Free songs
Home / फिचर समाचार / जनजागरण राष्ट्रिय अभियान : कांग्रेस ब्यूतिदैछ

जनजागरण राष्ट्रिय अभियान : कांग्रेस ब्यूतिदैछ

युुगबोध समाचारदाता

घोराही। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुुर बस्नेतले आगामी निर्वाचनमा कांग्रेस मुलुुकको पहिलो शक्तिशाली पार्टी बन्ने विश्वास व्यक्त गर्नुुभएको छ। पार्टीभित्रको गुटगत राजनीतिक प्रवृत्तिका कारण व्यहोर्नुुपरेको पराजयले ठूलो सबक दिएकाले आउ“दो चुनावमा मुलुुकको पहिलो पार्टी कांग्रेस बन्ने उहा“को दावी थियो।

नेपाली कांग्रेस दाङले आयोजना गरेको जनजागरण राष्ट्रिय अभियानको समापन गर्दै प्रमुख अतिथि बस्नेतले कांग्रेस ब्यू“झाउन राष्ट्रिय जागरण अभियानले कार्यकर्ताहरुमा नया“ ऊर्जा पैदा गरेकाले अब कांग्रेसमय मुलुक बन्न न कसैले रोक्न, न कसैले छेक्न सक्ने बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘कांग्रेस ब्यू“तिदैछ अब। जनताले कांग्रेस खोजिरहेका छन्।’ कांग्रेसभित्रको गुुटबन्दीको राजनीतिले कांग्रेस पराजय हुुनुु, कार्यकर्तामा नैराश्यता छाउनुुले प्रजातन्त्र र लोकतन्त्रमाथि ठूलो प्रहार भइरहेकाले अब कांग्रेसी सिपाहीहरु पुुनः प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट बन्न लागेको बताउनुुभयो।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सत्तारुढ दलले कांग्रेस प्रमुख प्रतिपक्ष दल भए पनि कमजोर मानसिकताको नजरले हेरिरहेकाले अब कांगे्रसले जनताको आवाज र न्यायका लागि प्रतिपक्षको भूमिकामा रही जनताको अधिकारका लागि कडा संघर्ष गर्ने चेतावनी दिनुुभयो। हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुटपाटलगायतका जघन्य अपराधको शिकार दिनैपिच्छे नागरिक बन्नु परिरहे पनि सरकारले पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न नसक्दा मुलुुकमा अपराध मौलाउ“दै गइरहेको, नागरिकले असुरक्षा र अन्याय भोग्नुु परिरहेकाले त्यसबिरुद्ध कडा कदम चाल्ने चेतावनी दिनुुभयो। दमित, शोषित र पीडित जनताले लोकतन्त्र, प्रजातन्त्रको अनुुभूति गर्न अझै नपाइरहेकाले पीडितवर्ग समुदायलाई प्रजातन्त्र, लोकतन्त्रको अनुुभूति गराउन कांग्रेस उठ्न लागेको उहा“ले बताउनुुभयो।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वसभापति घनश्याम रेग्मीले कांग्रेस कार्यकर्ताले नभई नेताका कारण बिग्रिएको आरोप लगाउनुुभयो। मुलुकको पहिलो पार्टी, प्रजातन्त्रको रक्षक कांग्रेस अहिले सत्ता बाहिर रहनुुपर्दा कांग्रेस मात्रै होइन मुलुक नै कमजोर बनिरहेको उहा“ले बताउनुुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुुनकुमार श्रेष्ठले कम्युनिष्ट सरकार अराजक र अनियमिततातर्फ उन्मुख बन्दै गइरहेको बताउनुुभयो भने पूर्वसांसद राजुु खनालले अब कांग्रेस लहर गाउ“देखि शहरसम्म बढ्दै गइरहेकाले अब कांग्रेसका साथमा जनता, जनताका साथमा कांग्रेस हुुने विश्वास व्यक्त गर्नुुभयो।

कार्यक्रममा पूर्वसभापतिहरु मोहनबहादुर ओली, वीरकेशरी गौतम, पूर्वसांसद योगेन्द्र चौधरी, सुशीला चौधरी, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, २ का गिरिराज सुवेदी, ३ का भुपबहादुर डा“गी, ४ का जगतबहादुर खड्का, ५ का कावा सभापति घनश्याम ढकाल, प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेस नेता भरत बहादुर न्यौपाने, कमलकिशोर घिमिरे, नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजादेवी न्यौपाने, राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुुवेदी, साविक त्रिपुर पार्टी सभापति दीपक सुवेदी, तरुण दल दाङका सभापति टीका घर्ती, महिला संघ दाङकी अध्यक्ष गोमा रावत, दलित संघ दाङका अध्यक्ष बाबुुराम विश्वकर्मा, नेविसंघ दाङका कावा अध्यक्ष टोपबहादुर बुुढाथोकी र जिल्ला समन्वय समितिका सदस्य लोका बिकलगायताले मन्तव्य राख्नुुभएको थियो।

नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव शंकरप्रसाद डा“गीले गर्नुुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top