Free songs
Home / समाचार / संक्षिप्त समाचार / नयाँ शहर तथा औद्योगिक ग्रामबारे छलफल

नयाँ शहर तथा औद्योगिक ग्रामबारे छलफल

 

शिवराज पन्थी

गढवा। गढवा गाउपालिकाको आयोजनामा बिहीवार गढवालाई नया शहरका रुपमा विकास गर्न तथा औद्योगिक ग्राम बनाउने विषयमा छलफल भएको छ।

नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तरगत परामर्शदाता कम्पनीमार्फत यस आर्थिक वर्षका लागि नया“ शहर कार्यक्रमअन्तर्गत चारवटा योजनाहरुको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने भएको परामर्शदाता कम्पनीका रिचा सुवालले जानकारी दिनुभयो। जसअन्तर्गत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजनाहरु तयार गर्ने र नेपाल सरकारका विभिन्न निकाय तथा शहरी विकास मन्त्रालयमार्फत आयोजना कार्यान्वयन गरिने बताइएको छ।

जसमा गोबरडिहामा कृषि क्याम्पस सञ्चालन तथा निर्माणकोगुरुयोजनाअन्तर्गत २३ करोड ४९ लाख ५४ हजार, वडा नं. ४ को बृहत खानेपानी आयोजनामा ९२ करोड ६५ लाख, जेठानगाउ“–बडहरा बनघुस्री सडकका लागि १३ करोड ७१ लाख र मानपुरमा एकीकृत वस्ती विकासका लागि छ करोड गरी चारवटा आयोजनाका गुरुयोजना तयार गरिएको गाउ“पालिकाले जनाएको छ।

गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सांसद थारुले जनताको मागमा आधारित शहरी विकास योजना भन्दा पनि परियोजना कन्सल्टेन्सीमा आधारित शहरी बिकासको अवधारणाबमोजिम काम सञ्चालन गर्न सुझाव दिनुभयो। गढवाको वडा नं. १ लाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने र गढवा बजार तथा कोइलाबास बजारलाई वस्ती विकासको गुरुयोजना बनाएर शहरी विकासको अवधारणा कार्यान्वयनतर्फ लम्किन गढवा गाउपालिका र परामर्शदाता कम्पनीलाई सांसद थारुले सुझाव दिनुभयो।

यसैबीच दाङ जिल्लाका गढवा गाउ“पालिका र बबई गाउ“पालिकालाई औद्योगिक ग्रामका रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गुरुयोजना बनाउने काम पनि अगाडि बढ्ने भएको छ। बिहीवार गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादव तथा प्रदेश सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको भेलामा यस विषयमा पनि छलफल गरिएको हो।

प्रदेश सरकारको कार्यक्रमअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय दाङले जिल्लाका दुई गाउ“पालिकामा नमूना औद्योगिक ग्राम बनाउन गुरुयोजना तयार गर्न शुरु गरेको कार्यालयका अधिकृत ईश्वरी गौतमले जानकारी दिनुभयो। छलफल कार्यक्रममा गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले सबैतर्फको सकारात्मक सहयोग भए केही वर्षमै गढवा गाउ“पालिकालाई नया शहर र औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो।

सो अवसरमा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त, नवस्वर्गद्वारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा, गढवा गाउपालिकाका वडाध्यक्षहरु वालचन्द्र हमाल, गुलाम मोहम्मद, बाबुराम अधिकारी, सद्दाम सिद्दिकी र तुलसीराम अधिकारीलगायतले बोल्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top