Free songs
Home / सम्पादकीय / खेलकुद प्राथमिकताको क्षेत्र बनोस्

खेलकुद प्राथमिकताको क्षेत्र बनोस्

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद यो राष्ट्रिय नाराले नै खेलकुदको महत्व दर्शाउ“छ। तर यी नारालाई व्यवहारमा उतार्न हुनुपर्ने चिन्ता र चासो अपेक्षितरुपमा कतै पाइएको छैन। आमयुवालाई मण्डलेकरण गरेर निहीत राजनीतिक स्वार्थपूर्तिका लागि पञ्चायती व्यवस्थामा खेलकुदलाई बढावा दिइएको बाहेक राज्यस्तरबाट खेलकुदलाई प्राथमिकतामा राखेको इतिहास कमै छ। यस्तो अवस्था हुनुमा राज्यका जिम्मेवार निकायमा रहनेहरुले नै खेलकुदलाई सही हिसावले बुझन नसक्नु हो।

खेलकुद राष्ट्रिय एकताको मियो हो। जहाँ जात जाति, भाषा, क्षेत्र, भूगोल भन्दा पनि एउटा नेपालीको खेल प्रदर्शन महत्वपूर्ण मानिन्छ। राष्ट्रिय गौरव र सम्मान बढाउने क्षेत्र पनि हो खेलकुद। यति मात्रै होइन स्वस्थ, तन्दुरुस्त र अनुशासित नागरिक उत्पादनको माध्यम हो खेलकुद। त्यसैले खेलकुदलाई मनोरञ्जनको क्षेत्र मात्रै होइन, यसलाई उत्पादनशील क्षेत्र पनि हो भन्ने बुझ्न जरुरी छ। जसरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलाई मानवीय विकास र प्रतिफल लिन सकिने क्षेत्रका रुपमा बुझिन्छ त्यसैगरी खेलकुदलाई पनि उत्पादन क्षेत्रकै रुपमा राज्यले स्वीकार गर्नुपर्छ। जो अहिलेसम्म हुनसकेको छैन।

राज्य पुनर्संरचनापछि खेलकुदमा सानोतिनो लगानी र धेरथोर चासो बढ्न थालेको भने यथार्थ हो। दश वर्षे द्वन्द्व अवधिमा नराम्ररी थलिएको खेलकुद क्षेत्र शान्तिकालपछि तङ्ग्रिन थालेको छ। रोकिएका टुर्नामेन्टहरु विभिन्न नाममा फेरि चल्न थालेका छन्। खासगरी राष्ट्रपति रनिङ शिल्ड, मुख्यमन्त्री रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप र वडाध्यक्ष कपका नाममा खेलकुद गतिविधिले बढावा पाइरहेका छन्। सरकारी क्षेत्रबाट मात्र होइन संस्थागत र कतै निजीक्षेत्रबाट पनि खेलकुद प्रतियोगिता भइरहेका छन्। जुन सुखद र सकारात्मक छन्। दुखद् कुरा त के हो भने राजनीतिक परिवर्तन र द्वन्द्वका नाममा नेपालमा एउटा पुस्ताले खेलकुदमा चाह“दा चाह“दै पनि प्रवेश पाएन। खेल्ने ठाउँमा बम पड्किने त्रासले अभ्यास समेत गर्न नपाएपछि खेलप्रति एउटा पुस्ता बेखबरजस्तै रह्यो। यसो हु“दा राष्ट्रलाई ठूलो क्षति पुगेको छ।

यो कुराको महसुस तीन तहका सरकार र जनप्रतिनिधिले गर्न जरुरी छ। अहिले प्रदेश र स्थानीय सरकारले क्षेत्र नै तोकेर खेलकुदमा सक्दो लगानी थालेका छन्। आव ०७५÷७६ मा पाँच नम्बर प्रदेशले नीति कार्यक्रममै प्रदेशका एक सय सातवटै स्थानीय तहमा खेलमैदान निर्माण गर्ने भनेर बजेटको व्यवस्था समेत ग¥यो। दाङमै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न बजेटको व्यवस्था ग¥यो। यसले खेलकुदप्रेमीहरुमा आशा पलाएको छ। दाङमा अहिले लमहीमा क्रिकेट मैदान, घोराहीमा क्रिकेट र फूटवल मैदान, तुलसीपुरमा फूटवल रंगशाला र करा“ते कवर्ड हल, घोराहीमा बास्केट बल कोर्ट र व्याडमिन्टन कवर्ड हल बनेका छन्। यिनै पूर्वाधारकै कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल दाङमा सम्भव भएको हो। यति मात्रै होइन, जिल्लाका अन्य पालिकाहरुमा पनि खेलकूद मैदान बन्ने तयारीमा हुनुले खेलकुदमा आशलाग्दो शुरुवात भएको देखिन्छ।

सुविधासम्पन्न रंगशाला, कवर्ड हल निर्माण स्थानीय सरकारबाट सम्भव छैन । तर स्थानीयस्तरका पूर्वाधारस“गै खेलकुदको विकासका लागि स्थानीय सरकारले थुप्रै काम गर्न सक्छ। दाङमा केही कामको शुरुवात पनि भएका छन्। तर सिंगो खेलकुदको विकासका लागि प्राथमिकीकरण गरेर कामलाई अगाडि बढाउन जरुरी छ। दाङको सवालमा सबै पालिकामा पूर्वाधार निर्माणकै कामलाई ध्यान दिन जरुरी छ। शहर केन्द्रित पूर्वाधारले ग्रामीण क्षेत्रको खेलकुद विकास हुनसक्दैन। कहाँ खेल्ने भन्ने व्यवस्थित ठाउँको व्यवस्था हुन सक्यो भने मात्र ग्रामीण तहबाटै खेलकूदको विकास छिटो सम्भव छ। दोस्रो कुरा खेलाडीहरुलाई समयसापेक्ष प्रशिक्षणको पनि आवश्यकता छ। नियमित प्रशिक्षणले नै खेलाडीको क्षमता विकास गर्न सकिन्छ भन्ने कुरालाई पालिकाहरुले ध्यान दिनुपर्छ। तेस्रो कुरा भनेको प्रशिक्षित खेलाडीहरुबीच पनि प्रतिस्पर्धा अर्थात नियमित खेलकुद प्रतियोगिता आयोजना गरिनुपर्छ। प्रतियोगिता नै हुन सकेन भने खेलाडीको क्षमता मापन हु“दैन। क्षमता मापनले नै उसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पु¥याउन सक्छ। यहाँ खेलकुद प्रतियोगिता आउदा त्यसलाई उत्सवमय बनाउने भन्दा पनि दशैं मनाउने प्रवृत्ति बढी छ। खेलकुद र खेलाडीको विकास र भौतिक पूर्वाधारका लागि आएको रकममा आ“खा लगाउने प्रवृत्तिलाई निरुत्साहित नगरी खेलकुद क्षेत्रको विकास हुनसक्दैन। त्यसमा सरोकारवाला लाग्नुपर्छ। यतिमात्रैले पुग्दैन, खेलाडीहरुलाई नियमित पुरस्कृत र प्रोत्साहन गर्न जरुरी छ। नत्र बीचैमा छोड्ने र निराशातिर खेलाडी पुगे भने जतिसुकै राम्रा प्रतिभा पनि बीचैमा हराउन सक्छन्। भइरहेकालाई प्रोत्साहन, प्रशिक्षण र नयाँ प्रतिभाको खोजीलाई पनि उत्तिकै ध्यान दिन सकियो भने सा“च्चिकै दक्ष खेलाडी त पाइन्छ नै देशले स्वस्थ र अनुशासित नागरिक पनि पाउनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top