Free songs
Home / फिचर समाचार / सर्वोदय भवनको शिलान्यास : ‘पुस्तकालय ज्ञानलाई परिपक्व बनाउने थलो’

सर्वोदय भवनको शिलान्यास : ‘पुस्तकालय ज्ञानलाई परिपक्व बनाउने थलो’

घोराही (युस)–दाङको घोराहीमा सर्वोदय पुस्तकालय तथा वाचनालयको भवन शिलान्यास गरिएको छ। घोराही उपमहानगरपालिका–१५ गौतमनगर टोलमा बन्न लागेको भवनको शनिवार मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गर्नुभएको हो।

एक करोड १६ लाख रुपैया“को लागत अनुमान गरिएको भवन चार तल्लाको हुनेछ तर पहिलो चरणमा दुई तल्लाको मात्रै बन्ने गरी काम शुरु हुने भएको छ। बालारुपी निर्माण सेवा प्रालि दाङले निर्माणको जिम्मा लिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैया“ बजेट विनियोजन गरेको छ। पुरानो भवनलाई भत्काएर बनाउन लागिएको भवनमा भुई तल्लामा व्यापारिक सटर, दोस्रो तल्लामा बाल पुस्तकालय र इ–लाइब्रेरी, तेस्रो तल्लामा पुस्तकालय र चौथो तल्लामा कार्यालय तथा सभाहल बनाउने योजना रहेको वाचनालयका अध्यक्ष सुशील गौतमले जानकारी दिनुभयो।

भवनको शिलान्यासपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले पुस्तकालयको भवन बनाउने काममा बजेट अभाव नहुने बताउनुभयो। बहुवर्षीय योजनामार्फत काम गर्ने र प्रदेशले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। बजेटको चिन्ता नगर्न आग्रह गर्दै समयमै गुणस्तरीय काम कसरी गर्ने भन्नेमा चिन्ता गर्न पुस्तकालयका पदाधिकारी र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो। पुस्तकालय ज्ञानलाई परिपक्व बनाउने थलो भएको भन्दै उहा“ले पठन संस्कृति सबैका लागि अपरिहार्य विषय भएको उल्लेख गर्नुभयो।

वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकार लोकप्रियता कमाउन भन्दा पनि जनताको मन जितेर परिणाम देखाउने पक्षमा रहेको बताउनुभयो। जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संघीयता कार्यान्वयनलाई व्यवस्थापन गर्दा अपेक्षित नभए पनि सन्तोषजनक काम भएको मुख्यमन्त्री पोख्रेलको भनाइ छ। बाझिएका कानुनलाई संशोधन र कर्मचारी समायोजनमा एक वर्ष बिते पनि बितेको वर्ष ऐतिहासिक वर्ष भएको उल्लेख  गर्नुभयो। सबै पक्षको सहयोगले प्रदेशलाई नमूना प्रदेश बनाउने सोच रहेको भन्दै तथ्यमा आधारित भएर टिप्पणी र आलोचना गर्न आग्रह गर्नुभयो।

विशेष गरी अर्थशास्त्रीहरु अध्ययन र विवेचना बिनै टिकाटिप्पणीमा उत्रिदा पनि जनतामा निराशा देखिएको गुनासो गर्नुभयो। निर्यातभन्दा आयात बढी देखिए पनि त्यो उत्पादन र रोजगारस“ग जोडिएको बताउनुभयो। गहिराइमै नगई आलोचना गरेर चर्चामा आउने प्रबृत्ति हावी हु“दा त्यसले जनतामा निराशा छाउने उहा“को भनाइ थियो।

वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वाचनालयका संस्थापक नारायणप्रसाद शर्माले पुस्तकालयस“ग सबैको भावना जोडिएको उल्लेख गर्दै सरकारले गर्न थालेको संरक्षणप्रति खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले धन्यवाद र वाचनालयका सदस्य पद्मप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top