Free songs
Home / फिचर समाचार / राप्ती नदीमा मनपरी : मध्यरातमा समेत उत्खनन्

राप्ती नदीमा मनपरी : मध्यरातमा समेत उत्खनन्

युगबोध समाचारदाता

देउखुरी । विकास निर्माणको काम प्रभावित हुने नाममा मध्यरातमा समेत नदीजन्य वस्तुको उत्खनन् हुने गरेको पाइएको छ। राप्ती गाउ“पालिकाले नदीजन्य वस्तुको उत्खनन्को लागि ठेक्का लगाएको स्थानबाट ठेकेदारले रातिको समयमा पनि नदीजन्य वस्तुको उत्खनन् गर्ने गरेको पाइएको हो। ‘डोजरले रातिको समयमा समेत उत्खनन् गरिरहेको छ’– स्थानीय नागरिकले भने–‘डोजर र टिप्परले नदी ढाकिएको हुन्छ। मध्यरातिसम्म उत्खनन् चल्छ। कोही पनि नदीमा पुगेर हेर्दैनन्।’ राप्ती नदीको भालुबाङ क्षेत्रमा प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान नजिकै जथाभावीढंगले नदीजन्य वस्तुको उत्खनन भइरहेको छ।

५८ सय हेक्टर जमिन सिंचाइ

गर्न प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ। तर यसरी अनियन्त्रित उत्खननले नदीको सतह गहिरिन गएको छ। जसले गर्दा सिंचाईमा समस्या पर्ने गरेको छ। स्थानीय सरकार र ठेकेदारको मिलोमतोमा जथाभावी उत्खनन ह“ुदासमेत प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप लाग्ने गरेको छ। ‘पा“च फिट÷दश फिट गहिरो खाडल खनेर उत्खनन गरिएको छ’– स्थानीय पत्रकार महेश रिजालले भन्नुभयो– ‘नदी क्षेत्रमा यसरी रात दिन डोजर चलाएर उत्खनन हुदासमेत कसैको ध्यान नजानु दुःखद हो।’

दोभानमा मनपरी

राप्ती नदी र रंगसिंग खोलाको दोभानमा नदीजन्य वस्तु उत्खनन मनपरीढंगले भइरहेको हो। यो दोभानमा राप्ती गाउ“पालिका, गढवा गाउ“पालिका र अर्घाखा“चीको शीतगंगा नगरपालिकाको सिमाना समेत जोडिएको छ। दुई गाउपालिका र एक जिल्लाको सीमा क्षेत्रमा पर्ने दोभानामा रातदिन डोजरले नदीजन्य वस्तु उत्खनन् गर्दै क्रसर उद्योगमा बिक्री भइरहेको छ। राप्ती नदीको पानीलाई आधार मानेर प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ। वर्तमान अवस्थामा बड्कापथ कुलो सिंचाई आयोजनाको पूर्वाधारको काम चलिरहेको छ। ठूला सिंचाईका आयोजना राप्ती नदीको पानीमा आश्रित छन्। तर यही नदीको सतह गहिरिनेगरी नदीजन्य वस्तु उत्खनन् भइरहेको समाजवादी पार्टीका संघीय परिषद सदस्य होमप्रसाद शर्माले बताउनुभयो। ‘प्रगन्ना र बड्कापथ सिंचाई आयोजना प्रभावित हुनेगरी महिना दिनअघिबाट अनाधिकृतरुपमा राप्ती दोहन भइरहेको छ’– उहा“ले भन्नुभयो– ‘यसरी दोहन हु“दासमेत सम्बन्धित निकाय मौन हुनु आफैमा रहस्यमय छ।’

लचकताले जथाभावी उत्खनन

विकास निर्माणको काम प्रभावित हुन थालेको स्थानीय पालिकाहरुको अनुरोधको आधारमा राप्ती नदीमा नदीजन्य वस्तु उत्खनन्का लागि मेसिनरी औजार प्रयोग गर्न दिइएपछि अहिले जथाभावी उत्खनन भइरहेको छ।

विकास निर्माणको ठूला योजनाहरु प्रभावित हुन नदिन मेसिनरी औजार प्रयोग गर्न दिने लचकताले जथाभावी उत्खनन् मौलाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो। जथाभावी उत्खनन रोक्न पालिकामा निर्देशन दिइएको जानकारी दिनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top