Free songs
Home / फिचर समाचार / घोराहीमा चार सय ७५ जनालाई काम

घोराहीमा चार सय ७५ जनालाई काम

सफाइदेखि कल्भर्ट बनाउने जिम्मा

निमुसंगम घर्ती

घोराहीठ। घोराही उपमहानगरपालिकाले ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरेको छ।

उपमहानगरले बेरोजगारहरुलाई रोजगारस“ग जोड्न र श्रमको सम्मान गर्ने उद्देश्यका साथ सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम बिहीबारबाट लागु गरेको हो।

एक महिनाका लागि एक करोड बजेट संघीय सरकारले घोराही उपमहानगरमा पठाएको छ। उक्त बजेटको ७० लाख कामदारको ज्याला, २५ लाख रुपैया“ औजारहरु खरीद, चार लाख आयोजना सुपरभाइजर तथा व्यवस्थापनमा र एक लाख कन्टिन्जेन्सीमा खर्च गर्ने गरी बजेट बा“डफा“ड भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरीले शुभारम्भ गर्दै श्रमलाई सम्मान गर्ने सोचको विकास आवश्यक रहेको बताउनुभयो। वडा नम्बर २ र १४ बाट कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख चौधरीले सम्मानका साथ श्रममा जुट्न आग्रह गर्नुभयो।

कुनै पनि काम सानो ठूलो नहुने भन्दै सरकारले ल्याएको अवसरमा जोडिएर नगरको विकासमा लाग्न आग्रह गर्नुभयो। फिल्डमा खटिएर काम गर्न लाज मान्ने, संकोच राख्ने, डराउने प्रबृत्तिकै कारण आर्थिक जीवनस्तर सुधार हुन नसक्ने प्रमुख कारण बनेको उहा“ले उल्लेख गर्नुभयो।

वडा नम्बर २ का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा जनता मावि बुकामा कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरिएको हो।

यसैगरी, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डा“गीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडे, जिल्ला अध्यक्ष नारायण भुसाल सहितको उपस्थितिमा लखन पार्कमा कार्यक्रम आयोजना गरी रोजगार कार्यक्रमको शुरुवात गरिएको हो।

कार्यक्रममा रोजगार संयोजक शरद पाण्डेले घोराही उपमहानगरले चार सय ७५ जनालाई रोजगार दिने जानकारी दिनुभयो। दैनिक सात घण्टा काम गर्नुपर्ने र उपमहानगरले त्यसका लागि ३६ वटा विभिन्न योजनाहरु छनोट गरेको छ। ४० हजारदेखि ५० लाखसम्मका योजनाहरुमा ती कामदारहरु जोडिनेछन् भने दैनिक पाच सय १७रुपैया ज्याला पाउनेछन्।

उपमहानगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी ४० हजारदेखि पा“च लाख रुपैया“सम्मको योजना छनोट भएको रोजगार संयोजक शरद पाण्डेले जानकारी दिनुभयो। छनोटमा परेका कामदारले सरसफाइ, बृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, सिंचाई पोखरी निर्माण, कुलो निर्माण, बगैंचा निर्माण, पर्खाल निर्माणजस्ता कामहरु गर्नु पर्नेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top