Free songs
Home / फिचर समाचार / दाङमा पक्की पुल : निर्माण कतै सुस्त कतै तीब्र

दाङमा पक्की पुल : निर्माण कतै सुस्त कतै तीब्र

 दशरथ घिमिरे

देउखुरी। लमहीदेखि घोराही ह“ुदै तुलसीपुरसम्म छवटा खोलामा पुल बन्न थालेको चार वर्ष नाघिसकेको छ। तर पूर्णरुपमा ती खोलाहरुमा पुल निर्माण हुन सकिरहेको छैन्। सडकमा यात्रा गर्ने यात्रुहरुले निकै सास्ती खेप्नु परिरहेको छ। दाङ जिल्लाभित्रै निर्माण थालिएका पक्की पुल कतै सुस्त गतिमा निर्माण भइरहेका छन् भने कतै सम्झौता गरिएको समय अगावै काम सक्न थालेको उदाहरण भेटिएको छ।

देउखुरीको राप्ती नदीमा पुल निर्माण कार्यले गति पाएको पाइएको छ। देशकै दोस्रो लामो पुलले परिचित सिसहनिया–महदेवा जोड्ने पक्की पुलको निर्माण कार्य एक वर्ष अगावै सकिन थालेको हो। पुल निर्माणको ९५ प्रतिशत काम सकिएको अनक कन्स्ट्रक्सनका इञ्जिनियर सुदीप बस्यालले जानकारी दिनुभयो।

‘पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ९५ प्रतिशत काम सकिसकेका छौं। आउ“दो दशै अगाडिनै पुल सञ्चालनमा आउनेछ’– उहा“ले भन्नुभयो– ‘दुई वर्षअघि काम शुरु गरेका थियौं। पुल निर्माणको सम्झौता अझै एक वर्ष बा“की छ। हामीले वर्षदिन अघिनै काम सक्ने तयारी गरेका छौं।’
आठ सय ६५ मिटर लामो पक्की पुलको फिनिसिङ, पुलसम्म जोड्ने सडक र नदी क्षेत्रमा तटबन्धको काम मात्रै बाकी रहेको छ। २०७३ चैतबाट पुल निर्माणको काम शुरु भएको हो। पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि स्थानीयहरु खुशी भएका छन्। ‘पुल नहुदा नदी तर्नुपर्ने हुन्थ्यो। अब पुलबाट ओहोर दोहोर गर्न पाइन्छ भन्ने आशामा छौं’– गढवा गाउपालिका वडा नं. २ कोठरी निवासी ७० वर्षीय रामहिरत यादवले भन्नुभयो– ‘वर्षामा भेलले छेक्थ्यो। अब त पुलबाट हि“ड्न पाइने भयो।’

अनक कन्स्ट्रक्सनले राप्ती नदीमा तीनवटा पक्की पुल बनाउ“दैछ। दोस्रो लामो पुल दशैं अगाडि सञ्चालनमा आउ“छ भने सतवरियाको जहरेदेखि जंग्रहवाको पुल एक वर्षभित्र सञ्चालनमा आउनेगरी काम अघि बढेको छ। अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ। दुई सय ८० मिटर लामो पक्की पुल हो। यस्तै सतवरियादेखि कालीपुरुवा जोड्ने पक्की पुल निर्माण भइरहेको छ। छ महिनाअघिबाट शुरु भएको पुल निर्माणको कार्य ५० प्रतिशत पूरा भएको छ। पा“च सय दुई मिटर लामो पुल हो। राप्ती नदीमा एक अर्ब ९५ करोडको लागतमा तीन वटा पक्की पुल निर्माण भइरहेका हुन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top