Free songs
Home / फिचर समाचार / माटोको भाँडा बिक्नै छाडे

माटोको भाँडा बिक्नै छाडे

दशरथ घिमिरे

देउखुरी। खोला किनारको वस्ती। तर, अझै असुरक्षित छ। तीन सय मिटर मात्रै तटबन्ध बनेको छ। गढवा गाउ“पालिका वडा नं. ४ खैरा गाउ सुपैला खोलाको कटान र डुबान दुबैको त्रासमा छ। यो गाउको बेग्लै कथा छ। यहा“का नागरिक माटोको भा“डा बनाएर घर खर्च जुटाउछन्। खेती गर्ने जग्गा जमिन नभएपछि पुर्खाले माटोको भाडा बनाउन सिके। बजारमा प्लास्टिकको भा“डा नआउ“दासम्म माटोको भा“डाको माग खुबै हुने ग¥यो।

तर, अहिले बजारमा आएको प्लास्टिकको भाडाको प्रयोग बढेपछि खैरा गाउ“मा बनेको माटोको भा“डा बिक्री हुन छाडे। ‘बजारमा प्लास्टिकको भा“डा आए। त्यसपछि हामीले बनाउने माटोको भा“डा बिक्री हुनै छाडे। मुस्किलले बजार जान्छ’– स्थानीय राजकुमारी थारु कुमालले भन्नुभयो– ‘पानी खानको लागि घैंटा, भुर्की खुबै बिक्थे। अहिले त यी भा“डा खोज्ने मान्छेनै हु“दैनन्।’ करीब ५० घर परिवारको वस्ती रहेको यस गाउ“का अधिकांशस“ग माटोको भा“डा बनाउने सीप छ।

तर, माटोको भा“डाको माग घटेपछि यहा“का नागरिक ज्यालादारी कामको खोजीमा अन्यत्र जाने गरेका छन्। ‘युवा पुस्ताले चासो दिन छाडे। माटोको भा“डा बेचेर कति कमाइ हुन्छ र भन्छन्’– उहा“ले भन्नुभयो– ‘युवाहरुलाई आकर्षित गर्न माटोको भा“डाको प्रयोग बढाउनेतर्फ ध्यान दिए राम्रो हुने थियो। गर्मी मौसममा पनि माटोको भा“डामा पानी राख्दा चिसो हुन्छ। गाउ“ले फ्रिजको रुपमा घैंटाले काम गर्छ। यो कुरा सबैलाई बताउन सकियो भने पनि माटोको भा“डा प्रयोग गर्नेहरु बढ्ने थिए।’ देउखुरीको गढवा गाउ“पालिकाको वडा नं. ६ को बजार नजिक, वडा नं. ४ को खैरा र वडा नम्बर १ को गाउ“मा माटोको भा“डा बनाउने काम अहिले पनि चलिरहेको छ। तर, यी वस्तीका नागरिकले परम्परागत व्यवसायको प्रवद्र्धनका लागि सरकारको सहयोग पर्खेर बसेका छन्।

अहिले माटोको भा“डा बनाउने कार्यलाई बजारको मागको आधारमा अघि बढाउन ध्यान दिइएको छ। बजारमा माटोको भा“डाबाट बनेको गमलाको माग धेरै छ। त्यही भएर बजारको मागको आधारमा यहा“का कुमाल समुदायका नागरिकले गमलाको निर्माणलाई ध्यान दिएका छन्। माटोबाट बनेको भा“डाको बजारीकरणको लागि समेत पहल थालिएको छ। फियान नेपालले खैरा गाउ“का कुमाल समुदायका नागरिकहरुले बनाएको माटोको गमलाको बजारीकरणका लागि पहल गरेको हो।

दाङ जिल्ला उद्योग वाणिज्य संघले गमलाको बजारीकरणको लागि एकहजार पिस गमलाको अडर गरेको फियान नेपालका क्षेत्रीय कार्यक्रम संयोजक सुरेस गौतमले बताउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, फियान नेपालका सुरेशकुमार गौतम, प्रकाश नेगी, राजकुमारी थारु कुमाल, फत्तेबहादुर थारु कुमाल लगायतको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top