Free songs
Home / फिचर समाचार / फारुला–मौलाहाले सडक निर्माण

फारुला–मौलाहाले सडक निर्माण

युगबोध समाचारदाता

सल्यान। सल्यानको दार्मा गाउपालिकाको फारुला–मौलाहाले सडकको निर्माण कार्य सम्पन्न भएको छ। बिहीवार गाउ“पालिकाले बाटो निर्माण सम्पन्न भएस“गै सार्वजनिक सुनुवाइ गरेको थियो।

आर्थिक वर्ष २०७५÷०७६ को बजेटअन्तर्गत विनियोजित एक करोडमध्ये २९ लाख ९९ हजार दुई सय ६५ रुपैया“मा जेनिस निर्माण सेवाले सडक निर्माणको ठेक्का कबोल गरेको थियो। सार्वजनिक सुनुवाइमा बोल्दै दार्मा गाउ“पालिकाका इञ्जिनियर सन्दिप घिमिरेले सो सडकखण्डको आठ किलोमिटर सडक औसत ७.४ मिटर चौडा निर्माण कार्य सम्पन्न भएको बताउनुभयो। एक करोडको आयोजना झण्डै ३० लाखमै सम्पन्न भएपछि कन्टेन्जेन्सी कटाएर बचेको ६५ लाखमध्ये ४६ लाखको लागतमा फारुला मौलाहाले सडकखण्डको खालीखोला सडकखण्डअन्तर्गत एक हजार दुई सय मिटर कडा चट्टान फोडी सडक निर्माण गरिएको इञ्जिनियर घिमिरेले जानकारी दिनुभयो।

सडक निर्माण गरी बचेको रकमबाट मालिका पर्यटकीय क्षेत्र एवं फारुलादेखि मौलाहालेसम्मको सडक दुईलेन कालोपत्रेका लागि डिपिआर गरिएको गाउ“पालिकाले जनाएको छ। डिपिआर गरी ती योजनालाई कार्यान्वयन गर्न प्रदेश एवं संघीय सरकारस“ग बजेट माग गरिने गाउ“पालिका अध्यक्ष नीमबहादुर केसीले जनाउनुभयो। लुम्बिनीदेखि रारा जोड्ने सबैभन्दा छोटोमार्ग समेत मौलाहाले हु“दै जाने अध्यक्ष केसीले बताउनुभयो। थारमारेलाई जिरो प्याइन्ट मानेर रारा–लुम्बिनी राष्ट्रिय गौरवको आयोजना सञ्चालन हुन लागेको उहा“ले जानकारी दिनुभयो। सो सडक थारमारेबाट मौलाहाले हु“दै आउने र आ.व. २०७६÷७७ को बजेटमा स्वीकृत भइसकेको हु“दा छिट्टै कार्यान्वयनमा जाने उहाले बताउनुभयो।

दार्मा गाउ“पालिकाका सबै वडाहरुलाई सडक सञ्जालले जोड्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउ“दै अध्यक्ष केसीले सडक निर्माणस“गै अब फारुला हुदै थारमारे नियमित यातायात सञ्चालन हुने भएकाले दुर्गममा रहेका जनताले धेरै राहत पाएको धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै गाउ“पालिकाका उपाध्यक्ष टीका शर्मा ओलीले सडक निर्माण सम्पन्न भए पनि यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो। स्थानीय जनताले वर्षायाममा सडक कटान हुन नदिन सचेतता अपनाउनुपर्ने उहा“ले बताउनुभयो। सार्वजनिक सम्पत्तिमा जनताको अपनत्व महसुस नहु“दासम्म त्यसको उचित संरक्षण हुन नसक्ने बताउ“दै उहा“ले विकासलाई दिगो र प्रभावकारी बनाउन जनताको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

सडक निर्माण भएस“गै वर्षायाममा अवरुद्ध हुने सडक अब नियमित सञ्चालन हुने भएको छ। सो सडकखण्डमा यसअघि झण्डै तीन सय ५० मिटर दुरी खोलैखोला पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। कार्यक्रममा बोल्दै मौलाहाले बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बोहराले सडक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अब यहा“को कृषिलाई बजारस“ग जोड्न सके स्थानीयको आयस्रोत बृद्धि गर्ने सकिने धारणा राख्नुभयो। साथै बजारको फोहोर व्यवस्थापनमा ध्यान दिन समेत गाउ“पालिकालाई आग्रह गर्नुभयो।

सो अवसरमा स्थानीय असवीर बुढाथोकी, कर्णबहादुर बोहरालगायतले स्थानीय कृषि उपजको बजारसम्म पहु“च नभएको भन्दै हाटबजारको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो। फलफूल, तरकारी लगायत स्थानीय कृषि उपजले बजार पाउन नसकेको भन्दै उहा“हरुले गाउ“पालिकाले बजारसम्मको पहु“चका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो। सार्वजनिक सुनुवाइको सञ्चालन वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावतले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top