Free songs
Home / सम्पादकीय / सहकारी व्यवस्थापनका चुनौती

सहकारी व्यवस्थापनका चुनौती

केही समयदेखि बाँकेको एउटा सहकारीमा भएको घोटाला निकै चर्चामा छ। चारजना कर्मचारीले २६ करोड रुपैयाँ हिनामिना गरेपछि बन्द भएको सहकारी वित्तीय विकास संस् था लिमिटेडले ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको छ। सहकारीका पदाधिकारीले आफ्नो जग्गा बैंकमा राखेर ऋण निकालेर शेयर र बचतको पैसा फिर्ता गर्न थालेका छन्। सहकारीका बैंकिङ प्रबन्धकले २२ करोड, नायव महाप्रबन्धकले तीन करोड, खजुरा शाखाका प्रमुखले ६४ लाख र बैजापुर शाखाका प्रमुखले ४४ लाख हिनामिना गरेको सहकारीका पदाधिकारीले बताएका छन्। यसमा सबै कर्मचारीको दोष वा पदाधिकारी पनि जिम्मेवार छन्, खुल्दै जाला तर महत्वपूर्ण सवाल सहकारीमा हुने बेथितिको यो घटनाले पर्दाफास गरिदिएको छ। गरिव मजदूरले रिक्सा चलाएर बचाएको, गिट्टी कुटेर जम्मा गरेको, खाडी मुलुकमा पसिना बगाएर पठाएको पैसा जम्मा गरेको सहकारीले २६ करोड हिनामिना गर्नु सानो बदमासी हुँदै होइन। यो एउटा प्रतिनिधिमूलक घटना हो। सहकारी क्षेत्रमा यति ठूला बेथिति पनि हुने रहेछन् भन्ने यो घटनाले देखाएको छ। साथसाथै अन्यत्रका सहकारीहरुको भित्री अवस् था के छ भनेर समीक्षा गर्ने र शुद्धिकरण गर्ने अवसर पनि यो घटनाले दिएको छ।

सहकारी निजी लगानी र सामूहिक उत्पादनमा आधारित अर्थव्यवस् था हो। यो अर्थनीति मात्रै होइन सामाजिक पद्धति पनि हो। विश्वमा दुईखालका राजनीतिक विचारधाराको प्रभाव छ। पूँजीवादी र समाजवादी दुबै विचार मान्नेहरुले सहकारीलाई अ“गाल्ने गरेका छन्, यद्यपि उनीहरुका केही मान्यता फरक छन्। पूँजीवादी विचारधारा स् वीकार गर्नेहरुले सन् १८४४ देखि बेलायतबाट आधुनिक सहकारीको शुरुवात गरे। बेलायतमा पीठो र चिनीको ब्यापारद्वारा शुरु गरिएको सहकारी अभ्यास अहिले विश्वब्यापीरुपमा चलेको छ। त्यसो त समाजवादी विचारधारा मान्नेहरुले पनि सहकारीलाई संक्रमणकालीन अर्थव्यवस् थाको रुपमा स् वीकार गरेको देखिन्छ। सन् १९१७ मा लेनिनले रुसमा समाजवादी क्रान्ति गरेपछि केही वर्ष समाजवादी अर्थतन्त्रको अभ्यास गरे तर निजी लगानीबिना अर्थतन्त्र नै समाप्त हुन थालेपछि उनले सन् १९२१ मा नयाँ आर्थिक नीतिमार्फत सहकारीको अभ्यास थालियो। राज्यनियन्त्रित सहकारीले पनि निजी क्षेत्रलाई आकर्षित गर्न नसकेको ठहरसहित गोर्वाचोभले १९८८ मा सहकारी ऐन नै ल्याएर समाजवादी संरचना भत्काएर निजी क्षेत्रलाई सहकारीमार्फत स् थापित गराए।
यहाँ यो पृष्ठभूमि किन उल्लेख गर्न खोजिएको हो भने सबैखाले राजनीतिक विचारधाराले सहकारीलाई उपयोग गर्न खोजेको देखिन्छ। समाजवादीहरुले सामूहिकतालाई जोड दिंदै सामूहिक उत्पादन र सामूहिक वितरणमा जोड दिन्छन् भने पूँजीवादीहरुले सहकारीलाई व्यक्तिको व्यक्तित्व, नेतृत्व र आर्थिक अवस् था सुधार गर्ने अवधारणाको रुपमा लागु गर्न खोज्छन्। नेपाल त अझ पूर्वीय दर्शनको केन्द्र हो। यहाँ अर्मपर्म, ऐंचोपैंचो, धर्मभकारी, बचतघरजस् ता विभिन्न अभ्यास भइसकेको छ। पछि त्यसकै आधुनिक रुप सहकारी भएको हो। नेपालमा आधुनिक सहकारीको शुरुवात २०१३ साल चैत २० गते भए पनि सामाजिक अर्थव्यवस् थाको रुपमा परापूर्वकालदेखि नै हामीले सहकारीको अभ्यास गर्दै आएका छौं। सुखदुःखमा साथ दिनु र समाजमा सहकार्य गर्नु सहकारीको सामाजिक रुप हो। आधुनिक सहकारीको सिद्धान्तले पनि यसलाई निकै लोकतान्त्रिक र पारदर्शी व्यवस् थाको रुपमा अथ्र्याएको छ। नेपालले तीन खम्बे अर्थनीति लागु गरेपछि सरकारी, निजी र सहकारीलाई समानरुपमा स् थापित गर्न खोजेको देखिन्छ।

यति महत्वपूर्ण सैद्धान्तिक आधारमा शुरु भएको सहकारीको अवधारणाको किन सही प्रयोग गरिदैन र बेला–बेला सहकारीमा करोडौंका अनियमिता फेला पर्छन् ? यसको सोझो जवाफ हो– सहकारीलाई सहकारीकै सिद्धान्तअनुसार नचलाउनु। जुन सहकारी सहकारीको अवधारणामा चल्दैनन्, तिनीहरुको नियति ढिलाचाँडो अहिले बाँकेको सहकारीले भोगेकै नियति ब्यहोर्नुपर्दछ। सहकारीको साधारण अर्थले सहकार्य, सहअस् ितत्व, समान कार्य वा सँगसँगै गरिने कामलाई बुझाउँछ। सहकारी सबैको हुन सकिरहेका छैनन्। सबैबाट लगानी संकलन गरिन्छ तर केहीले मात्रै संस् था चलाउँछन्, सहकारीको मुख्य समस् या यही हो। अन्यथा सहकारीमा समान कार्य हुँदो हो त एउटा संस् थामा २६ करोड हिनामिना हुने स् िथति नै आउँदैन। राज्यले अर्थतन्त्रको महत्वपूर्ण हिस् सा मानिसकेको र समाजले पनि जीवन पद्धति बनाइसकेको सहकारीलाई यसको सिद्धान्तअनुसार नै चलाउन राज्यले प्रभावकारी नियमनको भूमिका निर्वाह गर्नैपर्छ। एक्लै लगानी गर्न नसक्नेहरु मिलेर लगानी गर्ने र उत्पादन, वितरण, बचत र लगानीको आर्थिक चक्र पूरा गरी सदस् यहरुको समान आर्थिक हैसियत विकास गर्न सहकारी आवश्यक परेको हो। तर, यहाँ अधिकांश सहकारीमा हुनेखानेको मात्रै लगानी छ र उनीहरुको मात्रै बोलबाला छ। साना शेयरधनी र बचतकर्ता शासितको रुपमा र ठूला शेयरधनी शासकको रुपमा रहँदासम्म सहकारीको समस् या कायमै रहन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top