Free songs
Home / फिचर समाचार / जागेश्वर ब्राह्मण स्मृतिग्रन्थको विमोचन

जागेश्वर ब्राह्मण स्मृतिग्रन्थको विमोचन

घोराही (युस)– संस्कृतका विद्वान, शिक्षासेवी एवं समाजसेवी स्व. जागेश्वर ब्राह्मण (योगेश्वरानन्द गिरी) को स्मृतिमा प्रकाशित दुईवटा ग्रन्थको विमोचन गरिएको छ। जागेश्वर ब्राह्मण स्मृतिग्रन्थ र जागेश्वरचरितम् (काव्य) को ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विमोचन गर्नुभएको हो।

पुस्तक विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पोख्रेलले संस्कृत विश्वविद्यालय स्थापना र अन्य विकास निर्माणका काममा स्व. ब्राह्मणको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहा“ले संस्कृत विश्वविद्यालय परम्परासमेत धान्न नसक्ने गरी थला पर्न गएकोमा चिन्ता व्यक्त गर्दै अध्ययन अनुसन्धानको कामलाई अगाडि बढाउन संस्कृतका विद्वानहरुलाई आग्रह गर्नुभयो। उहा“ले जागेश्वर ब्राह्मणजस्ता निस्वार्थ समाजसेवीबाट प्रेरणा लिन सकियो भने विश्वविद्यालय अगाडि बढ्न सक्ने बताउनुभयो। मुख्यमन्त्री पोख्रेलले स्मृति ग्रन्थमा जागेश्वर ब्राह्मणको समग्र जीवनवृत्त समेटिएकोले अध्ययन गरेर प्रेरणा लिन आग्रह गर्नुभयो।

तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य एवं समाजसेवी एकराज शर्माले दाङमा सम्पन्न विद्वत्त सम्मेलनमा स्वर्गीय ब्राह्मणले संस्कृतमा भाषण गरेको स्मरण गर्दै उहा“कै नेतृत्वमा विद्वत् सम्मेलन, अध्यात्म सम्मेलन भएको बताउनुभयो। उहाले स्वर्गीय ब्राह्मणलाई पद प्रतिष्ठाको पछि नलागेर समाज सेवा गर्ने अथक साधनको रुपमा आफूले पाएको धारणा राख्नुभयो।

तत्कालीन संविधानसभा सदस्य एवं पत्रकार नारायणप्रसाद शर्माले शिक्षा क्षेत्रमा स्व. ब्राह्मणको ठूलो योगदान रहेको स्मरण गर्नुभयो। स्मृतिग्रन्थका समीक्षक प्रा. लेखनाथ आचार्यले स्व. ब्राह्मण ने.सं.वि. स्थापनामा निरन्तर लागिपर्नुभएको उल्लेख गर्दै ग्रन्थमा उहा“को समग्र व्यक्तित्व समेटिएको चर्चा गर्नुभयो। जागेश्वरचरितम्का समीक्षक सहप्राध्यापक डा. सरस्वती पोख्रेलले स्व. ब्राह्मण उदात्त र प्रेरणादायी व्यक्तित्व भएका बताउनुभयो।

स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष प्रा.डा. भागवतप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा समितिका सदस्य सचिव प्रा. ईश्वर पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन डा. रीता ज्ञवालीले गर्नुभएको थियो।

विमोचित संग्रह जागेश्वर ब्राह्मण स्मृतिग्रन्थमा ७५ जना व्यक्तिहरुका रचना समाविष्ट छन्। जागेश्वरचरितम् काव्यको लेखन प्रा.डा. भागवतप्रसाद शर्माले र त्यसको नेपाली अनुवाद डा. रीता ज्ञवालीले गर्नुभएको हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top