Free songs
Home / समाचार / प्रमुख समाचार / कृषि सामग्रीको गोदाम खाली : मल नपाएर किसानलाई छट्पटी

कृषि सामग्रीको गोदाम खाली : मल नपाएर किसानलाई छट्पटी

 

दशरथ घिमिरे

देउखुरी। धानको ब्याड छर्ने तयारी गर्नुभएका भरत चौधरी रासायनिक मलको लागि सहकारी संस्थामा धाउन थालेको झण्डै महिना दिन पुग्न आ“ट्यो। तर उहा“ हरेक दिन खाली हात घर फर्किनुभयो। लमही नगरपालिका वडा नं. ६ खैरी निवासी चौधरी मल नपाएपछि आक्रोशित हुनुहुन्छ। ‘एक महिना भयो मलको लागि धाउ“दै आएको तर पाइएन’– उहा“ले भन्नुभयो– ‘घरको काम सारी सारी आए“। अहिलेसम्म मलको टुंगो छैन। मलाई दुई बोरा डिएपी र दुई बोरा युरिया चाहिन्छ।’

कौशिला गौतम हरेक दिन मलको लागि बोरा बोकेर बजार धाउनुहुन्छ तर मल भने पाउन सक्नुभएको छैन। ‘नौ दिन भयो सहकारीमा आउन थालेको। अटो भाडा खर्च गरेर आउ“छु’– उहाले भन्नुभयो– ‘घरमा श्रीमान् बिरामी भएर थलिनु भएको छ। पानी खुवाउने मान्छे छैन। म मलको लागि हिडिरहेको छु। तर पाइएको छैन।’ किसानले मल नपाएको भन्दै सहकारी संस्था र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्। उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लमहीबाट पर्याप्त मल पाउन नसकेको भन्दै किसानले सहकारी र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन्। किसान, जनप्रतिनिधि र सहकारी संस्थाको बीचमा भएको छलफलले रासायनिक मल सहज बनाउन सरकारलाई अनुरोध गर्ने, सहकारीमा प्राप्त मल पारदर्शी ढंगबाट वितरण गर्ने सहमति गरेको छ।

गोदाम खाली

अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम खाली छ। मलले भरिभराउ हुनुपर्ने गोदाम खाली भएको हो। जेठ र असारमा धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै त्यो मल आइनपुगेको कृषि सामग्री कम्पनी लिमिटेड लमही उपशाखाका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो। ‘धानको लागि जेठ र असार महिनाको लागि मात्रै भनेर युरिया छ सय मेट्रिक टन र डिएपी चार सय मेट्रिक टन माग गरेर पठाएको छु। तर अझै त्यो मल आइपुगेको छैन’– उहा“ले भन्नुभयो– ‘देशभर सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। तर तीन लाख मेट्रिक टन मात्रै अनुदानमा प्राप्त हुन्छ। अनि कसरी सबैलाई आवश्यकताको आधारमा मल पुग्छ ?’

सरकारले तीन प्रकारको खेतीको लागि रासायनिक मल अनुदानमा उपलब्ध गराउ“दै आएको छ। धान, गहु“, मकैको लागि मल अनुदानमा किसानलाई उपलब्ध गराउने गरिन्छ। तर मल पर्याप्त नहु“दा किसानले दुःख पाउने गरेका छन्। अनुदानमा आउने मल समेत ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेडिङलाई वितरण गरिन्छ। तेस्रो मुलुकबाट रासायनिक मल नेपाल आउने गर्छ। यस वर्ष भारतमा चुनाव भएका कारण नेपाल सरकारले समयमै समन्वय नगर्दा नेपालमा रासायनिक मल समयमा भित्रिन नसक्दा अभाव सिर्जना भएको हो।

हरेक वर्ष मलको अभाव हुने गर्छ। तर समस्या समाधान गर्न सरकारले ध्यान दिएको छैन। ‘आधा भन्दा कम मल आउँछ। जहिल्यै अभाव हुन्छ। मलमा अनुदान बढाउनैपर्छ’– कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख श्रेष्ठले भन्नुभयो– ‘मलको अभाव हुँदाहुँदै पनि प्राप्त भएको मलको बिक्री वितरण सहकारीले पारदर्शी गर्नुपर्छ। हामीकहाँ आएको मल एक रात समेत राख्दैनांै। समानुपातिक हिसाबले सबै वितरण गरिसक्छौं।’ देउखुरीमा ३२ वटा सहकारीले मल किसानलाई प्रत्यक्ष बिक्री वितरण गर्दै आएका छन्।

कम्पनीले ०७५ साउनदेखि ०७६ जेठ ३० गते सम्म युरिया ११ सय ५६ दशमल आठ सय मेट्रिक टन, डिएपी सात सय चार दशमलव तीन सय मेट्रिक टन, पोटास ५२ दशमलव सात सय ५० मेट्रिक टन वितरण गरेको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top