Free songs
Home / समाचार / प्रमुख समाचार / दाङको तेस्रो जिल्ला सभा, तीन वर्षमा सबै घरमा पानी र उज्यालो : मुख्यमन्त्री

दाङको तेस्रो जिल्ला सभा, तीन वर्षमा सबै घरमा पानी र उज्यालो : मुख्यमन्त्री

 जे.एन.सागर

घोराही। प्रदेश नं. पा“चका मुख्यमन्त्री शंकर पोख्रेलले आगामी तीन वर्षभित्र हरेक जनताको घरमा खानेपानी र उज्यालो पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। दाङको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले विकासका काम द्रुत गतिमा भइरहेको बताउनुभयो।

सभामुख र मुख्यमन्त्रीको जिल्ला केही भएन भनेर नकारात्मक टिप्पणी गर्नेले निर्माणधीन दर्जनांै आयोजना र किसान लक्षित कार्यक्रमलाई बिर्सन नहुने उहा“को भनाइ थियो। ‘सभामुख र मुख्यमन्त्री दाङले पाउ“दा हिजोको भन्दा पनि विकास कम भएकोजस्तो गरी निराशा फैलाउने काम भइरहेको छ, यो दाङका लागि राम्रो कुरा होइन’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘सभामुख र मुख्यमन्त्रीस“ग अपेक्षा धेरै भएर हो भने धैर्य गर्नुस्, कामको परिणाम आउदैछ।’ उहाले तीनवटै तहका सरकार जनता केन्द्रित विकासमा लागेकाले आउ“दो तीन वर्षमा सबै घरमा खानेपानी र उज्यालो पु¥याउने बताउनुभयो।

आर्थिक वृद्धिदर, विकास आयोजना कार्यान्वयन र बजेटको खर्चलगायतका थुप्रै क्रियाकलापमा पा“च नं. प्रदेशले अगुवाइ गरिरहेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले मुख्यमन्त्री कृषि कार्यक्रम अब प्रदेशका सबै पालिकामा सञ्चालनको तयारी भइरहेको बताउनुभयो। यसअघि सबै पालिकामा खेलकूद मैदान, पर्यटन प्रवद्र्धनलगायत दिगो विकासका थुप्रै कार्यक्रम सञ्चालन भइरहेको भन्दै केही भएन भनेर निराशाको खेती नगर्न आग्रह गर्नुभयो। हुलाकी सडक ठेक्कामा गइसक्यो, लमही–घोराही–तुलसीपुर फोर लेन सडक निर्माणको काम शुरु हुदैछ, दर्जनौं पुल बनिरहेका छन्’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘अझै केही भएन भनेर अतिरञ्जित नगरांै यसले ल्याउने निराशाले कसैलाई फाइदा ह“ुदैन। उहाले कटुवाखोलाको पुललाई वर्षाअघि नै सञ्चालनका लागि ठेकेदारलाई काममा लगाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशसमेत दिनुभयो। पुल नबन्दा हुने दुःख अब जनताले भोग्न नपरोस, कुटवाखोला पुल निर्माणमा ध्यान दिन प्रजिअ गोविन्द रिजाललाई निर्देशन दिदै भन्नुभयो– ‘ठेकेदारलाई तत्काल काममा लगाउन  र काम नगरे कारवाही प्रक्रिया अघि बढाउनुस्।’ उहा“ले दाङका पालिकाहरुको विकासको फाउण्डेशन तयार गर्ने काममा समन्वय समितिको भूमिकाको प्रशंसा गर्नुभयो।

सो अवसरमा बोल्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले हरेक वर्ष पुरानै योजनामा बजेट हाल्यौं भनिरहन नपर्ने उल्लेख गर्दै दाङमा रहेका दीर्घकालीन योजनामा यसवर्ष पनि थुप्रै बजेट विनियोजन भएको बताउनुभयो। बजेट भाषणमा बोलिएन भनेर निराशा बा“ड्ने काम नगर्न आग्रह गर्दै शर्माले यो निराशा बा“ड्ने बेला नभएको बताउनुभयो। उहा“ले ठूला साना योजना दाङमा यसपालि पनि आएको भन्दै जनताका अपेक्षाअनुसार बजेट तथा कार्यक्रम बनाउन स्थानीय तहरुलाई आग्रह गर्नुभयो।

यसैगरी प्रदेशसभा सदस्य दामा शर्माले दाङको विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। यस्तै जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष सीता सुन्दासले समन्वय समितिलाई सरकारहरुबीच समन्वय गराउने र विकासको जग बसाउने अवसर आएको बताउनुभयो। त्यसतर्फ समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहा“को जोड थियो। जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको

उद्घाटन सत्रमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले बोल्नुभएको थियो। दशवटै पालिकालाई तीन÷तीन करोडजिल्ला समन्वय समितिले दाङका दशवटै पालिकालाई तीन÷तीन करोड बजेट दिने भएको छ। अवण्डामा रहेको गत आव ०७५ असारसम्मको आन्तरिक स्रोत तथा राजश्व र विविध आम्दानीबाट संकलित कुल ३२ करोड ९८ लाख ८० हजार ५ सय २८ रुपैया १९ पैसाबाट समन्वय समितिले दशवटै पालिकालाई दामासाहीले तीन÷तीन करोडको हिसावले दिने भएको हो। उक्त रकम लैजानका लागि पालिकाहरुले दुई करोड अनिवार्य थप गरेर कुल पा“च करोडको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेछ। ६० प्रतिशत जिसस र ४० प्रतिशत सम्बन्धित पालिकाले रकम व्यहोर्नेछन्।

जिसस उपप्रमुख श्रीधर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै दशवटा पालिकालाई ३० करोड दिई बच्न आउने दुई करोड ९८ लाख ८० हजार पा“च सय ५२ रुपैया १९ पैसामध्येबाट एक करोड ५० लाख भवन तथा व्यावसायिक सटर निर्माणमा लगाउने र जिससका भवनहरु मर्मत सम्भारमा एक करोड ४८ लाख ८० हजार पाच सय ५२ रुपैया १९ पैसा खर्चिने उल्लेख गर्नुभयो।

एक पालिका एक नमूना प्राविधिक विद्यालय

जिल्ला सभाले विभिन्न १४ बुदे प्रस्ताव पारित गर्दै दाङमा सामुदायिक विद्यालयअन्तर्गत एक पालिका एक नमूना प्राविधिक विद्यालय स्थापना गर्न सरकारस“ग पहल गर्ने निर्णय गरेको छ। यसैगरी दाङ देउखुरी उपत्यका जोडिनेगरी चक्रपथ निर्माण गर्न प्रदेश र संघीय सरकारस“ग माग गर्ने, टरिगाउ“ विमानस्थलको स्तरोन्नति गर्ने र नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्ने, माडी डाइभर्सनबाट विद्युत उत्पादन, दाङको सिंचाई र खानेपानीको अभाव पूर्ति गर्न संघीय सरकारस“ग आग्रह र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, लमहीमा स्थापना गरिने ट्रमा सेन्टरको थप व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय सरकार समक्ष माग गर्नेलगायतका निर्णय सभाले गरेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top