Free songs
Home / फिचर समाचार / ‘प्रदेश समृद्धिको आधार पर्यटन’

‘प्रदेश समृद्धिको आधार पर्यटन’

पुरन्धारा झरनाको अवलोकन गर्दै प्रदेश पर्यटनमन्त्री लीला गिरी।
तस्विरः नरेन्द्र केसी

युगबोध समाचारदाता

तुलसीपुर। पर्यटन प्रबद्र्धनका लागि दाङमा पर्यटन संरचना थपिने क्रम बढिरहेको छ। यसै क्रममा शनिवार तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यानमा ‘बोटानिकल गार्डेन’ निर्माण शुरु गरिएको छ भने बबई गाउ“पालिकाको पुरन्धारा झरना पर्यटकीयस्थलको उद्घाटन गरिएको छ।

दुबै ठाउ“मा आयोजित कार्यक्रममा प्रदेश पा“चका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश पाचको समृद्धिको आधार पर्यटन भएको बताउनुभयो। सिस्नेदेखि मर्चवारसम्मका सबै प्राकृतिक सम्पदा यो प्रदेशका समृद्धिका आधार भएको उहाले बताउनुभयो।

हिमाल, पहाड र तराई मिलेको यो प्रदेशमा कृत्रिम भ्यूटावर नै आवश्यक नरहेको औंल्याउ“दै उहा“ले हरेक डा“डाका“डा प्राकृतिक भ्यूटावर भएकाले ती क्षेत्रमा पूर्वाधार विकास, पर्यटकीय संरचनाको निर्माण र त्यहा“का बासिन्दामा पर्यटनसम्वन्धी संस्कारको विकास गर्नु आवश्यक रहेको बताउनुभयो। प्रदेश सरकारको दुई करोड लगानीमा निर्माण हुन गइरहेको बोटानिकल गार्डेनको शुभारम्भ गर्दै मन्त्री गिरीले सूचना हलको भवन शिलान्यास गर्नुभएको थियो।

तुलसीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मुलुकमा शान्ति वार्ता चलेकोको, त्यो दाङको हापुरेबाटै शुरु भएकाले दाङबाटै शान्तिको सन्देश दिन र त्यसको प्रतीकस्वरुप राप्ती शान्ति उद्योग स्थापना गरिएको जनाउ“दै अब यसलाई दाङको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने बताउनुभयो। यो उद्यान वरिपरि मात्रै सडक निर्माणमा उपमहानगरले दश करोड लगानी गरेको जनाउ“दै उहा“ले यो पार्क उपमहानगरपालिकाको गौरवको योजनाभित्र रहेको बताउनुभयो।

राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपमहानरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले गर्नुभएको थियो भने वडाध्यक्ष टोपबहादुर केसीले स्वागत गर्नुभएको थियो।

त्यस्तै मन्त्री गिरीले शनिवार नै पुरन्धारा झरना क्षेत्रको पनि उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारको ५० लाख र बबई गाउ“पालिकाको १२ लाख लगानीमा झरना क्षेत्रमा भौतिकसंरचना निर्माण भइरहेका छन्। कार्यक्रममा मन्त्री गिरीले पुरन्धारा झरनाबाट आफू निकै प्रभावित भएको जनाउ“दै सुने र सोचेभन्दा राम्रो रहेकाले आगामी वर्षमा बजेटको अभाव नहुने बताउनुभयो। कृषि र वनलाई जोडेर आर्थिक समृद्धिको बाटो तय गरिएको उल्लेख गर्दै उहा“ले त्यसको उत्कर्ष पर्यटन भएको बताउनुभयो।

मन्त्रालयका सचिव धनञ्जय पौडेलले पुरन्धारा झरना क्षेत्रमा सरफाइ, इको ट्रेक, धार्मिक संरचना निर्माण, पानीको स्रोत संरक्षण, प्रकृति संरक्षण र पर्यटनमैत्री संस्कृति निर्माणमा जोड दिन आग्रह गर्नुभयो।

गाउ“पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले गर्नुभएको थियो भने उपाध्यक्ष सावित्रा विश्वकर्माले स्वागत गर्नुभएको थियो। मन्त्री गिरी, सचिव पौडेल, डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीलगायतले झरनाको अवलोकन गर्नुभएको थियो। टोलीले बबईमा प्रदेश सरकारको लगानीमा निर्माण भएका सभाहल र खेल मैदानको पनि निरीक्षण गरेको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top