

(न्याम्स, वीर अस्पताल, काठमाडांैका सहप्राध्यापक, बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ।)

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top