Free songs
Home / विचार / ज्येष्ठ नागरिक र  युवापुस्ताबीचको  अन्तरसम्बन्ध

ज्येष्ठ नागरिक र  युवापुस्ताबीचको  अन्तरसम्बन्ध

हरीप्रसाद पाण्डेय

ज्येष्ठ नागरिक ऐन, २०६३ ले साठी वर्ष उमेर पूरा भएको नेपाली नागरिकलाई ज्येष्ठ नागरिकको सूचीमा सूचीकृत गरेको छ। ज्येष्ठ नागरिकहरुलाई असहाय ज्येष्ठ नागरिक र अशक्त ज्येष्ठ नागरिक गरी दुई किसिमले वर्गीकृत गरेको पाइन्छ। दैनिक जीवनयापन गर्ने आधार आयस्रोत सम्पति नभएको, पालनपोषण हेरचाह गर्ने आफ्नो घरपरिवारको कुनै पनि सदस्य नभएको र घरपरिवारका सदस्यहरु भए पनि पालनपोषण तथा हेरचाह नगरी अपहेलित उपेक्षित हु“दै आएकालाई असहाय ज्येष्ठ नागरिक भनिन्छ। शारीरिक वा मानसिकरुपले अशक्त भएका व्यक्ति अशक्त ज्येष्ठ नागरिकको सूचीमा पर्दछन्।

परिवार, समाज, टोलवस्ती, गाउ“, जिल्ला हु“दै समग्र राष्ट्रको उत्थान गर्ने कार्य समयसापेक्ष सामाजिक संस्कारको संरक्षण सम्वद्र्धनबिना परिकल्पना गर्न कठिन हुन्छ। प्रत्येक घरपरिवारमा सामाजिक संस्कार विपरीतका कार्यहरु दिनानुदिन बढ्दै गइरहेकोले समाजका ज्येष्ठ नागरिकहरु अपहेलित र कष्टकर जीवनयापन गर्न बाध्य भएका छन्। यसको ज्वलन्त उदाहरणको रुपमा नेपालका विभिन्न स्थानमा रहेका बृद्धाश्रममा परिवार विमुख भइ कठोरतापूर्वक जीवन बिताइरहेका अग्रज आमाबुवाहरुलाई लिन सकिन्छ।

नेपालको परम्परागत सामाजिक रहनसहन, रीतिरिवाज, भेषभूषा, भाषासंस्कृति, आहारविहार, चाडपर्व, बंशाणुगत हाडनाता, बैवाहिक सम्बन्धका कारणले जोडिएको अन्तरपारिवारिक नाता सम्बन्ध धेरै सभ्य, वैज्ञानिक र व्यवस्थित छ। वर्तमान अवस्थामा सामाजिक परम्परा, सभ्य संस्कार, ज्येष्ठ नागरिक सम्मान, संयुक्त परिवार तथा हकाधिकार संरक्षणजस्ता विषयवस्तुमाथि आधुनिकता र स्वतन्त्रताको नाममा ठूलो बज्रप्रहार हु“दै आइरहेको छ। आजका बालबालिकाहरु नै भोलिका युवा र पर्सीका ज्येष्ठ नागरिक हुन्। तसर्थ वर्तमानका युवायुवतीले आ–आफ्नो घरपरिवारका ज्येष्ठ नागरिकको सम्मान गर्न सिकेपछि आफू ज्येष्ठ नागरिक हु“दा यथोचित सम्मान पाउनेछु भन्दै सद्विचार, सद्भाव, सत्कर्मको सन्देश फैलाउने कार्य आफैबाट शुभारम्भ गर्ने बेला आएको छ।

(क) ज्येष्ठ नागरिकप्रति वर्तमान युवा पुस्ताको दृष्टिकोण

परम्परागत रुढीवादी विचार पस्कन खोज्ने भन्दै वर्तमान युवापुस्ता टाढिने गरेको। धर्मकर्म, परम्परागत संस्कार, रीतिरिवाज, जातजाति, भेषभूषा, रहनसहनको पृष्ठपोषक बन्ने गरेको। पैतृक सम्पत्तिलाई समयसापेक्ष परिवर्तन नगरी संरक्षणको नाममा यथावतै राख्न खोज्ने प्रबृति कायमै रहेको। संयुक्त परिवारमा खुशीका साथ रम्न चाहने पुरानो विचारबाट ग्रसित भएको। आधुनिक युगअनुरुपको परिवर्तनलाई आत्मसात गर्न नसक्ने। ज्येष्ठ नागरिकको नाममा आफू सधैभरि हावी बन्न चाहने प्रबृत्ति नछुटेको। पुर्खाको भनाइ हो भन्दै आफ्नो कुरालाई माथि पार्नैपर्ने। युवापुस्ताको कार्यव्यस्ततालाई नदेखि आफ्नो हेरचाह, सेवा तथा सुविधामा ध्यान नदिएको। छोरीसरहको मायाममता बुहारीलाई पनि दिनुपर्छ भन्ने भावना नै नभएको। नया“ पुस्ताका इच्छा, आकांक्षा र आवश्यकताहरुप्रति जानकारी नै लिन नखोज्ने। नवीनतम प्रविधिको उच्चतम उपयोग गर्नेतर्फ आकर्षित हुन नखोज्ने।

घरपरिवार, गाउ“टोल, समाज, जिल्ला र राष्ट्रबाट उपेक्षित, उत्पीडित, असहाय, अशक्त ज्येष्ठ नागरिकहरुको यथोचित सम्मान गर्दै उनीहरुका हकाधिकारको संरक्षण गर्नु सबै नागरिकको कर्तब्य हो। प्रत्येक घरपरिवारका ज्येष्ठ नागरिकहरुलाई आ–आफ्नो घरपरिवारले सुपाच्य भोजन, न्यानो कपडा, आरामदायी विस्तरा, विरामी हु“दा तत्कालै औषधोपचार सेवा, शारीरिक अवस्था अनुसारको ब्यायाम सुविधा, भाइबन्धु नाताकुटुम्ब छरछिमेकीस“गको भेटघाट, सामाजिक क्रियाकलापमा क्षमता अनुसारको संलग्नता एवं मानसम्मान प्रदान, घर ब्यवहारिक कामकाजस“ग सम्बन्धित निर्णय प्रक्रियामा सहभागीता, आफनो आर्थिक अवस्था बमोजिम विभिन्न धार्मिक तीर्थस्थलहरु दर्शन गर्न पाउनुपर्दछ। मातृ देवो भव ः पितृ देवो भव ः आचार्य देवो भव ः अतिथि देवो भव ः भन्ने मूल मर्म र मान्यताका साथ एउटै घरपरिवारमा सम्मानपूर्वक जीवनयापन गर्ने सुअवसर प्रदान गर्नुपर्दछ।

(ख) युवापुस्ताप्रति ज्येष्ठ नागरिकको दृष्टिकोण

िआधुनिकताको नाममा परम्परागत संस्कारलाई निम्ट्यान्न पार्न खोजिएको। िछोराछोरीको बिवाह भएपछि आफ्ना जन्मदिने बुवाआमाप्रतिको दायित्वबोध गर्न नसकेको। िधर्मनिरपेक्षताको नाममा आफ्नो धर्मप्रतिको आस्था एवं विश्वास क्रमशः घटाउ“दै गएको। िबुवाआमाको नामको चलअचल सम्पत्ति छिटोभन्दा छिटो आफ्नो नाममा सार्न आतुर देखिएको। िजन्मभूमिमा केही न केही गरौं भन्ने भावनालाई त्यागेर विदेशी मुलुकप्रतिको आकर्षण बढ्दै गएको। िबुवाआमा सहितको संयुक्त परिवारबीचको अपनत्वभावलाई नबुझेर अत्यन्तै बोझिलो देख्ने गरेको। िछोराबुहारीले आफ्नो जन्मदिने आमाबुवाको जस्तै आफ्नो पतिका बुवाआमालाई माया ममता दिन नसकेको। िरीतिरिवाज, धर्मकर्म, रहनसहन, संस्कार, जातजाति, भेषभूषा, आफ्नो पहिचान हो भन्ने कुरा नबुझेको। िसामाजिक, धार्मिक, सांस्कृतिक मूल्यमान्यतालाई बिर्सेर आर्थिक पक्षलाई मात्र सर्वोपरी ठान्ने गरेको। िभाइबन्धु, नातेदार, इष्टमित्रबीचको आत्मीय नाताको महत्व नबुझेर फेसबुके साथीप्रति आकर्षित भएको। िआफ्ना छोराछोरीलाई जति माया गरिन्छ त्यतिकै माया मेरा बुवाआमाले मलाई गरेका हुन् भन्ने बिर्सेको।

नेपालको राजनीतिक क्षेत्र, स्थायी सरकार मानिदै आएको निजामती प्रशासन, सुरक्षा निकाय, शिक्षक तथा प्राध्यापक, वकिल, डाक्टर, सरकारी तथा गैरसरकारी संघसंस्थामा सम्बद्ध राष्ट्रसेवक, मूर्धन्य बुद्धिजीवीवर्ग, कूटनीतिज्ञ, सामाजिक क्षेत्र र गृहस्थ जीवनलगायत विविध क्षेत्रमा दीर्घसेवा गर्नुभएका ६० वर्ष उमेर पूरा गरेका आदरणीय ज्येष्ठ नागरिकहरु भनेको राष्ट्रका धरोहर अमूल्य सम्पत्ती हुन्। यिनीहरुस“ग भएको ज्ञान, सीप, अनुभव र क्षमताको यथोचित उपयोग गर्न नेपाल सरकार जिम्मेवार हुनु पर्दछ।

(ग) ज्येष्ठ नागरिक र युवापुस्ताबीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु ः

िसंस्कार, रीतिरिवाज, धर्म कर्म, जातजाति, भेषभूषा, रहनसहन मुलुकको पहिचान हो भन्ने कुरा स्पष्ट हुनुपर्ने। िपैतृक सम्पत्ति बुवाआमाको इच्छाअनुसार जो कोहीलाई पनि हस्तान्तरण गर्न पाउने कानुन बनाउनुपर्ने। िहिमाल, पहाड, तराई, नदीनाला, वनजंगल, भाषा, धर्म, संस्कृति, भाइबन्धु, नातेदार, इष्टमित्रप्रति ओतप्रोत हुने खालका पाठ्यवस्तु भएको कक्षा छदेखि स्नातकसम्म एक सय पूर्णाङ्कको नैतिक शिक्षा विषय अनिवार्य रुपमा राख्नुपर्ने। िदक्ष जनशक्ति विदेशिदै गरेकाले स्वदेशप्रतिको जिम्मेवारी बहन गर्दै आफ्नै मुलुकमा केही गरौं भन्ने भावनाको विकास गर्नुपर्ने। िमातृदेवो भवः पितृ देवो भवः लाई सार्थकता प्रदान गर्न आमाबुवासहितको संयुक्त परिवारमा बस्ने। िसामाजिक, धार्मिक, सांस्कृतिक पक्षको मूल्यमान्यतालाई आत्मसात गर्दै सफल परिवारको परिचय दिने। िबुहारीले जन्मदिने आमाबुवाको जस्तै आफ्नो पतिका बुवाआलाई मायाममता दिन पछि नपर्ने। िआफ्ना छोराछोरीलाई जतिको माया गरिन्छ त्यतिकै माया ममता सहित बुवाआमालाई सम्मान गर्ने। ियुवापुस्ताको कार्यव्यस्ततालाई दृष्टिगत गर्दै आफ्नो हेरचाह, सेवा तथा सुविधामा सहज बन्न सिक्ने। िछोरी र बुहारीमा फरक व्यवहार नगरी समान व्यवहार गर्दै पारिवारिक मनमुटाव अन्त्य गर्ने। िपूर्वीय दर्शनलाई जीवन्त राख्दै संस्कारयुक्त परिवार बनाउने। िसमयसापेक्ष नवीनतम प्रविधिको उच्चतम उपयोग गर्नेतर्फ आकर्षण बढाउन कोसिस गर्ने।

हाम्रो समाजका अग्रज ज्येष्ठ नागरिकहरुलाई सामाजिक संरक्षण तथा सम्मान दिदै क्रियाशीलता अभिबृद्धि गर्ने विषयमा प्रस्तुत गरिएका बु“दाहरु नेपाल सरकार, ज्येष्ठ नागरिक र युवापुस्ताले अन्तस्करणदेखि गम्भीर भएर बुझनैपर्ने हुन्छ। विगतमा राष्ट्रलाई दिशा निर्देश गर्दै सर्वाङ्गीण विकास गर्ने गराउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएका समाजका आदरणीय ज्येष्ठ नागरिकहरुको भाबी जीवन सहजढंगले व्यतित गर्नको लागि थप सेवा तथा सुविधा उपलब्ध गराउनु सरोकारवाला सबै पक्षको सामूहिक दायित्व हो। यसै सन्दर्भमा प्रस्तुत गरिएका ज्येष्ठ नागरिक र युवापुस्ताबीचको सम्बन्ध सुमधुर बनाउने उपायहरुलाई ज्येष्ठ नागरिक र वर्तमानका युवापुस्ताहरुले आत्मसात गर्न सकेको खण्डमा हाम्रो संस्कारले जीवन्तता पाउनुको साथै ज्येष्ठ नागरिकको जीवन सरल तथा सहज तरिकाले व्यतित हुन सक्ने थियो भन्दा अत्युुक्ति नहोला।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top