Free songs
Home / समाचार / प्रमुख समाचार / रेडियो नेपालको प्रादेशिक प्रसारण शुरु, विकासले सुल्टो गति समात्यो, परिणाम चाँडैः बाँस्कोटा

रेडियो नेपालको प्रादेशिक प्रसारण शुरु, विकासले सुल्टो गति समात्यो, परिणाम चाँडैः बाँस्कोटा

युगबोध समाचारदाता

हेमन्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बॉस्कोटाले गणतन्त्र स्थापनास“गै मुलुकको विकास निर्माणले सुल्टो गति समातेको उल्लेख गर्दै चा“डै परिणाम देखिन शुरु हुने बताउनुभएको छ।

दाङको हेमन्तपुरबाट शुक्रवारदेखि शुरु भएको रेडियो नेपालको प्रादेशिक प्रसारणको उद्घाटन गर्दै उहाले गणतन्त्रले विकासलाई सुल्टो गति दिएको बताउनुभयो। ‘पहिले केन्द्रलाई आधार मानेर विकास योजना बनाइन्थ्यो अब जनतालाई आधार मानेर विकास योजना बनाउन थालिएको छ’– उहा“ले भन्नुभयो– ‘पू“जी निर्माण र परिचालनमा जनता परिचालन गर्ने सरकारको नीति हो, अहिलेको बजेट पनि त्यही नीतिअन्तर्गत आएको छ। पहिले केन्द्रतिर फर्कने बजेट अब जनतातिर फर्कन थालेको छ, यही हो परिवर्तन।’

अहिले देशभरि युद्धस्तरमा विकास निर्माणको काम भइरहेको बताउ“दै उहा“ले नतिजा आउन थालेपछि बल्ल काम भएको देखिने बताउनुभयो। अब पा“च वर्षमा चमत्कार हुने दाबी गर्दै उहा“ले रेलको विषयमा उडाउनेलाई आफूहरुले रेलमै बसाएर गुडाउने दाबी गर्नुभयो। समाजवाद साझा एजेण्डा भइसकेको दाबी गर्दै उहा“ले अहिले प्रतिपक्षले गर्ने बिरोध सिद्धान्तमा आधारित नभएर कुर्सी नपाउनुको झोक मात्रै भएको टिप्पणी गर्नुभयो।

सञ्चारमन्त्री बा“स्कोटाले सूचना प्रविधिमा आम नागरिकको पहु“च स्थापित गर्ने सरकारको लक्ष रहेको बताउनुभयो। पहिले धेरै खेत र गाईवस्तु हुने व्यक्ति धनी हुने गरेको उल्लेख गर्दै उहा“ले अहिले धेरै सूचना हुने व्यक्ति सम्पन्न हुने भएकाले सूचना प्रविधिमा आम नागरिकको पहु“च स्थापित गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो। अहिलेसम्म हुनेखानेको मात्रै सूचना प्रविधिमा पहु“च भएकाले अब आम नागरिसम्म पहु“च स्थापित गर्नु सरकारको उद्देश्य रहेको उहाले बताउनुभयो।

प्रसारण अवधि ६ घण्टा पु¥याइनेहरेक दिन दिउ“सो सवा ३ बजेदेखि ६ बजेसम्म थारु, अवधि र मगर खाम भाषाका कार्यक्रम सञ्चालन हुनेछन्। नया भवन र स्टुडियो निर्माण भएपछि दैनिक छ घण्टा कार्यक्रम सञ्चालन हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिनुभयो। संघीयताको मर्मअनुरुप रेडियो नेपालको पुनर्संरचना गर्ने क्रममा प्रादेशिक प्रसारण शुरु गरिएको उहा“ले बताउनुभयो।

यसअघि साविक पा“च विकास क्षेत्रका क्षेत्रीय प्रसारण पा“च प्रदेशका प्रादेशिक प्रसारणमा बदलिएको जानकारी दिंदै उहा“ले भर्खरै प्रदेश नम्बर २ को बर्दिबास र प्रदेश नम्बर ५ को दाङबाट प्रसारण शुरु गरेस“गै अब रेडियो नेपाल सातवटै प्रदेशमा पुगेको उहा“ले बताउनुभयो। प्रादेशिक प्रसारणका लागि भवन निर्माण गर्न भवन अभाव परिरहेको बेला पूर्वअर्थमन्त्री कृष्णबहादुर महराको पालामा बजेट स्वीकृत भएपछि निर्माणको काम थालिएको उहा“ले जानकारी दिनुभयो।

दाङको हेमन्तपुरमा बन्ने भवनको शिलान्यास पनि शुक्रवार नै सञ्चार तथा प्रविधिमन्त्री बा“स्कोटाले गर्नुभएको छ। दुई करोड १७ लाख ७६ हजार दुई सय ६५ रुपैया“को लागतमा निर्माण हुने भवनको नौ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ। निर्माण कम्पनीले भवन निर्माणको काम पनि शुक्रवारदेखि नै शुरु गरिसकेको छ।

कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा, सांसदहरु हिराचन्द्र केसी, शान्ता चौधरी र कोमल ओली, प्रदेशसभा सदस्य अमरबहादुर डा“गी, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, कांग्रेसका जिल्ला सदस्य जोगेन्द्र विश्वकर्मा, पत्रकार सूर्य थापा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शुभकामना दिनुभएको थियो। रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रेडियोका प्रदेश प्रमुख गोकर्ण रेग्मीले गर्नुभएको थियो।

‘प्रेसको नियन्त्रण होइन नियमन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत नभएको बताउनुभएको छ। नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले प्रेसमाथि नियन्त्रण नभई नियमन गर्ने सरकारको नीति भएको र सोहीअनुसार मिडिया काउन्सिल विधेयक ल्याइएको बताउनुभयो। विधेयकको बिरोधको अर्थ नभएको दाबी गर्दै उहा“ले जरिवानाको हकमा सच्याउन सकिने तर विधेयक फिर्ता नहुने बताउनुभयो।

मिडियालाई गलत सूचना दिन मात्रै नियमन गर्न थालेको दाबी गर्दै उहा“ले सही सूचनामा रोक लगाउन नखोजेको स्पष्टिकरण दिनुभयो। आफूले पहिलोपटक नेपाली पत्रकारितामा स्वनियमनको कुरा उठाएको तर पत्रकारिताको स्रोतसाधनमा पकड जमाइरहेको एउटा वर्गले यसको बिरोध गरेको उहा“को तर्क थियो।

‘हामीले देशभरिका सञ्चार माध्यमले सरकारी विज्ञापन समानरुपमा पाउनुपर्छ भनेर समानुपातिक विज्ञापननीतिको कुरा कानुनमै अघि सारेका छौं, श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिई मिडिया चलाउन पाइ“दैन भनेका छौं’– उहा“ले भन्नुभयो– ‘विदेशी विज्ञापन नेपाली मिडियामा बज्नुहु“दैन भनेर क्लिन फिडको नीति लिएका छौं, मिडियामा सम्पादकीय स्वतन्त्रताको कुरा उठाएका छौं, यसो गर्दा प्रेस स्वतन्त्रता हनन्को आरोप लागेको छ, जो गलत छ।’

मुलुकको अर्थनीति समाजवादउन्मुख हु“दा मिडियामा मात्रै दलाल पू“जीको हालीमुहाली चल्न नदिने दाबी गर्दै उहा“ले मिडियाबाट आउने मुनाफामा लगानीकर्ता र श्रमजीवीको हक स्थापित गरेरै छाड्ने दाबी गर्नुभयो। आर्थिकरुपमा आत्मनिर्भर नबन्दासम्म प्रेस स्वतन्त्रता सुनिश्चित नहुने भन्दै उहा“ले लगानीकर्ता र श्रमजीवी दुबैको हक स्थापित गर्ने गरी कानुन बनाइने बताउनुभयो। स्थानीय र प्रदेश तहका सबै सञ्चारस“ग सम्बन्धित समस्या प्रदेशमा बन्ने सञ्चारग्रामबाट समाधान हुने पनि उहाले बताउनुभयो। महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेलले गर्नुभएको थियो।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top