Free songs
Home / फिचर समाचार / भू.पू. सैनिक संगठनको भवन उद्घाटन

भू.पू. सैनिक संगठनको भवन उद्घाटन

युगबोध समाचारदाता

लमही। भारतीय भूपू सैनिक संगठन देउखुरी दाङको भवन उद्घाटन तथा आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संगठनका अध्यक्ष जुद्धबहादुर घर्ती मगरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य शिवध्वज मल्लले उद्घाटन गर्दै भारत सरकारले भूपू सैनिकहरुलाई राम्रो सुविधा दिएको जानकारी गराउनुभएको थियो। उहा“ले अनुशासनबाटै भवनको निर्माण भएको र संगठन पनि चलेको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि पत्रकार राधेश्याम गुप्ताले पहिले सुरक्षा सेवामा लाग्नु भएका र अहिले सहकारी तथा समाज सेवामा लागेको संगठनको उन्नति प्रगतिको कामना गर्नुभएको थियो।

कार्यक्रममा संगठनका सदस्य मनबहादुर पुन मगर, सहसचिव टोपबहादुर कार्कीलगायतका वक्ताहरुले बोल्नुभएको थियो। समारोहमा न्यूनतम पा“च हजारदेखि उच्चतम एक लाखसम्म सहयोग गर्ने सहयोगीहरुलाई खादा, दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। २० लाख ४४ हजार एक सय ४३ रुपैया“ भूपू सैनिकहरुबाट आर्थिक सहयोग र आठ लाख ३९ हजार छ सय ८१ रुपैया“ एम्वुलेन्सको मुनाफा गरी कुल २८ लाख त्रियासी हजार आठ सय २४ रुपैया“को लागतमा बनेको भवनको प्रतिवेदन संगठनका कोषाध्यक्ष राम बहादुर रोका मगरले प्रस्तुत गर्नुभएको थियो। सचिव मोमबहादुर रोका मगरले वार्षिक प्रतिवेदनका साथै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
संगठनका उपाध्यक्ष खैबहादुर थापा क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु कार्यक्रमको सञ्चालन सिसहनिया इकाई अध्यक्ष रेशमबहादुर थापा मगरले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि शिवध्वज मल्ल र विशिष्ट अतिथि पत्रकार राधेश्याम गुप्तालाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो।

यसै वीच संगठनको बन्दसत्रले मोमबहादुर रोकाको अध्यक्षतामा ११ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष टोपबहादुर कार्की, सचिव जगत पुन, सहसचिव लिलबहादुर रोका, कोषाध्यक्षमा रामबहादुर रोका चयन हुनुभएको छ भने सदस्यहरुमा रेशमबहादुर थापा, देउमाया महरा, थमि सुनार, दिलमाया पुन, मीनबहादुर ठेडी मगर, मनबहादुर पुन मगर रहनुभएको छ। यसै गरी खैबहादुर थापा क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ। जसमा संगम आले र जीत बहादुर मल्ल रहनुभएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top