Free songs
Home / विचार / अबको चिन्तन ः होम सेन्टर परीक्षाको व्यवस्थापन

अबको चिन्तन ः होम सेन्टर परीक्षाको व्यवस्थापन

जीतबहादुर शाह

आज फेरि दाङको बसाइको झझल्को यो मनमा आइरहेको छ। मैले दाङमा काम गर्न आउनुपूर्व त्यहा“का एसएलसी परीक्षाका केन्द्रहरु होम सेन्टरमा आधारित थिए। अर्थात आफूले अध्ययन गरेको विद्यालयमा परीक्षा केन्द्र छ भने त्यहा“का परीक्षार्थीहरुले पनि त्यहींबाट परीक्षा दिन पाउ“थे। यद्यपि नियम र निर्देशिकाले विशिष्ट परिस्थितिमा बाहेक होम सेन्टर नराख्ने उर्दी जारी गरेको थियो। मैले दाङ आउनुपूर्व काम गरेको जिल्ला जुम्लामा समेत होमसेन्टरको प्रचलन थिएन। जब कि दाङ भन्दा जुम्ला भौगोलिक विकटताको हिसावले निकै जब्बर थियो। दाङमा आएर काम गर्दा मलाई जुम्लाको परिवेशले उत्साहित बनायो। मैले दाङमा आएर नियम र निर्देशिकामा भएको प्रावधानलाई समेत उल्लेख गर्दै ‘जुम्लामा होमसेन्टर नहुने गरी परीक्षा केन्द्रको ब्यवस्थापन गर्न सकिन्छ भने यहा“ गर्न किन नसकिने ?’ भन्ने सम्बन्धमा शिक्षकका पेशागत संस्थाका प्रतिनिधिलगायत शिक्षाका अन्य सरोकारवालाहरुस“ग निरन्तर सम्बाद चलाइयो। अन्ततः दाङका एसएलसी परीक्षाका केन्द्रहरु पनि होमसेन्टरबाट मुक्त भए।

विद्यालयतिर अनुगमनको क्रममा जा“दा भने विद्यार्थीहरुले भेटेर आफ्ना दुखेसाहरु पस्कन थाले – ‘हामीले हाम्रो आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने ब्यवस्थालाई तपाइ“ले किन हटाउनुभयो ? हामीलाई दुख दिएर हजुरले के पाउनु हुन्छ ?
विद्यार्थीहरुलाई परीक्षाको बेला सकेसम्म कम दुःख दिने गरी सरकारले आवश्यक ब्यवस्था मिलाउनुपर्नेमा झन उल्टो काम किन गरेको हो ?’ उनीहरुले भनेका कुराले मन छोयो। हो जस्तै पनि लाग्यो। तथापि उनीहरुलाई मैले सहजीकरण गरें– ‘सबैको परीक्षा केन्द्र आ–आफ्नो विद्यालयमा राख्न त सम्भव छैन। त्यसमा पनि आफ्नो विद्यालयमा आफूले परीक्षा दिने वातावरण भयो भने बाहिरको भीडभाड बढी हुन्छ। परीक्षाको वातावरण स्वच्छ, मर्यादित र शान्तिपूर्ण हु“दैन। परीक्षार्थीले स्वविवेकको प्रयोग गरी लेख्ने वातावरण हु“दैन। त्यसैले आफ्नै छिमेकी विद्यालयमा जाने हो। धेरै टाढा पनि जानु पर्दैन। धेरैजसोले त आफ्नै घरबाट समेत भ्याउन सक्नुहुन्छ। बढीमा दुई हप्ताको लागि हुने यो असजिलोलाई अन्यथा नलिन अनुरोध गर्दछु।’

अन्ततः होम सेन्टरको अन्त गरी परीक्षाहरु सञ्चालन गरियो। गत विगतको परीक्षा केन्द्र बाहिरको भीडभाड शून्यमा झ¥यो। परीक्षा हलभित्रको वातावरण पनि मर्यादित र शान्तिपूर्ण भयो। कुनै कोठामा अमर्यादित वातावरण देखिएमा उक्त कोठाको निरीक्षकलाई निष्कासन गर्न थालेपछि त्यसको सकारात्मक असर परीक्षालाई मर्यादित, निष्पक्ष र स्वच्छ बनाउने सवालमा देखिन थाल्यो। साथै यसको असर नतिजामा पनि देखियो। नतिजामा भने नकारात्मक किसिमले देखियो। गत विगतमा साठी प्रतिशत नाघेको जिल्लाको उत्तीर्ण प्रतिशत उक्त वर्ष अर्थात २०६८ को दाङ जिल्लाको परीक्षाको नतिजा तीस प्रतिशतकै हाराहारीमा अल्झियो। विगत वर्षको तुलनामा परीक्षाको नतिजा यसरी खस्कनुमा होम सेन्टर हटाइनु र परीक्षालाई मर्यादित किसिमबाट सञ्चालन गरिनुलाई विशेष कारणको रुपमा दाङको शैक्षिक बृत्तमा छलफलहरु चले।

त्यतिबेला भन्दा यतिबेला शिक्षाका सरोकारवाला र अभिभावकहरु पनि सचेत भएका छन्। परीक्षाको नतिजा पनि नकारात्मकताबाट सकारात्मकतातिर ढल्किएको अवस्था छ। अनुत्तीर्ण भनेर सर्टिफिकेटमा लेखिने पद्धतिको अन्त भएको छ। सरकारले पनि यस्ता परीक्षाहरुलाई मिडियामा पहिले जस्तो अनावश्यक महत्व दिएर हल्लाखल्ला गर्दै हाउगुजी बनाउने गरेको छैन।

परीक्षार्थीहरुले पनि परीक्षा हलमा नक्कल गर्नका लागि अनुकूल वातावरण भए पनि त्यो काम गर्नका लागि उद्यत देखिने गरेका
घटनाहरु न्यून भइसकेका छन्। परीक्षाको अनुगमन र निरीक्षणको क्रममा पनि त्यस्ता घटनाहरु देखिदैनन् अब। देखिए पनि यदाकदा सोमबारे औशी जस्तै हुन्छन्। विभिन्न प्रदेश र जिल्लाका परीक्षाहरुको अनुगमनको अनुभवबाट यही कुराको अन्तज्र्ञान मभित्र पलाएको मलाई महसुस भएको छ।
कक्षा ११ र कक्षा १२ को परीक्षाको ब्यवस्थापनमा पनि होमसेण्टरलाई सहजरुपमा स्वीकार गरेको छैन। यस सम्बन्धमा जाजरकोट जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी एवं हालका वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंह होम सेन्टर परीक्षाको पक्षमा आफ्ना कुराहरु खरो तरीकाले सप्रमाण यसरी राख्नुहुन्छ– ‘परीक्षाको समयमा विद्यार्थीहरुले अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएको कारणले गास र बासको निम्ति थप ब्यवस्थापन गर्नुपर्ने हुन्छ। आर्थिक, सामाजिक र मानसिक सबै हिसावले थप बोझको सामना गर्नुपर्ने हुन्छ। पहाड र हिमालका कतिपय परीक्षा केन्द्रको आसपासमा राम्रो खानपिन र आवासको निम्ति सुविधा नभएको कारणले धेरै परीक्षार्थीहरुले परीक्षाका निम्ति भन्दा पनि खानपान र बसाइका निम्ति दिमाग खर्चनु पर्ने हुन्छ। होम सेन्टर नभएका कारणले हरेक अभिभावकले बीसदेखि तीस हजारसम्म खानपान र बसाइ ब्यवस्थापनका लागि खर्च गर्नुपर्ने हुन्छ। यही बेला कतिपय परीक्षार्थीहरु यौन हिंसामा पर्ने संभावना पनि त्यत्तिकै प्रवल हुन्छ।’

मैले ललितविक्रम सिंहबाट उठान भएका कुराहरुलाई नकार्न सकिन। बरु हामी विद्यार्थीप्रति जति सकारात्मक हुनुपर्ने हो त्यति हुन सकेनौं कि जस्तो लाग्दैछ। धान खाने मुसो, चोट पाउने विरालो भने झै कतै अरुले गर्ने गरेको गल्ती र कमीकमजोरीको सजाय विद्यार्थीहरुलाई दिने काम गरिरहेका छौं कि झै लाग्दैछ। हामीले परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउने नाममा सजिलो बाटो रोज्यौं कि झै लाग्दैछ। केही बोल्न नसकेर जे जति दुःख पाए पनि पुर्पुरोमा हात राख्दै दैवलाई जिम्मा दिने अभिभावकहरुलाई सिधासाधा र बोल्न नसक्नेदेखि अन्याय ग¥यौं कि झै लाग्दैछ। जाजरकोट जिल्लाको कुनै परीक्षा केन्द्रबाट कक्षा १२ को एउटा परीक्षार्थीले समय र स्रोतसाधनको अभावले तीन दिनसम्म पुग्ने गरी रोटी बनाएर राखेको र त्यही बासी रोटी खाएको कारण झाडापखाला लागेर विरामी भएको दृष्टान्त पूर्वजिशिअ ललितविक्रम सिंहबाट सुन्दा यो मनमा झनै पीडाबोध भयो।
परीक्षाको समयमा परीक्षार्थीहरुले अवसर र परिवेशलाई नियालिरहेका हुन्छन्। मानौं कि कोठाभरि परीक्षार्थीहरुले परीक्षाको क्रममा नक्कल एवं अमर्यादित ब्यवहार गरिरहेका छन्। निरीक्षक लगायत परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको टिमले त्यसलाई नियन्त्रण गर्नुको सट्टा उनीहरुलाई झनै त्यो काममा उत्साहित गरिरहेको छ भने त्यस्तो अवस्थामा आफ्नो विवेक प्रयोग गरी लेख्न चाहने परीक्षार्थीहरु पनि अरुको झै अमर्यादित ब्यवहार गर्नतिर स्वभावैले उद्यत भइरहेका हुन्छन्। त्यसैले परीक्षार्थीहरुलाई परीक्षा हलमा कतातिर डो¥याउने भन्ने कुरा परीक्षार्थीहरुको हातमा भन्दा पनि परीक्षा सञ्चालन गर्नेहरुको हातमा हुने कुरामा सायद कसैमा द्विविधा छ जस्तो लाग्दैन। अतः परीक्षालाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा डाडु पन्यू हातमा भएकाहरुले परीक्षार्थीमैत्री दृष्टिकोणबाट सोच्नु बढी उपयुक्त देखिन्छ।

यसका लागि परीक्षा सञ्चालनका लागि खटिने शिक्षक र कर्मचारीहरु परीक्षार्थीहरु सम्मिलित भएका विद्यालयहरुबाट नपर्ने गरी खटनपटनको ब्यवस्था मिलाउनुपर्दछ। बरु उनीहरुलाई आफ्नो विद्यालय छोडेर बाहिर जानु परेको कारण हुने असुविधाका लागि खटनपटन गर्ने निकायले यथोचित रुपमा उनीहरुको असुविधालाई सम्बोधन गर्न सक्नुपर्दछ। राम्रो परीक्षाका सूचकहरु निर्माण गरी तिनै सूचकका आधारमा राम्रो काम गर्ने परीक्षाको केन्द्राध्यक्ष र उसको समग्र टिमलाई प्रोत्साहित गर्न सक्नुपर्दछ। अनुगमनलाई सघन, प्रभावकारी र जिम्मेवार बनाइनुपर्दछ। यसका लागि परीक्षा केन्द्रको परीक्षा सञ्चालनको जसअपजस सबैमा जिम्मेवार हुने किसिमले हरेक परीक्षा केन्द्रका लागि पूरै समय खट्ने गरी अनुगमनकर्ताको ब्यवस्था गरिनुपर्दछ। साथै अनुगमनकर्ताका प्रतिबेदनका आधारमा परीक्षाका भावी कार्यक्रमहरु तय गरिनुपर्दछ।

कतै परीक्षाहरु सोचे भन्दा बढी मर्यादित र ब्यवस्थित भइसकेका छन्। कतै सामान्य छन् त कतै हुनुपर्ने जति पनि हुन अझै बा“की छन्। परीक्षा सञ्चालनको गुणस्तरमा यो विविधता देखिनुमा आजको परिवेशको आधारमा भन्नुपर्दा केही भूमिका अभिभावक र विद्यार्थीको होला तर धेरै भूमिका परीक्षा सञ्चालनमा खट्ने र खटाउनेहरुको नै देखिन्छ। कक्षाकोठामा विद्यार्थीहरुलाई प्रभावकारी शिक्षण सिकाइ गर्ने काममा अल्छी गर्ने तर परीक्षा हलमा भने विद्यार्थीहरुको प्यारो हुन खोज्नेहरुबाट पनि परीक्षाको मर्यादामा खलल पु¥याउने काम भइरहेको देखिन्छ। शिक्षण पेशाको

मर्म र गर्वलाई आत्मसात गर्नुको सट्टा ट्यूसन सेन्टरहरुतिर धाउ“दै र कमाउ“दै गर्नेहरुबाट पनि परीक्षाको मर्यादामा असहज भएका अनुभव र भोगाइ धेरै परीक्षा केन्द्रहरुको छ।

सारमा परीक्षालाई मर्यादित र ब्यवस्थित गर्नुको अर्को विकल्प छैन। यसका लागि परीक्षाको अवधिमा परीक्षार्थी र अभिभावकलाई पेल्नु शिक्षा मनोविज्ञानको हिसावले समेत उचित होइन। बरु परीक्षा ब्यवस्थापनका अन्य पक्षलाई प्रभावकारी बनाउनेतर्फ सोच्नुपर्दछ। परीक्षार्थीहरुबाट परीक्षा शुल्क र रजिष्ट्रेसन शुल्क वापत उठ्ने कुल राजश्व रकमको आधा रकम पनि परीक्षा व्यवस्थापनका लागि विनियोजन गर्न नसकेको अवस्था छ। यसतर्फ पनि गम्भीर हु“दै लोकसेवा आयोग र शिक्षक सेवा आयोगका नम्र्सलाई पछ्याउनु जरुरी छ। शिक्षण सिकाइ क्रियाकलापलाई जीवन्त बनाउने हो भने परीक्षाको बारेमा त्यति धेरै चिन्ता गर्नुपर्दैन कि जस्तो पनि लाग्छ। यी सबैको आ“कलन गर्दा होम सेन्टर हु“दा पनि परीक्षाको मर्यादामा कुनै किसिमको तलमाथि हुन्छ जस्तो पनि लाग्दैन। सबैलाई चेतना भया।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top